वर्षात्
![]() |
नायक सविन श्रेष्ठको करियरमा आजको शुक्रबारले विशेष महत्व राख्नेछ। उनले अभिनय गरेका दुई चलचित्र एकैदिन प्रदर्शन हुँदैछन्।
' फूलस्टप' का यी एक्ला नायकको अर्को चलचित्र 'वर्षात्' को पनि आजदेखि नै सार्वजनिक प्रदर्शन प्रारम्भ हुँदैछ। यो चलचित्रमा सविनलाई नायिका रेखा थापाले साथ दिएकी छिन्। यो चलचित्रमा सविन र रेखाका अतिरिक्त अर्का नायक निर्मल सेन्चुरी पनि छन्। चलचित्रमा यी तीनबीचको त्रिकोणात्मक प्रेम कथालाई चित्रण गरिएको बताइन्छ। चलचित्रमा संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् भने पाश्व गायन उदित नारायण झा र दिपा झाको पाश्र्व गायन छ। यो चलचित्रको निर्देशन सानु शाक्यले गरेका हुन्। करिव २० दिनमा छायांकन सम्पन्न यो चलचित्रको नृत्य निर्देशन शंकर बिसीले गरेका हुन्। चलचित्र 'आई लभ यू टु' बाट नायकका रूपमा डेब्यू गरेका निर्मल सेन्चूरीले 'वर्षात्' लाई करियरकै टर्निङ प्वाइन्टका रूपमा लिएको बताएका छन्।
![]() |