रागिनी उपाध्याय ग्रेला





वीरगञ्जका स्व. कान्तप्रसाद उपाध्याय तथा सुशीला उपाध्यायकी पाँचौं सन्तान रागिनी कान्छी छोरी हुन् । ९ नोभेम्बरमा काठमाडौंमा जन्मिएकी उपाध्यायको बाल्यकाल भारतको इलाहावादमा बित्यो । क्रस वेट गल्र्स स्कुलमा पढेकी उपाध्यायको बोल्डनेस त्यहीँबाट सुरु भएको हो । उनी आर्टबाहेक सबै विषयमा जिरो थिइन् । उनलाई १३ वर्षकै उमेरमा क्याम्लिन आर्ट -स्कुल स्तरीय प्रतियोगिता) मा भाग लिने अवसर जुट्यो जसमा रागिनीले प्रथम स्थान हासिल गरिन् । उपाध्याय भन्छिन्, 'मेरा टिचरले तिमी आर्टबाहेक अरूमा राम्रो गर्न सक्दिनौ भन्नुभयो जुन कुराले मेरो दिमागमा डेरा जमाउन थाल्यो ।' लखनउ कला एवं शिल्प महाविद्यालयमा रागिनीले पाँच वर्ष अध्ययन गरिन् । त्यसपछि उनले दिल्लीको गढी आर्ट भिलेजमा दुई वर्ष मुद्रण चित्रण अर्थात् इचिङको थप अध्ययन गरिन् । सन् १९८६ मा नेपाल फर्किएकी उनले १९८७ मा बि्रटिस काउन्सिलको छात्रवृत्तिमार्फत अक्सफोर्ड पि्रन्ट मेकर्स इन्स्िटच्युटबाट पि्रन्ट मेकिङमा डिप्लोमा गरिन् । १९८९ मा छात्रवृत्तिमै थप अध्ययनका लागि जर्मनी पुगिन् । १९९१ म्ाा बेल्जियमका नागरिक अल्वर्ट ग्रेलासँग वैवाहिक जीवनमा बाँधिएकी रागिनी हाल बालकोट भक्तपुरकी स्थायी बासिन्दा हुन्  उनीहरूकी शिवाता नामकी एक छोरी छिन् ।



दिन कसरी बित्दैछन् ?

झम्सिखेलको न्यू ओर्लिन ग्यालरी चलाउनुपर्छ । प्रदर्शनी पनि चलिरहेको छ । त्यसैले अत्यन्त व्यस्त छु । 

हालसम्म कतिवटा एक्जिबिसन सम्पन्न भए ?

राष्ट्रिय-अन्तर्राष्ट्रिय गरी ६५ वटा । 

सबैभन्दा अविस्मरणीय एक्जिबिसन ?

सबै उत्तिकै स्मरणीय छन् तर पनि सन् १९७९ मा नाफामा गरेको प्रदर्शनीमा विश्वेश्वरप्रसाद कोइराला चाबहिलबाट हिँड्दै आउनुभएको थियो, उहाँले बालकृष्ण समलाई पनि तानेर ल्याउनुभएछ । त्यसको ३ महिनामै समजीको निधन भयो । म त्यो घटना कहिल्यै बिर्सन्न । १९८६ मा गरिएको प्रदर्शनीमा रानी ऐश्वर्या आउनुभएको थियो । त्यसैबाट मैले इंग्ल्यान्डको छात्रवृत्ति पाएकी थिएँ । त्यो पनि सम्झनालायक छ । 

कलाकारका लागि कला प्रदर्शनी के हो ?

कला प्रदर्शनी आफ्नो कला र सिर्जना जनसमक्ष राख्न पाउने एउटा प्लेटर्फम हो । 

तपाईंले बेच्नुभएको हालसम्मको महँगो चित्र कस्तो थियो, कहाँ र कहिले बेच्नुभयो ?

जापानमा मैले नेपाली १८ लाखको एउटा चित्र बेचेकी छु । सुंगुरको मुखमा स्याउ थिम भएको उक्त चित्र सन् २००२ तिरको हो । 

नेपालमा चित्रकलालाई व्यावसायिक बनाउन कत्तिको सम्भव छ ?

सम्भव बनाउन सरकारले कला क्षेत्रलाई थुपै्र सुविधा दिनुपर्छ । हाम्रो मुलुकमा विधिको शासन छैन । यहाँ त जसको लाठी उसको भैंसी भनेजस्तै छ । विधिको शासन आयो भने सम्भव छ । 

बिक्री भएको पहिलो चित्र कुन थियो र उक्त आम्दानी केमा खर्च गर्नुभयो ?

२ सय रुपैंयाँ नेपाली पहिलो तथा ३ सय रुपैंयाँ आइसीमा सन् १९८३ मा दोस्रो चित्र बेचेकी थिएँ । विद्यार्थी थिएँ, खर्च धेरै हुन्थ्यो । 

चित्र कोर्न बस्दा के कुरामा एकाग्र हुनुहुन्छ ?

यो सिरिजमा ६ महिना त सोच्नै लाग्यो । त्यसपछि स्केचिङमा केही समय लाग्छ, पेन्टिङ केही सहज हुन्छ । यो एक प्रकारको उपासना हो । 

चित्रको रंगसँग खेल्दा कहिलेकाहीँ जीवनको रंग नै भुलेको महसुस त हुँदैन ?

बेलाखत म जीवनको रंगलाई मेन्टेन गरिरहेकी हुन्छु । अब म जर्मनी जाँदैछु । १० दिन न श्रीमान् न छोरी, एक्लै मस्ती गर्छु । 

चित्रको रंग र जीवनको रंगको भिन्नता र समानता के हुन् ?

एकदमै समान छ । जीवन भनेको रंगीन छ र प्रत्येक कुरा रंगमा छ । रातो रंग भनेको उज्यालो हो भने गुलाबी रंगले जीवनमा खुसी ल्याउँछ । 

तपाईंका चित्रले के कुरा बिर्साउँछन्, के कुराको सम्झना गराउँछन् ?

जति परिश्रम लागेको छ त्यो सबै दुःख बिर्साउँछ भने पेन्टिङमा मात्र हषिर्त हुने वातावरण बनाउँछ । 

परिभाषामा जीवन र चित्रकलाको सम्बन्ध ?

जीवन भनेको सुख, दुःख, शान्ति, मानवता, प्रकृति, रौद्र आदि रंगैरंगको समन्वय हो । कलामा पनि रंगकै बढी महत्व हुन्छ । 

चित्र कोर्नुको उद्देश्य व्यवसाय, आत्मसन्तुष्टि वा लोकपि्रयतामध्ये कुन हो ?

पहिलो आत्मसन्तुष्टि हो भने त्यसपछि व्यवसाय र लोकपि्रयता । 

एउटी महिला चित्रकारका हैसियतले ९ महिना गर्भमा राखेर सन्तानलाई जीवन दिनु सहज कि ९ महिना दिमाग घोटेर एउटा सुन्दर थिमसहितको चित्र सिर्जना गरी त्यसलाई जीवन्त बनाउन सहज ?

दुवै फरक सिर्जना हुन् । बच्चा बनाउन शरीर र मस्तिष्क दुवै प्रयोग हुन्छ । मैले पि्रगनेन्सी पिरियडमा एकदमै इन्जोय गरें ।