बलिउडमा जम्ने तयारीमा रहेका सेक्सी नायिका (फोटो फिचरसहित)
|
सन् २०१२ मा बलिउड नगरीले चर्चित संभावना बोकेका केही नायिका पाएको छ । ‘स्टुडेन्ट अफ द इयर’ बाट आलिया भट्ट, ‘ककटेल’ बाट डायना पिन्टो, ‘बर्फी’ बाट यमी गौतम लगायतका नायिकाहरुले बलिडमा आफ्नो पाइला चालेका छन् ।
सन् २०१३ मा पनि बलिउड नगरीमा केही संभावन बोकेका नायिकाहरु भित्रदै छन् । विशेषगरी यो बर्ष बलिउडमा साउथ फिल्मका नायिकाहरुले राज गर्न सक्ने देखिएको छ ।
-->
यो बर्ष चलचित्र ‘चशमे बदुर’ बाट साउथ नायिका तापसी पन्नू बलिउडमा भित्रदै छिन् । सेक्सी फिगर र लोभलाग्दो अभिनयका कारण तापसी बलिउडमा जम्ने धेरैको विश्वास छ ।

यस्तै अर्की नायिका बाणी कपूर पनि मनीष शर्माको नयाँ चलचित्र मार्फत बलिउडमा भित्रदै छिन् । उनी सुशांत राजपूतको प्रेमिकाको रुपमा देखिन लागेकी हुन् ।
-->
साउथ फिल्मकी सुपरहिट नायिका तमन्ना भाटिया यो बर्ष बलिउडमा चलचित्र ‘हिम्मतवाला’ मार्फत भित्रदैछिन् । अजय देवगनको प्रेमिकाको रुपमा देखिन लागेकी यि नायिकाले साउथमा जस्तै बलिउडमा पनि तहल्का मच्चाउने विश्वास गरिएको छ ।

चर्चित पाकिस्तानी कलाकार सल्मा आगाकी छोरी साशा आगा यर्सबर्ष ‘औरंगजेब’ मार्फत बलिउडमा पाइला चाल्दै छिन् । उनको अपोजिट हिरोको रुपमा अर्जुन कपूर देखिन लागेका छन् ।

विशेषगरी उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चा कमाएकी पुनम पाण्डे यसैबर्ष बलिउडमा ‘नशा’ चलचित्र मार्फत प्रवेश गर्दैछिन् । पुनमले नशामा पनि उत्तेजक दृश्य दिएकी छिन् ।

यो बर्ष बलिउडमा प्रवेश गर्न लागेका नव नायिकाहरु बिच कडा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ ।
|