इण्डियन्स वेल्स टेनिसको उपाधी नाडाललाई
![]() |
५ चैत, काठमाडौं । इण्डियन्स वेल्स टेनिसको उपाधी पूर्व विश्व नम्बर एक स्पेनिस राफेल नाडालले जितेका छन् ।
अर्जेन्टिनी हुवा मार्टिन डेलपोर्टोलाई पराजित गर्दै उनले उपाधी उचालेका हुन् । घुँडाको चोटको उपचारपछि पहिलो पटक हार्ड कोर्टमा उत्रिएका नाडालले पहिलो सेट ४–६ ले गुमाए । तर, त्यसपछि उत्कृष्ट पुनरागमन गरेका उनले ६–३ र ६–४ ले लगातार दुई सेट जित्दै उपाधी हात पारे ।
महिलातर्फको उपाधी मारिया सारापोभाले जितिन् । उनले क्यारोलिज बज्नियस्कीलाई ६–२ र ६–२ को सटेमा पराजित गरिन् ।
![]() |