कोरियाको इल्गा फाउन्डेसनद्वारा पुष्पालाई अवार्ड
![]() |
सोल (दक्षिण कोरिया), श्रावण २७ - कोरियाको इल्गा फाउन्डेसनले पुष्पा बस्नेतलाई यो वर्षको इल्गा युवा अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । गत मंगलबार फाउन्डेसनले निर्णय गरे अनुसार पुष्पालाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो । फाउन्डेसनले विगत चार वर्षदेखि प्रत्येक वर्ष मानवीय सेवामा उल्लेखनीय योगदान पुर्याउने संस्था वा व्यक्तिलाई प्रदान गर्दै आएको छ ।
सन् १९८९ मा स्थापित इल्गा फाउन्डेसनले समाजसेवी तथा मानवतावादी किम योङ गीको चिरस्मृतिका लागि सन् २००९ बाट अवार्ड प्रदान गर्न सुरु गरेको हो । उक्त अवार्ड हालसम्म चार कोरियाली नागरिकले प्राप्त गरेका छन् भने पुष्पा प्रथम विदेशी नागरिक हुन् । एक करोड वन (करिब ७ लाख रुपैयाँ) राशि भएको अवार्ड सेप्टेम्बर १ का दिन सोलको छुङजङनो सभाहलमा विशेष समारोहसाथ प्रदान गर्ने योजना आयोजकले गरेको छ ।
अवार्डका लागि छनोट भएको खबर पाएपछि निक्कै खुसी र उत्साहित भएको छु । शनिबार फोनमा ई-कान्तिपुरसँग बोल्दै पुष्पाले भनिन् । प्राप्त रकम बच्चाहरुको भवन निर्माणमा खर्च हुनेछ । उनले आफ्नो कल्याणकारी कामको पहिचान गरेर अवार्ड प्रदान गर्ने फाउन्डेसनप्रति आभार पनि व्यक्त गर्दै अवार्ड लिन अगस्त ३० मा कोरिया आउने पनि बताइन् ।
![]() |