स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)

’प्लेटर्फम नाइन सेभेन’ ले शनिबार साँझ धरानमा ‘एफटीभी पुल पार्टी’ को आयोजना गरेको छ । ‘पुल पार्टी’ मा सुन्दरीहरुको क्वाटवाकले माहोल नै तताएको थियो ।






झिलिमिली बत्तीको उज्यालोमा पोखरी वरिपरि सुन्दरीहरुले क्याटवाक गर्दा वातावरण नै रंगीन बनेको थियो । । सुन्दरीहरुको प्रस्तुती हेर्न वरिपरी उभिएका दर्शकहरुको हुटिङले ‘पुल पार्टी’ रमाईलो बनेको थियो । पार्टीमा धरान, इटहरी, विराटनगर लगायतका क्षेत्रबाट मोडलहरु सहभागी भएका थिए । पि्रयारानी लामाले गरेको कोरियोग्राफीमा मोडलहरुले क्वाटवाक गरेका थिए ।
पुल पार्टीमा विभिन्न फेशन शोमा र्‍याम्प नापिसकेका मोडलहरुको प्रस्तुतीसँगै युवाहरुको मोटरसाईकल स्टण्ड, डान्सपार्टी र र्‍याप गीतले रमाईलो बनायो । । पार्टीमा धरानका युवायुवतीहरु मध्यरात सम्म नाचेका थिए ।