प्रेमको नाटक गरेर किन यस्तो गर्नु ??


चैत्र १०
भारतको झारखंडमा आफ्नै प्रेमिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रेमी र उसको तीन साथीलाई प्रहरीले पक्राउ गरेको छ । सो घटनापछि युवतीले आत्महत्या गरिसेकी छिन् । युवतीले आत्महत्या गर्नु भन्दा पहिले आफ्नो प्रेमीलाई सामुहिक बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरीले आरोपी युवक र उनको तीन साथीलाई राचींको बाहिरी इलाकाबाट पक्राउ गरेको छ ।
मृतकका परिवार अनुसार युवती आरोपीलाई प्रेम गर्थि र उनीसंग नै विवाह गर्न चाहन्थिन् तर युवतीको परिवार यसको विरुद्धमा थिए । युवती आफ्नो साथीको घरबाट फर्किका उनको प्रेमी रंजनले फोन गरेर गांधी ग्राममा बोलाएको थियो । मृतका अनुसार आरोपीले भाग्नको लागि योजना बनाउने भनेर बोलाएको थियो । जहाँ रंजनको तीन जना साथीहरु पनि त्यही नै लुकेर बसेको थियो । त्यही समयमा नै उनको प्रेमी र साथीहरुले सामुहिक बलात्कार गरेका थिए । यसपछि सो युवकले युवतीलाई बेश्या भनी विवाहको लागि अस्विकार गरेको थियो ।
यसबाट युवतीलाई गहिरो सद्मा लागेर जलेर आत्महत्या गरेकी हुन् । युवतीलाई उपचारको लागि अस्पलात भर्ती गरेपनि उनको उपचारको क्रममा नै मृत्यु भएको थियो । यदी यसरी नै प्रेमको माध्यमबाट सबैले यस्तै घिन लाग्दो काम गर्यो भने सादय मानिसहरु पछि माया शब्दबाट नै भाग्ने गर्छन् ।