दिनेश बस्नेत
श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ । छोराछोरी स्कुल गएका छन् । बहिनी क्याम्पस । बाउ पिँढीमा बसेर एफ.एम. रेडियो सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ-'बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस् ।'
'के गर्ने हो ? पक्कै पनि गतिलो काम गर्न पैसा मागेको होइन होलास् तैपनि मसँग छैन ।' बाउको कुराले ऊ खिन्न हुन्छ ।
उसका औंला धेरै दिनदेखि तास खेल्न नपाएर छटपटाइरहेका छन् । ओठ रक्सीको चुस्की लिन नपाएर तड्पिरहेका छन् । ऊ घरी आँगनमा उभिन्छ । घरी पिँढीमा बस्छ । घरी ओछ्यानमा पल्टन्छ । ऊ यसरी तलबलाएको छ, मानौं ऊभित्रको धैर्यले कावा खाइरहेको छ, मनमा अस्थिरताका कीरा सलबलाइरहेका छन् । ऊ लुगाको खल्ती-खल्ती छाम्छ, कतै पैसा छ कि भनेर तर कतै फेला पार्दैन । एउटा ठूलै आशा बोकेर सिरानीमुनि हेर्छ, श्रीमतीले राखेकी छ कि भनेर । त्यहाँ पनि भेटाउँदैन । ऊ अझ बढी निराश हुन चाहँदैन । ऊ ओछ्यानमा गुन्द्रीको तलेत्रो-तलेत्रो हेर्छ । अझ उत्तेजित भएर ओछ्यान उचालेर तलसम्म हेर्छ । देख्छ, चाबीको झुप्पो उसको मानसिकतामा लाखौं दीप प्रज्वलित हुन्छन् । खुसीले अनुहार सूर्यझैं बल्छ किनभने त्यहाँ दराजको भित्री खोपाको चाबी छ जहाँ श्रीमतीले पैसा लुकाएर राख्ने गरेकी छ । दराजमा श्रीमतीले पैसा राखेको निश्चित भएपछि ऊ खुसी हुन्छ । शंका निवारणका लागि सान्दर्भिक तर्क उब्जन्छ, 'नत्र दराजको चाबी यतिविघ्न लुकाउनुको के अर्थ ?'
-->श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ । छोराछोरी स्कुल गएका छन् । बहिनी क्याम्पस । बाउ पिँढीमा बसेर एफ.एम. रेडियो सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ-'बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस् ।'
'के गर्ने हो ? पक्कै पनि गतिलो काम गर्न पैसा मागेको होइन होलास् तैपनि मसँग छैन ।' बाउको कुराले ऊ खिन्न हुन्छ ।
उसका औंला धेरै दिनदेखि तास खेल्न नपाएर छटपटाइरहेका छन् । ओठ रक्सीको चुस्की लिन नपाएर तड्पिरहेका छन् । ऊ घरी आँगनमा उभिन्छ । घरी पिँढीमा बस्छ । घरी ओछ्यानमा पल्टन्छ । ऊ यसरी तलबलाएको छ, मानौं ऊभित्रको धैर्यले कावा खाइरहेको छ, मनमा अस्थिरताका कीरा सलबलाइरहेका छन् । ऊ लुगाको खल्ती-खल्ती छाम्छ, कतै पैसा छ कि भनेर तर कतै फेला पार्दैन । एउटा ठूलै आशा बोकेर सिरानीमुनि हेर्छ, श्रीमतीले राखेकी छ कि भनेर । त्यहाँ पनि भेटाउँदैन । ऊ अझ बढी निराश हुन चाहँदैन । ऊ ओछ्यानमा गुन्द्रीको तलेत्रो-तलेत्रो हेर्छ । अझ उत्तेजित भएर ओछ्यान उचालेर तलसम्म हेर्छ । देख्छ, चाबीको झुप्पो उसको मानसिकतामा लाखौं दीप प्रज्वलित हुन्छन् । खुसीले अनुहार सूर्यझैं बल्छ किनभने त्यहाँ दराजको भित्री खोपाको चाबी छ जहाँ श्रीमतीले पैसा लुकाएर राख्ने गरेकी छ । दराजमा श्रीमतीले पैसा राखेको निश्चित भएपछि ऊ खुसी हुन्छ । शंका निवारणका लागि सान्दर्भिक तर्क उब्जन्छ, 'नत्र दराजको चाबी यतिविघ्न लुकाउनुको के अर्थ ?'

