पूर्वकर्णेलको घरबाट रक्तचन्दन बरामद
![]() |
बारा, फाल्गुन १९ - प्रहरीले बाराको गोलागन्जमा एक तस्करसहित बोरामा लुकाइ राखेको २५० किलो रक्तचन्दन बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बेसक्याम्प गोलगन्जको संयुक्त टोलीले गएराति पूर्वकर्णेल प्रेमचन्द्र कुशवाहको घरमा लुकाइ राखेको करिब रु ४० लाख बराबरको रक्तचन्दन र कारोबारी उचिडिह–९ का ४७ वर्षीय परमान्द साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए । अन्य केही तस्कर भने फरार रहेको उनले जनाएका छन् । भारतबाट तिब्बत लैजानका लागि लुकाइ राखेको अवस्थामा रक्तचन्दन बरामद भएको हो । रासस
![]() |