होसमा आएका पारसले मान्छे चिन्न थाले


काठमाडौ, फाल्गुन १९ - बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारसको होस् खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित उनको उपचार भइरहेको समितिभेज अस्पतालले आज जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।
अस्पतालका कार्डियोलोजिस्ट डा. माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उनलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ । गैर आवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले उपलब्ध गराएको अस्पताल बिज्ञप्ती अनुसार उनको शरीरका अंगहरु सक्रिय हुन थालेका छन् ।
-->
हृदयघात भएपछि उनलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजाँदादेखि बेहोस उनको पहिलो पटक होस् खुलेको हो । बैंकक स्थिति बिभिन्न अस्पतालका बिशेषज्ञहरु उनको उपचारमा सक्रिए थिए ।
बुधबार उनको मुटुको धमनी बन्द हुँदा चिकित्सके क्रित्रिम यन्त्रको सहायताले फुलाएका थिए । शनिबार उनको पेटबाट रक्तश्राप सुरु भएको थियो । आइतबार मात्रै चिकित्सले त्यसलाई नियन्त्रणमा लिन सफल भए । स्थिर रहेको उनको तापक्रममा सुधार आएको छ । उनलाई भेन्टिलेटरबाट निकालेपछि एमआरलाई गर्ने तयारी गरिएको छ । एमआरआई रिपोर्टपछि उनको उपचारको थप प्रक्रियाको आवश्यकता थाहा हुनेछ ।