ऊ दराज खोल्छ । दराजको भित्रपट्टकिो खोपा खोल्छ । त्यहाँ उसले सानो रुमालले बेरेका दुई वटा हजारका नोट र त्यसमै बेरिएका अन्य नोट देख्छ । कति छन् भनेर गन्दैन जुन उसको चासोको विषय पनि होइन । बरु कति लिऊँ भन्ने द्विविधामा पर्छ । केही समयपछि १ हजारको नोट निकालेर दराज लगाउँछ । भित्री खोपा खुल्लै छोड्छ । श्रीमतीले चोरेको थाहा पाएपछि के सोच्ली ? के भन्ली ? अलिकति पनि वास्ता गर्दैन । न त कुन प्रयोजनका निम्ति पैसा राखेकी हो भन्ने ख्याल नै गर्छ । ऊ पैसा हात पारेकोमा प्रसन्न र सन्तुष्ट छ ।
श्रीमतीलाई लोग्नेको बानी थाहा छ । तास खेल्नु तथा रक्सी पिउनु उसका पि्रय आचरण हुन् । पैसा भयो भने बिहान निस्किएको मान्छे एकैचोटि बेलुका घर र्फकन्छ । पैसा भएन भने मलिन मुद्रामा घरमै बस्छ कामकाजबिनाको अर्थहीन प्राणीका रूपमा ।
अहिले साथमा पैसा छ । उसले आफूलाई एकप्रकारको धनी र खुसी मान्छे मानेको छ । ऊ निकै फुरुङ्ग छ । एकक्षण खेर नफाली ऊ हलुका र लामा पाइला चाल्छ । ढुलमुले चोकतिर लम्कन्छ । जहाँ बेकारका मान्छेकोे भीडभाड हुन्छ, तास खेल्दै रक्सी पिउन पाइन्छ अनि फाल्तु गफ गरेर हाँस्न पाइन्छ ।
ढुलमुले चोकमा उसको न्यानो स्वागत हुन्छ । तासको खालमा ऊ पैसा हार्दै जान्छ । हजारको नोट साटिन्छ । फेरि साटिन्छ, खुद्रामा परिणत हुन्छ । ठूलो भन्नु पचासको नोट बाँकी रहन्छ । पचासको नोट खुसुक्क खल्तीमा राख्छ, रक्सीलाई छुट्याएर । सोच्छ, आज दाउ रहेनछ । अब बसियो भने यो पचास पनि बाँकी रहँदैन । 'मसँग पैसा सकियो । अब खेल्दिन है, मलाई तास नबाँड ।' उठ्दै भन्छ । 'किन उठेको खेलौं न खेलौं, यति छिट्टै घर जाने हो भने त घरका जहान रिसाउँछन् ।' एउटाले व्यङ्ग्य गर्छ ।
'हजार रुपैयाँ ल्याएको सकियो । खै भए सापट दिनुहोस् क्यारे, भोलि दिउँला । नत्र अलिकति चुस्की लगाएर घर जाँदा समय पनि ठिक्क हुन्छ ।' ऊ निराशाजनक तवरले भन्छ । 'कहाँ खेल्दाखेल्दै पैसा दिनु ? दाउ बिग्रन्छ ।' बस्न आग्रह गर्ने जमरकट्टेलले भन्छ । ऊ केही क्षण हेरेरै बस्छ । जब साँझले धर्तीमा पाइला टेकेको आभास हुन्छ तब भट्टीतिर सोझिन्छ । एक बोत्तल लोकल रक्सी माग्छ, साथमा एक पिलेट मासु । थप्छ, अझ थप्दा उसले खाएजति तिर्न साथको पैसाले पुग्दैन । पैसा नपुग्दा भट्टीवालीसँग भनाभन हुन्छ ।
-'जति पैसा छ, त्यतिको नखाएर किन बढी खानुपर्ने ?
-भएको पैसा त दिइहालें नि । अब बाँकी रहेको पछि दिउँला । अर्काको बेइज्जत गर्ने काम नगर न साहुनी ।'
-'के को इज्जत ? एक वर्षदेखिको उधारो रकम अझैसम्म दिन सकेका छैनौ । त्यस्ताले इज्जतका कुरा गर्ने, बेइज्जतीसँग डराउने भए पहिलेको पैसा दिइहाल न त ।'
-'लाख होइन, करोड होइन एकैपल्ट दिउँला नि, तिम्रो उधारो खाएर मर्दिन क्या । म मरे पनि छोराले तिर्छ ।'
ऊ घरतिर लाग्छ । घरबाट चोकतर्फ आउँदा रमाउँदै आएका उसका पाइला र्फकदा लर्खराउँछन् खेत जोतेर फर्किएको तरुनो गोरुझैंं । हजार रुपैयाँ लिएर गएको मान्छे तन्नमभगत भएर घर आएको छ । उससँग पर्याप्त आत्मग्लानि र हीनता बोध हुनुपथ्र्यो तर अनुहारमा त्यस्तो केही छैन । ऊ केही विराम नगरेको मुद्रामा छ ।
श्रीमती भाँडा माझिरहेकी छ । ऊ भाँडा माझ्न छाडेर लोग्नेलाई पढ्छे । एकक्षण हेर्छे । उसले लख काट्छे, पक्का आज रक्सी खाएर आएको हुनुपर्छ । ऊ श्रीमतीनेर टक्क अडिन्छ अनि बिरालो झैं लुसुक्क कोठामा छिर्छ ।
