करिअर जोगाउन झरना र रेखा भगवान पुकार्दै

मानिसले भगवानलाई दुःखमा धेरै संझन्छ । जब जीवनमा संकट आइपुग्छ यसपश्चात मानिस भगवानको नाम जप्न थाल्छ । नायिका रेखा थापा र झरना थापाले दोलखाको भिमसेेन मन्दिरमा पुगेर पुजा गरे । थापाद्धय नायिकाको सिने करिअर अहिले ओरालो लागिरहेको छ । नायिका रेखा थापा पछिल्लो समयमा विभिन्न कुराले आलोचित बनिरहेकी छिन् ।





उनलाई ‘बोल्यो कि पोल्यो’ को अवस्था छ । यसैले पनि उनी संकटमा परेको करिअर जोगाउन दोलखा नै पुगेको अड्कल धेरैको छ । उसो त नायिका थापाले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हमेशा’ को सफलताको लागि मन्दिर आएको बताएकी छिन् ।
यस्तै आफैले निर्माण गरेको चलचित्र ‘फेसबुक’ ले असफल व्यापार गरेपछि नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा चिन्तित छन् । झरनाले अभिनय गरेको प्रायजसो सिनेमाले विगत २ बर्षदेखि असफल व्यापार गरिरहेका छन् । यसैले पनि झरना भगवानसँग धर्मराउदो करिअरलाई उकालो लगाउने आशाले भाकल गर्न पुगेको अड्कल काट्न सकिन्छ ।संयोग नै मान्नुपर्छ रेखा र झरना दोलखा पुग्दा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैत्ता ‘पप्पु’ पनि त्यतै थिए । तर नायिका रेखा थापा आउने खबर पाएपछि ‘पप्पु’ एकदिन दोलखामा नै रोकिएको वुझिएको छ । नायिका थापासँग शिवरात्रीमा गाजा तानेपछि विवादमा परेका ‘पप्पु’ अहिले कसको इशारामा चलिरहेका छन्, वुझ्न धेरैलाई अप्ठ्यारो छ ।
जेहोस्, रेखा र झरना करिअर ओरालो लाग्न थालेपछि पुजापाठमा दौडिएका छन् । हेरौ, दर्शकले साथ दिन छोडेका रेखा र झरनालाई भगवानले भने कत्तीको साथ दिने हुन् ।