धुर्मुस हैन, ‘मुस्कान पासा’

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हाँस्य सिरियल ‘मेरी बाँस्सै’ मा कहिले धुर्मुस, कहिले आइते, कहिले स्वामी खडानन्द, कहिले भुतेश्वर बाबा, कहिले खड्काजीको भूमिका गरेर दर्शकलाई हँसाइरहने हाँस्यकलाकार सिताराम कट्टेलले फेरि नयाँ भुमिकमा देखा परेका छन् । उनले निर्वाहा गरेको नयाँ भूमिका ‘मुस्कान पासा’ हो ।

-->

पूर्ण नेवारी भेषमा देखिने ‘मुस्कान पासा’ को कुनै पनि दाँत देखिँदैन । गिजा मात्र देखिने ‘मुस्कान पासा’ पूर्ण रुपमा थोते छन् र हरपल हाँसिरहन्छन् । ‘कति हाँस्ने, म त हाँसेरै मर्ने भयो’ भन्ने संवाद सर्वसाधारण माझ छोटो समयमा नै चर्चामा आइसकेको छ ।
‘अन्य भूमिका झैँ यस भुमिकाको पनि सबैबाट राम्रो प्रतिवि|mया पाइरहेको छु’ सिताराम भन्छन् । ‘मुस्कान पासा’ को नातिको भुमिकामा भने रेडियो अडियोका कार्यक्रम प्रस्तोता कुमार श्रेष्ठ देखिएका छन् । नातिको नाम ‘फँसीलाल’ छ । यो भुमिकालाई लिएर कुमार पनि निकै आशावादी छन् ।नेपाली टेलिभिजनहरुबाट प्रशारण भइरहेका हाँस्य सिरियलहरुमा ‘मेरी बाँस्सै’ सर्वाधिक चर्चामा छ ।