बहिनी टिभी हेरेर बसिरहेकी छे । बाबु आफ्नो कोठामा रेडियो सुनिरहेका छन् । छोराछोरी अर्को कोठामा पढ्दैछन् । श्रीमती कोठामा पस्छे र तिखा शब्दमा भन्छे-'आज भात पनि ढुलमुले चोकतिर खाएर आएजस्तो छ नि Û कताबाट पाइयो पैसा ? हेर त ह्वास्स गन्हाएको, छि-छि वान्ता आउलाजस्तो ।' 'केको पैसा पाउनु ? सधैं पैसा नै चाहिन्छ र खान ? आज एउटा मनकारी साथीले खाऊँ कि खाऊँ भनेर कर गर्यो त्यसैले खाइयो ।' ऊ सहजै भन्छ ।
'मनकारी साथीले खान कर गर्यो अरे । के-के न ठूलो खाँचो टारिदिएछ, के-के न ठूलो काम गरेर आउनुभएछ । अझ लाज पनि नलाग्ने खाएर आइयो भन्दा । भात थालमा छोपेर राखिदिएकी छु, मन लागे झिकेर खाने नत्र कुकुरले खान्छ, वस्तुभाउले खान्छन् ।' श्रीमतीले भएभरको तीतो ओकल्छे ।
ऊ चुप लाग्छ । भात नखाई सुत्छ । श्रीमतीको मनमा भने कता-कता चिसो पस्छ, 'दिनभरि हराउनु, पिएर आउनु । कतै दराजको पैसा त उछिट्याएनन् । बानी अचानोमा राखेर काट्ने खालको छ ।' ऊ मनमनै गुन्छे ।
फेरि ऊ के सोच्छ कुन्नी Û भात नखाई सुत्ने विचार छाड्छ । खाटबाट धङ्धङ्गाउँदै ओर्लन्छ । हुत्तिदै भान्सा कोठातिर लाग्छ । भात चिसो थियो । तैपनि ऊ भात खाई हातमुख धोएर ट्वाइलेटतिर जान्छ ।
त्यसैबेला श्रीमतीले दराज खोल्छे । आत्तिदै दराजको सानो खोपा हेेर्छे । उसलाई अचम्म र धिक्कार एकैचोटि लाग्छ । खोपा खुलै छ । मानौं गल्ती गर्नेले केही न केही आफ्नो कमजोरी चुहाएको हुन्छ । रुमालले गाँठो पारेर राखेको पैसा लथालिङ्ग छ जसमध्ये हजार रुपैयाँ गायब छ । श्रीमतीको कम्पारो तात्दै जान्छ तर तत्कालै प्रतिवाद नगरी धैर्य र संयम अपनाउँछे । ऊ चाहन्न कि पैसा हराएको अर्थात् लोग्नेले चोरेको अरू कसैले थाहा पाऊन् । आमाबाबुको झगडा छोराछोरीले सुन्ने र नकारात्मक प्रभाव पर्ने मौका मिलोस् ।
श्रीमती धरै नपाई केही बेरपछि शान्त हुन बाध्य हुन्थी । यतिखेर श्रीमती खुव सोच्छे, आज फेरि के भन्ने हो ? चोरेको छैन भन्ने हो कि, ङच्िच हाँसेर लज्जास्पद रूपमा आत्मसमर्पण गर्ने हो । जसो गरे पनि ऊबाहेक त्यो कर्तुत अरू कसैले गरेन । मरिगए सुख पाउँदैन, जे भने पनि । अरू कोही यो कोठामा आएर दराज खोल्ने कुरै आउँदैन । यहाँ घरका जहान कोही पस्दैनन् । यसो छोराछोरी हुन् पस्ने । तिनले बिठ्यँइँ गर्न जानेका छैनन् । पैसा चोर्नु त परै जाओस् । बाहिरका मान्छे आएर त्यसो गरे भनूँ भने सबै पैसा लिएर जान्थे । बाँकी किन राख्थे ? बाहिर एकदम अँध्यारो छ । श्रीमती लोग्नेले खाएको भाँडँ माझ्न जान्छे । ऊ बाहिरबाट ओछ्यानमा आई पल्टन्छ । श्रीमती कोठाभित्र पस्छे । लोग्ने लम्पसार भएर खाटमा आँखा चिम्लिरहेको देख्छे । सायद ऊ दिनभरि तासका पत्ती पढेर थाकेका आँखालाई पूर्णरूपमा विश्राम दिलाउन चाहन्छ वा रक्सीले बडेमानको बनाएको टाउकाको तौल घटाउन चाहन्छ । ऊ श्रीमती आएको बेवास्ता गर्दै कोल्टे फेर्छ । आँखा हेर्दैन तर श्रीमती कोठामा प्रवेश गरेको उसले थाहा पाएको छ । त्यसैबेला श्रीमतीले उसलाई झक्झक्याउँदै भन्छे-'खोई, ल्याउनुहोस् मेरो पैसा । अर्काले कति जोरजाम गरेर राखेको पैसा झिकेर लान कसरी सकेको ?' ऊ सुनेर पनि नसुनेझैं गर्छ । कोल्टे पनि र्फकदैन, आँखा पनि खोल्दैन । केवल निदाएको अभिनय गर्छ ।
उसको लाचारीपन श्रीमतीलाई खपिनसक्नुहुन्छ र बेस्कनी झकझक्याउँदै भन्छे-'हेर न, अझ अर्काको पैसाले टिल्ल जाँड धोकेर सुतेको । कस्तो निर्छलो मान्छे । आफूले एक रुपैयाँ कहिल्यै कतैबाट ल्याएर दिने खुबी छैन, दिने होइन । यसरी कति दिन साध्य हुन्छ, म त दिक्दार भैसकें ।' बिचरी श्रीमती रुन थाल्छे । मन उम्लेर पोखिएका आँसु जति र्झछन् उति
