बलात्कारी पक्राउ


कञ्चनपुर, फाल्गुन १९ - कञ्चनपुरको रैकवा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने कार्यमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित किशोरीका अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रैकवारले रैकवारका २० वर्षीय जीवन राना र २१ वर्षीय सियाराम रानालाई पक्राउ गरेको जनाएको छ । बलात्कारमा संलग्न रामदास राना भने फरार रहेका छन् ।
-->
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरीनायब उपरीक्षक बिर्खबहादुर रावलका अनुसार तीनै जनाले उक्त किशोरीलाई बुधबार राति गहुँबारीमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
पक्राउ परेका दुवै जनाले अपराध स्वीकार गरिसकेका र उनीहरुलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । रासस