काठमाण्डौमा फेशन शो को रौनक (फोटो फिचर)

फेसन डिजाइनसम्बन्धी अध्यापन गराउँदै आएको द क्रियसन फेसन इन्टिच्यूटले शनिवार राजधानीमा फेसन शो आयोजना गर्‍यो ।
कलेजमा अध्ययनरत बिद्यार्थी र डिजाईनरहरुले तयार पारेको पहिरनमा डिजाईनरहरु नै मोडलको रुपमा र्याम्पमा उत्रिएका थिए । धापासीस्थित दियालो फुडल्याण्डमा आयेजित कार्यक्रममा विभिन्न ९ सिक्वेन्समा मोडलहरुले र्याम्पमा उत्रिएका थिए ।

शोमा राना, मोनोक्रोमेटिक, आटिएस्टि्रक गरी ३ थिममा पहिरनहरु तयार पारिएको हो । करिब २ घन्टा चलेको कार्यक्रम हेर्नका लागि चर्चित कोरीयोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाई सुवाल लगायत पुगेका थिए ।
डिजाईनर तथा प्रशिक्षार्थीहरुको सिर्जनशिलता देखाउन र उनीहरुको प्रतिभा प्रष्फुटन गराउन हरेक बर्ष शो आयोजना गरिने कलेजकी निर्देशक मञ्जु लामाले बताउनुभयो ।

-onlinekhabar