पुस्छे । 'केको पैसा ? कहाँको पैसा ? मलाई थाहा छैन ।' ऊ श्रीमतीतर्फ नहेरी भाले स्वरमा भन्छ । सरासर बनावटी कुरा गर्छ तर उसको एउटा मनमा भने सत्यता र पश्चातापले पालैपालो चिमोट्छ । आफूलाई धिक्कार्दै उसको अन्तस्करणले भन्छ, आज फेरि नगर्नुपर्ने काम गरियो । न त खल्तीमा पैसा रह्यो न त गतिलो ठाउँमा पैसा मासियो । व्यर्थमा श्रीमतीको गन्थन सुन्नुपर्यो । अझ कति सुन्नुपर्ने हो ? अब यो तास र रक्सी नछाडी भएन ।
'दराजमा राखेको पैसा नि' अझ साधु बनेर केको पैसा ? कहाँको पैसा ? मलाई थाहा छैन अरे ।' श्रीमतीले अलि झर्केर भन्छे । 'सत्य रामो राम मलाई थाहा छैन । तिम्ले पैसा कहाँ-कसरी राख्छ्यौ देखेको पनि छैन । झिक्नु त परको कुरा । बरु राम्रोसँग हेर न, त्यहीँ राखेको ठाउँमा कतै होला ।' उसले शतप्रतिशत ढाँट्छ । श्रीमतीलाई अलिकति पनि चित्त बुझ्दैन । त्यसरी पैसा झिकेको बेला उसले देखाउने व्यहोरा अर्थात् अनृत आचरण सम्झन्छे । लोग्नेको पाइन्ट र कमेजको खल्ती-खल्ती छाम्छे । कतै भेटाउँदिन ।
त्यत्रो हजार रुपैयाँ एकै दिनमा सकिसकेको । कस्तो नराम्रो बानी भएको मान्छे होला । अर्काले कस्तरी साँचेको पैसा । आमाले मायाले दिएको पैसा । मासौं भने त मेरा पनि कति ठाउँ थिए कति ? हुन त लुकाएर राखेको होला नि । अर्को दिन पनि चाहिन्छ भनेर ।' श्रीमतीले कुरा थप्दै भन्छे । 'पैसा नै लिएको छैन भनेपछि लुकाएर राख्ने कुरा कताबाट आयो ।' सिरानीबाट टाउको उठाउँदै भन्छ । 'लिएको छ त के भन्नुहुन्थ्यो त नि । कहिले पो साबित भएको हो र ?' श्रीमती अतीत सम्झदै भन्छे ।
ऊ चुप लाग्छ । श्रीमती बोल्दै जान्छे, 'सन्तोक मान्ने ठाउँ कतै छैन । यसो जागिर खान खोज्नु पटक्क छैन । आफूसँगकी खर्दारकी छोरी कत्रो चुरिफुरी गरेर हिँड्छे । उसको लोग्ने १ लाख रुपैयाँ खान्छ अरे । जैमानेकी छोरी भुन्टी अस्ति माइत जाँदा भेटिएकी थिई । अहिले त मोटाएर चिनिनसक्नु भएकी । सुख पाएपछि त त्यति राम्रा हुँदा रहेछन् आइमाई । माइतमा हामीभन्दा झुत्रेझाम्रे भएर हिँड्थी, आफ्नो त अभागी कर्म । माइतीले दिएको पैसा पनि बाँकी रहँदैन । कहाँ पैसा राखेकी छ, कताबाट पैसा हात पर्छ, त्यत्ति सोच्दै ठिक्क छ । कसरी होस् प्रगति र परिवर्तन ? बुद्घ ित चोर छ, अनि क्यारेर उभो लाग्छ त नि पाइलो । पैसा चाहिने भएपछि कमाउनु पनि त जान्नुपर्छ । कमाइ भए पो रमाइ हुन्छ । होइन गाँठे, सोच्ने दिमाग पनि कता गएछ ? यत्रो बाउ भैसकेको मान्छे, छोराछोरी जान्ने-बुझ्ने भए, भोलि तिनै छोराछोरीले आमाको पैसा चोरेर बाले रक्सी खान्छन्, तास खेल्छन् भन्ने कुरा थाहा पाए भने के इज्जत रहला ? के भन्लान् तिनले ? धन्न छोराछोरीका सामु मैले ढाकछोप गरेकी छु र इज्जत बचेको छ ?' 'भाषण नसुनाऊ, तिम्रो पैसा मैले लिएको छैन । लिएको भए यतिन्जेल तिनै पैसा तिम्रो मुखमा बजार्ने थिएँ । तिम्रो करकर सुन्ने रहर थियो र मलाई ?' 'अहो, कस्तरी भन्न सकेको लिएको छैन भनेर । नत्र कसले दराज खोलेर लियो त ? खोई, दिनुस् मेरो पैसा । अहिले म सबैले थाहा पाउने गरेर हल्लाखल्ला मच्चाइदिउँला ।' श्रीमती ताकेता गर्छे ।
ऊ नाजवाफ हुन्छ । घरि मनमनै खिलखिलाउँदै हाँस्छ । घरि मुखभरि क्रोध पालेर श्रीमतीतिर हेर्छ । मानौं कुनै इबी सँँध्न श्रीमतीले आरोप लगाएकी हो । सुत्ने समय हुन्छ । दुवै विपरीत दिशामा फर्केर सुत्छन् । श्रीमतीको मनमा चिन्ताको भुमरी चल्छ । आफू अभागी भएको अनुभूति अविछिन्न रूपमा हुन्छ । उसले अर्थात् लोग्नेले आत्मसन्तुष्टि र आत्मदोष एकैचोटि महसुस गर्छ । आत्मसन्तुष्टि यस अर्थमा कि श्रीमतीको कर्कशता थकाइमा परिणत भएको छ । श्रीमती सुत्ने तरखरमा छे । आत्मदोष यस अर्थमा कि पौरख गर्ने उमेरमा श्रीमतीको पैसा चोरेर तास र रक्सी जस्ता कुलतको गर्जो टार्नुपरेको थियो । साथमा एक पैसा बचेको थिएन त्यत्रो हजार रुपैयाँमा ।
