सुँगाले ज्यान बचायो
![]() |
बेलायतमा एक सुँगाले घरमा आगो लाग्दा इमानदारीका साथ मालिकको ज्यान बचाएको छ । उसले आफ्नै ज्यान भने बचाउन सकेन ।
डेली मेलको रिपोर्ट अनुसार साउथवेल्सको लानेलीस्थित घरको बेडरुममा आगो लाग्दा घरबेटी बेन रिज बाथरुममा थिए । सुरुमा सुँगाले घरको बार्दलीबाट कराईकराई साहुलाई सचेत गराउन खोजेका थिए । नसुनेपछि सुँगाले ज्यानको पर्वाह नगरी बेडरुममा पुगेर जोडले कराएर मालिकलाई सावधान गरेका थिए ।
उनी बडो मुस्किलले बाहिरिएर सहयोगका लागि गुहार गर्न थाले । बेलैमा निस्कन नसक्दा सुँगाको भने आगोमा जलेर मृत्यु भयो ।
संसारमा इमानदार मान्छे फेला पार्न मुस्किल भइरहेको बेला साँचो मित्र बनेर वन्यजन्तु अगाडि आउन थालेका छन् । कुकुर र बिरालोपछि सुँगाले पनि मालिकप्रति त्यागको उदाहरण प्रस्तुत गरेको छ ।
![]() |