प्रधान न्यायाधीश सरकारको नेतृत्व लिन तयार (विज्ञप्ति सहित)

चुनावी सरकारको नेतृत्व गर्न प्रधान न्यायाधीश तयार रहेको जानकारी सर्वोच्च अदालतले दिएको छ । प्रधान न्यायाधीश खिलालरज रेग्मीले आज सर्वोच्च अदालत मार्फत विज्ञप्ति जारी गर्दै चुनावी सरकारो नेतृत्व गर्ने जनाउ दिएका हुन् ।
-->

 नागरिकन्युजकर्मी दिनेश गौतमका अनुसार प्रेस विज्ञप्तिमा भनिएको छ, 'जारी न्यायापालिकाको सर्वोच्च पदमा रही देशको न्याय प्रणालीको नेतृत्व गरिररहेको अवस्थामा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा कुनै निजी चाहना वा आकांक्षा रहेको नभइ यस विशेष बृहत्तर राष्ट्रिय हित र सरोकारको विषय रहेको हँदा राष्ट्रिय हित अनुकुलदेशमा उत्पन्न राजनैतिक एवं संवैधानिक जटिलता निकासको  लागि सकारात्मक दृष्टिकोण  रहि आएको छ ।' 


त्यसैले राजनीतिक तहमा गरिने सहमति संवैधानिक एवं कानुनी जटिलताको निकास तथा न्यायापालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्दै सो अनुसार आगामी प्रक्रिया निर्धारण हुने कुरा सबैमा जानकारी गराउन सम्माननीय प्रधान न्यायधीशबाट निर्देशन भएको सह-प्रवक्ता हेमन्त रावल द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
-->

यसैगरी विज्ञप्तिमा भनिएको छ, 'मानवअधिकार प्रतिको सम्मान, स्वतन्त्र  न्यायपालिका प्रतिको प्रतिवद्धता एवं उहाँले विगत ४ दशकदेखि निष्पक्ष रुपमा न्याय सम्पादन मा पुर्‍याउँदै आएनु भएको योगदान एवं न्यायपालिका प्रतिको निष्ठाको कारण नै प्रधान न्यायाधीशको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नको लागि छलफल भएको हो भन्ने सर्वोच्च अदालतको बुझाइ छ ।'