केही समयपछि नयाँ प्रसङ्ग सुरु हुन्छ । जाडोको याम श्रीमती आफूतिर सिरक तान्छे, ऊ आफूतिर । दुवै जना कतै छोइन्छ कि भनेझैं एउटै खाटमा अलग्गिएर सुतेका छन् । त्यसैले सिरकको चक्लाइ साँघुरो भएको अनुभव हुन्छ । ऊ सिरक तान्न छोडेर श्रीमतीसँग टाँसिन पुग्छ । श्रीमती ऊबाट पर सर्छे, मानौं ऊ वितृष्णाका झुसिला काँडा शरीरभरि बेरेको दुम्सी हो । ऊ फेरि आफ्नो खुट्टा श्रीमतीको खुट्टामाथि राखेर श्रीमतीको अस्मिता भित्र घुस्न थाल्छ । स्पर्शस्वादबाट तृप्त हुन चाहन्छ । अरू अभिसारका प्रक्रिया गर्ने सामथ्र्य छैन । श्रीमती आफ्ना खुट्टाले उसका खुट्टा तर्काउँछे । उसको मन त्यसै शिथिल हुँदैन, फक्रदै जान्छ । श्रीमतीलाई हातले मसक्क बेर्छ । श्रीमतीले रुचाउँदिन । उसलाई धकेल्दै भन्छे-'खोई मेरो पैसा ल्याउनुहोस्, अर्काको पैसा लुसुक्क झिकेर अहिले चुप लागेर कसरी सुत्न सकेको, नामर्द । स्वास्नीको पैसाले तास खेल्न र रक्सी धोक्न पल्केको ।'
उसलाई नामर्द शब्दले च्वास्स घोच्छ, हलोको फालीले जमिनमा घोचेझैं । त्यसैले ऊ सबै अमिल्दा कुरा बिर्सेर जुरुक्क उठ्छ र तातो रिस देखाउँदै श्रीमतीको मुखमा मुक्का बर्साउन थाल्छ । अलिकति पनि दया-मायाको अंश बाँकी राख्दैन । श्रीमती कङ्कला स्वरमा रुन थाल्छे, अरलिन्छे, क्रमबद्घ आँसुका शृङ्खला झार्दै । ऊ मुहारभरि कुटिल मुस्कान छर्छ । सायद ऊ श्रीमतीको कारुणिक रुवाइ र अरिष्टबाट आफू मर्द भएको गर्व गर्छ ।
चर्चित हास्यव्यंग्यकार हरिबंश आचार्यले आत्मकथा लेखका छन् । उनको आत्मकथा समेटिएको पुस्तक चिना हराएको मान्छे यही महिना भित्रैमा बजारमा आउने प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।
विहीवार भएको पत्रकार सम्मेलनमा लेखक आचार्यले पत्नी वियोगको छटपटाहटलाई कम गर्न आफूले पुस्तक लेखेको जानकारी दिए । उनकी पत्नि मिराको २०६८ साल बैशाख ७ गते निधन भएको थियो । मिराको निधन भएको एक वर्ष नपुग्दै आचार्यले एकल महिलासँग विवाह गरेका थिए ।
पुस्तकमा आचार्यले बाल्यकालमा गरेका उट्पट्याङ, उनको जीवन संघर्ष, कला क्षेत्रमा आउँदा भोगेका उतार चढावलगायतका विषय समेटिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।
आचार्यको पुस्तकको पाण्डुलिपी सम्पादनमा सहयोग गरेका रबिन्द्र समिरले आफूले पुस्तक रुँदै र हास्दै पढेको जानकारी दिए । समिरले यो पुस्तक नेपाली प्रकाशन उद्योगको कोशेढुंगा हुने दावी पनि गरे ।
पत्रकार सम्मेलनमा फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले आचार्यजस्तो प्रतिष्ठित व्यक्तिको पुस्तक छाप्न पाउनु गर्वको विषय रहेको र यो आफ्नो जीवनको सवैभन्दा महत्वपूर्ण काम भएको बताए ।
विराटनगर, फाल्गुन २८ - फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) ले नेपालका कवि/गीतकार सुमन पोखरेललाई सार्क लिटेररी अवार्डले सम्मान गरेको
छ । भारत, उत्तर प्रदेश प्रान्तको आगरामा आइतबार आयोजित साहित्यिक महोत्सवमा पोखरेललाई १ हजार अमेरिकी डलरसहितको पुरस्कार प्रदान गरिएको हो ।
पाकिस्तानकी लेखिका फहरिन चौधरी, अफगानिस्तानका कवि प्रा.अब्दुल खलिक रसिक तथा श्रीलंकाका दया दिशानायकेले पनि उक्त अवार्ड पाएका छन् । पुरस्कृत साहित्यकारहरूलाई फोसवालकी संस्थापक अध्यक्ष अजित कौर र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का महानिर्देशक सुरेशकुमार गोयलले अवार्ड हस्तान्तरण गरे ।
तीनदिने महोत्वसमा सार्क राष्ट्रका कवि तथा लेखकहरूको सहभागिता छ । महोत्सवको उद्घाटन सत्रमा आइतबार परिषद् महानिर्देशक गोयलले साहित्य र वातावरणको अन्योन्याश्रति सम्बन्ध रहेकाले अब लेखक-साहित्यकारले वातावरणलाई समेत ध्यानमा राखेर साहित्यिक सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
