प्लानेट बचाउन सुन्दरीसँग नाचे हमाल (फोटो फिचरसहित)

वातावरण बचाउने उद्देश्यले अष्ट्रेलियाबाट सुरु भएको अभियान नेपालसम्म पनि आइपुगेको छ । यसैक्रममा पोखराको वसुन्धरा पार्कमा एक सांगीतिक कन्सर्टको आयोजना गरिएको छ । यो कार्यक्रममा नायक राजेश हमाल प्रमुख अतिथीको रुपमा सहभागी भएका थिए ।
















‘सेफ द प्लानेट’ भन्ने नारा बोकेर आयोजना गरिएको कार्यक्रममा नायक हमालका साथमा गायक निमा रुम्बा पनि सहभागी थिए ।


६० प्लसले आयोजना गरेको कार्यक्रममा नायक हमालले उपस्थित सुन्दरीहरुसँग कम्मर मर्काए । नायक हमालसँग नाच्न पाउँदा पोखरा र काठमाण्डौका मोडलहरु पनि मख्ख थिए ।
कार्यक्रममा बोल्दै नायक हमालले सबैको हातेमालोले मात्र वातावरण सफा रहने बताए । उनले सबैलाई आफ्नो शहर सफा राख्न आग्रह गरे ।