के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?


आज मिति २०६९ साल मााघ २६ गते शुक्रबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने माओवादीको प्रस्तावलाई प्रमुख खवरका रुपमा छापेका छन् । बिपक्षीले यसबारे तत्काल कुनै प्रतिक्रिया नजनाए पनि उनीहरुले बाबुरामको राजीनामालाई पूर्वसर्त बनाएको कान्तिपुर दैनिकले छापेको छ । कानुनबिद्हरुले भने संबिधानमा यस्तो ब्यबस्था नभएकाले संबिधान संसोधन आबश्यक रहेको बताएका छन् ।
केन्द्रीय समिति चयनमा बिबाद हुँदा एमाओवादी महाधिवेशन एक दिन लम्बिएको खवरलाई पनि सवैजसो दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले ५५ सदस्यीय केन्द्रीय समिति हुने खवर छापेको छ भने नयाँ पत्रिकाले ९९ सदस्यीय केन्द्रीय समिति बन्ने खवर छापेको छ ।