त्यस्तै, नेपाली टोलीको नेतृत्वकर्ता प्रा.अभि सुवेदीले 'नारी र वातावरण ः एक हिंसाको संरचना' कार्यपत्र प्रस्तुत गरेका थिए । महोत्सवमा सहभागी साहित्यकार सीमा आभासका अनुसार, नेपालबाट प्रतिनिधित्व गर्ने अन्य साहित्यकारहरूमा सुमन पोखरेल, मोमिला, अमर न्यौपाने, शारदा शर्मा, सविता गौतम दाहाल, मेघराज अधिकारी र चन्द्रवीर तुम्बापो, बलबहादुर थापा, रवि थापा, प्रकाश सुवेदी रहेका छन् ।
महोत्सवमा नेपाली साहित्यकारहरूले छुट्टाछुट्टै सत्रमा आ-आफ्ना साहित्यिक रचना प्रस्तुत गर्ने कार्यक्रम रहेको साहित्यकार आभासले बताइन् ।
संगीतज्ञ अम्बर गुरुङलाई लालबहादुर-चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार प्रदान गर्दै ९९ वषर्ीय समाजसेवी सर्वज्ञमान प्रधानाङ््ग । हरेक वर्ष दिइने ५१ हजार रुपैयाँको पुरस्कारका लागि ढेवाजुका छोरीहरू सरस्वती श्रेष्ठ र विजया मल्लले ५ लाख रुपैयाँको अक्षयकोष राखेका हुन्् । यो पुरस्कार स्थानीय संगीत प्रशिक्षण केन्द्रले सञ्चालन गर्दै आएको छ । तस्बिर ः कान्तिपुर
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हाँस्य सिरियल ‘मेरी बाँस्सै’ मा कहिले धुर्मुस, कहिले आइते, कहिले स्वामी खडानन्द, कहिले भुतेश्वर बाबा, कहिले खड्काजीको भूमिका गरेर दर्शकलाई हँसाइरहने हाँस्यकलाकार सिताराम कट्टेलले फेरि नयाँ भुमिकमा देखा परेका छन् । उनले निर्वाहा गरेको नयाँ भूमिका ‘मुस्कान पासा’ हो ।
-->
पूर्ण नेवारी भेषमा देखिने ‘मुस्कान पासा’ को कुनै पनि दाँत देखिँदैन । गिजा मात्र देखिने ‘मुस्कान पासा’ पूर्ण रुपमा थोते छन् र हरपल हाँसिरहन्छन् । ‘कति हाँस्ने, म त हाँसेरै मर्ने भयो’ भन्ने संवाद सर्वसाधारण माझ छोटो समयमा नै चर्चामा आइसकेको छ ।
पूर्ण नेवारी भेषमा देखिने ‘मुस्कान पासा’ को कुनै पनि दाँत देखिँदैन । गिजा मात्र देखिने ‘मुस्कान पासा’ पूर्ण रुपमा थोते छन् र हरपल हाँसिरहन्छन् । ‘कति हाँस्ने, म त हाँसेरै मर्ने भयो’ भन्ने संवाद सर्वसाधारण माझ छोटो समयमा नै चर्चामा आइसकेको छ ।
‘अन्य भूमिका झैँ यस भुमिकाको पनि सबैबाट राम्रो प्रतिवि|mया पाइरहेको छु’ सिताराम भन्छन् । ‘मुस्कान पासा’ को नातिको भुमिकामा भने रेडियो अडियोका कार्यक्रम प्रस्तोता कुमार श्रेष्ठ देखिएका छन् । नातिको नाम ‘फँसीलाल’ छ । यो भुमिकालाई लिएर कुमार पनि निकै आशावादी छन् ।
नेपाली टेलिभिजनहरुबाट प्रशारण भइरहेका हाँस्य सिरियलहरुमा ‘मेरी बाँस्सै’ सर्वाधिक चर्चामा छ ।
नेपाली टेलिभिजनहरुबाट प्रशारण भइरहेका हाँस्य सिरियलहरुमा ‘मेरी बाँस्सै’ सर्वाधिक चर्चामा छ ।केतुस खतिवडा
नयाँवर्ष २०१३ पहिलो सप्ताहन्तमा म बाल्यकालको साथी राजकुमारलाई भेट्न अमेरिकाको उत्तर भर्मोन्टको ब्याटलबोरो सहर गएको थिएँ । बेलुकी खाना खाइसकेपछि उसले मलाई आफ्नो डायरी पढ्न दियो । मैले भेटेको उसको एक दिनको दैनिकी यस्तो रहेछ :
फेब्रुवरी १२, २०१२
आज निकै चिसो छ । मानिस जमेर मूर्ति नै बन्ला जस्तो । म बाहिर जान ढोका खोल्छु । एक भंगालो चिसो बाढी बनी भित्र पसेर न्यानो खोज्दै घुसि्रन खोज्छ । म हत्त न पत्त ढोका लाएर बाहिर निस्कन्छु । अनुहार खुल्लै देखेर होला, चिसोले नराम्ररी आक्रमण गर्छ म छाडो छल्न ज्याकेटको टोपी मिलाउँछु । चिसोले थाहा पाएछ क्यारे, मैले टाउजर नलाएको, त्यसैले ठिही जिन्सको पेन्ट छेडेर तिघ्रा र पिंडुलामा घोच्न थाल्छ सिस्नोले पोले जस्तै ।
