कुवेतमा नेपाली नेपाली बीच खुकुरी हानाहान


भाईराम चौलागाई, कुवैत सिटी - बैदेशिक रोजगारीको सिलसिलामा कुबेतको तन्जिब कम्पनीमा कार्यरत धनुषा जिल्ला जनकपुर निबासी कमलेश राउतमाथि खुकुरी प्रहार भएको छ । शनिबार उनलाई जिलिव सोयखको गल्फमार्ट पछाडि नेपालीले नै खुकरी प्रहार गरी सक्त घाइते बनाएका छन् ।

हाल उनको फरवानिया अस्पातलमा उपचार भइरहेको छ । अस्पातलका अनुसार राउत खतरा मुक्त रहेका छन् । प्रहरीले केही सहकर्मी साथीहरुलाई पक्राउ गरि सोध पुछ जारी रहेको जानकारी प्राप्त भएको छ । कुबेतको नेपाली समाजमा देखिएको असहज परिस्थितिमा भएको यस्ता घटनाले सम्पूर्ण नेपाली दु:खी भएका छन्।

-->


माया प्रेमको चक्रमा यो घटना भएको बुझिएको छ। आफ्नो प्रेमिकासंग राउतको सम्बन्ध रहेको शंकाका कारण राउतमाथि हमला गरेको जानकारी प्राप्त भएको छ।