कार्यदलको बैठक आज बस्दै
![]() |
२२ फागुन, काठमाण्डौं । सहमतिय सरकार निर्माण अघि दलहरुबीच रहेका विवादित विषय मिलाउन बेनेको प्रमुख दलका नेताहरु सम्मिलित कार्यदलको बैठक आज बस्दैछ ।
-->नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बस्ने बैठकमा नेपाली सेनाको तालिम लिइरहेका माओवादी पूर्व लडाकुलाई दिइने दर्जा, बाधाअड्काउ फुकाउ, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन र मतदाता नामावलीको बारेमा जारी विवाद मिलाउने बारेमा छलफल हुने कार्यदलमा सहभागी एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।
यसअघिको कार्यदलको बैठकमा विवाद भएपछि विवादित विषयमा कुरा मिलाउने भन्दै शीर्ष तहको बैठक बसेको थियो । तर शीर्ष नेताहरूको बैठकले थप गृहकार्य र लचकताका साथ छलफल गर्न आग्रह गरेपछि कार्यदलको बैठक करिब एक हप्तापछि आज बस्न लगेको हो । कार्यदलले यही फागुन ७ मा आगामी जेठमा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति गरेको थियो ।
![]() |