बाटोमा हिउँ जमेर सिसाजस्तै भएको छ । म होसियार भएर नलड्ने कोसिस गर्छु । बल्ल बल्ल म गाडीको ढोकामा पुग्छु, गाडिमाथि आइसको बाक्लै लेप लागेको रहेछ, ढोका खुल्नै मानिरहेको छैन । जोडले तानेर ढोका खोलेर भित्र पस्छु र कक्रिदै सीटमा बस्छु । बर्षाको पानीले भिजेर ढाडिएको दाउरा नबले जस्तो गाडी पनि घ्यार्र-घ्यार्र मात्र गर्छ ।
निकैबेरको प्रयासपछि गाडी त स्टार्ट भयो । तर, अगाडि सिसामा झन् बाक्लो पानीको सिसा । करिब दश मिनेट फुल हिट चलाएपछि बल्ल सिसा केही तातेको जस्तो भयो । आफूलाई पनि यतिबेलासम्ममा केही राहत मिलेको अनुभव भइसकेको थियो । अनि बाहिर गएर पानीको सिसालाई टुक्रा टुक्रा पारेर फालिदिएँ ।
राति ढीला गरेर कामबाट फर्के पनि बिहान ढिलासम्म सुत्न मलाई मन पर्दैन । मनै पर्दैन भन्नुभन्दा पनि ढिलासम्म सुत्ने परिस्थिति नै मिलेको छैन । बिहान साढे सात बजे छोरोलाई स्कूल छाड्न उठेपछि फेरि फर्केर सुत्न मन लाग्दैन । बिहानको सयम मलाई सिर्जनशील लाग्छ, त्यसैले म अरु केही नगरे पनि सुतेर समय नष्ट गर्न चाहन्न । छोरोलाई स्कूल छाडेर अरु दिन जसरी नै म त्यतैबाट जीमतिर हानिन्छु ।
मुटु कमाउने चिसो हावाबाट जोगिन ज्याकेटको टोपी लगाउँदै हान्न आएको गोरुजस्तो टाउको निहुराएर अगाडि केही नहेरी एकैचोटि जीमखानाको ढोकामा पुगें । ढोका खोल्ने बित्तिकैको तातो हावाको स्पर्सले मैले तुरुन्तै न्यानो अनुभव गरिहालें ।
हिजो धेरैपछि नेपाली समाचार अनलाइनमा पढे, त्यो पनि हेडलाइनहरुमात्र । विदेशमा बसेर पनि राम्रो समाचार सुन्न कहिले पनि पाइएन । धेरै दुख लाग्यो । मन वर्षाको दिनलाई कालो मैलो बादल मडारिएर दिउँसै अँध्यारो बनाएजस्तै अँधेरिएर आयो । दिनभर मैले आफनो वरिपरि केही देखिँन जताततै शुन्यता मात्र देखें, जतात्यतै भयावह अत्यासै अत्यास मात्र देखें ।
आज पनि मलाई कताकता न्यास्रो लागिरहेको थियो, बिहानैदेखि । म मेरो मातृभूमि नेपाल फले फुलेको हेर्न र सुन्न मात्र चाहन्थें र चाहन्छु पनि । दुखको कुरा, मेरो त्यो सपना कहिल्यै पूरा भएन । मेरो मातृभूमि बारे म न कसैले नराम्रो कुरा गरेको सहन सक्छु, न देख्न नै । नेपालमा हुँदा पनि जहिले पनि म यही चिन्तामा डुबिरहेको हुन्थें, आफुले केही गर्न नसके पनि । सान्ति र सुशासनको अनुभव गर्न नेपालीको पुर्पूरोमा लेखेको रहेनछ जस्तो लाग्छ । म कुनै पनि नेपाली समाचार सुन्दिँन र पढ्दिन जसरी म ज्योतिषीको मा चिना या हात हेराउँदिन । ज्योतिषिकोमा गयो भने कि राम्रो भन्छ कि नराम्रो । राम्रो भने त केही छैन नराम्रो भनिदियो भने बन्न लागेका राम्रा कामहरु पनि चिन्ताले बिग्रने डर । नेपाली समाचार पनि त्यस्तै लाग्छ, राम्रो समाचार भए त ठिकै होला, नराम्रो रहेछ भने मन मात्रै दुख्छ । अनि त्यो दिनभर मूढ अफ । हुन त मेरो कुनै वाद, पार्टी, जाति, समुह, सरकार, प्रतिपक्ष कुनै एकातिर झुकाव भएको भए म त्यसको हारजीत या नराम्रो राम्रोले मात्र असर गथ्र्यो होला, तर म परे शुद्ध नेपाली, सम्पूर्ण नेपालीको भलो हेर्ने न कि कुनै पार्टी, दल, जनजाती, समुह, पक्ष प्रतिपक्ष आदि इत्यादि को ।
काउन्टरमा कहिले मोटी त कहिले पातली केटी बसेकी हुन्छे, सधंैजसो म हेलो हाई नगरी हिड्दिन्थें, आज मन गहुंगो भएकोले केहि नभनी सरासर अगाडि बढे, मोटी थिई कि पातली त्यो पनि थाहा पाइँन । मेरो आजको क्रियाकलाप देखेर हो कि किन हो त्यो काउन्टरकी केटी त मलाई नै पो हेरिरहेकी रहिछे । मैले भर्याङको अन्तिम खुडि्किलोबाट तल देखें । मलाई उसको हेराइले अलिकति पनि असर गरेन, म सरासर लक रुममा गएँ । झोला लक गरेर बाहिर ट्रेड मिलहरु भएको ठाउँमा आएँ । सरसर एउटा ट्रेडमिलमा गएँ र किताब पढ्दै बिस्तारै कुदें, हैन हिंडे । म ट्रेड मिलमा पढ्ने भएकाले हिँड्ने गरेको छु ।
