कतारमा आफ्नै सहकर्मीलाई एक मुक्का,मुक्काको मोल ४४ हजार


दोहा, चैत्र १२ - कतारमा आफ्नै सहकर्मीलाई एक मुक्का हान्दा दुई नेपाली कामदारले जागिर त गुमाए नै, दुई हजार रियाल (करिब ४४ हजार रुपैयाँ) जरिवानासमेत तिरेका छन् ।
फेब्रुअरी २१ बिहीबार राति क्याम्पमा आपसी झगडा हुँदा पोखराका २८ वर्षीय हेमलाल सुनुवार र ३९ वर्षीय छविलाल विकले मुक्का हानेका थिए । ५ वर्षदेखि कार्पेन्टरमा कार्यरत सुनुवार सबै हिसाबकिताब गरेर स्वदेश फिर्ने तयारीमा छन् । 'मैले तिर्नुपर्ने सबै जरिवाना तिरिसकें । अब स्वदेश फिर्नेछु,' उनले भने । आर्थिक रूपमा कमजोर विकले भने कम्पनीसूग अझै हिसाबकिताब गरेका छैनन् ।



बिदाको साँझ लुमा (एक किसिमको मदिराजस्तो) खाइरहेका बेला एक नेपाली विकलाई गालीगलोज गर्दै अगाडि बढेका थिए । 'त्यसबेला दुईबीच भएको भनाभनलाई छुट्टयाउन खोज्दा मलाई हात लगाएर धकेलिदिए,' सुनुवारले भने, 'त्यसपछि एक मुक्का हानिदिएू । ती मित्रको आूखाको माथिल्लो भाग फुट्यो र रगत निस्क्यो ।' त्यसको सबै दोष सुनुवार र विकको थाप्लोमा आइपर्‍यो । घटनालगत्तै क्याम्पमा प्रहरी आएर उनीहरूलाई लिएर गएको थियो । दुई दिन जेल हाल्यो । कम्पनीले पनि काम दिन छाड्यो । 'एक मुक्का निकै महूगो रूपमा सावित भइदियो,' सुनुवारले भने, 'अनावश्यक रूपमा झन्झटमा फस्नुपर्‍यो ।'
'कतारमा रक्सी खानु र आपसी झगडा गर्न कानुनी रूपमा पूर्ण बन्देज छ,' नेपाली दूतावासका द्वितीय सचिव जयबहादुर राईले भने, 'यस्तो अवस्थामा यहाँको कानुनअनुसार सजाय भोग्नुपर्ने हुन्छ । यहाँ साथीभाइबीच आवेगमा नआई मेलमिलाप गर्न जरुरी छ ।'