मेरो मन आज कितावमा या शारीरिक अभ्यास केहिमा पनि अडिन मानेन ।
मलाई भित्रभित्रै के ले हो के ले, पोरिलिरह्यो । मेरो मातृभूमि सिकिस्त बिरामी भएर मृत्यू शैयामा छट्पटिरहेको धेरै भइसकेको छ । म उसैलाई सम्झेर भित्रभित्रै जलिरहेको छु । मेरो मनभरि अज्ञात भय मडारिइरहेको छ, आँखाभरि टम्म बादल लागिरहेको छ । अहिले मैले ट्रेड मिल छाडिसकेको छु र म माथिल्लो तलामा गएर बाहिर हेर्दै मन बुझाउने कोसिस गरिरहेको छु । वरिपरि हेरें, सबै आ-आफ्नो शारीरिक अभ्यासमा ब्यस्त छन् । काला, गोरा, अमेरिकन, युरोयिन, अफि्रकन, एसियन, स्पेनिस, युवा युवती, बुढाबूढी, कसैलाई कसैको मतलव भएजस्तो लाग्दैन, आफ्नो मातृभूमिको या परिवारको ।
-->
बाहिर पार्किङ लटमा २०/२५ वटा गाडीहरु पार्किङ गरिराखेका छन् । मानिसहरु आउने र जाने पनि गरिरहेका छन् । ठाउँ ठाउँमा बिहानको कलिलो घाममा हिँउ टल्किरहेको छ । सिसाबाट छिरेको घामको तातोका आधारमा म बाहिरको चिसोको अनुमान लगाउन खोज्छु । पक्का पनि बाहिर घामले न्यानो बिछ्याइसक्यो होलाजस्तो देखिन्छ, तर छैन ।
सबैलाई चटारो छ, । कोही हतार-हतार आफ्नो गन्तव्यमा पुग्न अगाडि बढिरहेका छन् । कोही पुगिसके होलान् । एक जना मानिस रेलको ट्रयाक छेउमा हिउँ पन्छाउँदैछ । एकै छिनमा अरु ९/१० जना भेला हुन्छन्, सबैले सेफ्टी ह्याट र सेफ्टी ज्याकेट लगाएका छन् । तीमध्ये एउटाले हातको इसारा गर्दै बोलिरहेको छ, उसको हातमा एउटा फाइल पनि छ । घरि घरि उ बाहिर काम गर्ने ठाउँतिर पनि देखाइरहेको छ । त्यो पक्का पनि काम थाल्नुअघिको मिटिङ हो र हातमा फाइल बोक्ने सुपरभाइजर हो ।
म केहि अघिमात्र आफुले बाहिर अनुभव गरेको चिसो सम्झन्छु, आफैंलाई आत्मग्लानी हुन्छ । आफुलाई उनीहरुका अगाडि निरीह देख्छु । म एकछिन बाहिर बस्न सक्तिँन उनीहरु त काम गर्न थालिसके ।
लाग्छ, आफ्नेा मातृभुमि बनाउन धर्तीबासीहरुले रगत र पसीनामात्र हैन, पर्यो भने ज्यान पनि दिनुपर्छ । धन्य तिनीहरुलाई, जसले वर्षौं वर्ष रगत र पसीना मात्र बगाएर हैन, कतिले ज्यानकै आहुति दिएर अमेरिका बनाइदिए हाम्रा लागि ।
हामी पनि नेपाल आमा भनेर उच्च स्थान दिन्छौं । हामी सबैलाई थाहा छ “जननी जन्म भूमिश्च : स्वर्गदपि गरियसि” । तर, पनि हामी किन धर्ती माताको इज्जत र सम्मान गर्न सक्दैनौं ? किन एकै धर्तीमा बस्ने हामी आपसमा वैमनस्यता साँधेर आफू आफू नै मारकाट गरिरहन्छौं ? किन हामी अरुको कुभलोमात्र सोचिरहन्छौं ? किन हामी अरुभन्दा आफुमात्र जान्ने हुनखोज्छौं ? किन हामी अरुको खुट्टा तानेरमात्र अघि बढ्न खोज्छौं । संसार कहाँबाट कहाबाट कहाँ पुगिसक्यो, हामी कहिलेसम्म यसरी अल्झिरहने हो ?
राजनीतिलाई राज्यको मुटु, मेरुदन्ड, प्राण, जीवन जे भने पनि हुन्छ । राजनीतिज्ञहरुले जबसम्म निस्वार्थ भएर काम गर्दैनन् तबसम्म देश विकास वा सुशासनको कल्पना पनि गर्न सकिन्न । नेपाल माताले धेरै सपुतहरुलाई जन्म दिइन् र थोरै कपुतहरुलाई पनि । विभिन्न समयमा विभिन्न रुपले लिएर सपुतहरु अगाडि बढे पनि कपूतहरु पनि संगसंगै भएकाले कपुतहरुले सपुतहरुको खुट्टा काटिरहे । सपुतहरु धर्तीमाताको सेवा र धर्तीवासीलाई सुशासन दिन खोज्छन् तर कपुतहरु अझ अगाडि बढेर सपुतहरुको दोहोलो काढ्छन् । हुँदाहुँदा अब त नेपाल आमाले सपुतहरु जन्माउनै छाडेजस्तो लाग्न थालिसकेको छ । सपुत जन्माए नै पनि नेपाल आमाले आफ्नो हैन उनीहरुकै मात्र रक्षा हुने गरी कतै सुरक्षिततवरले लुकाएर राख्छिन् होला ।
अब त नेपाल आमाको हाडछाला मात्रै छ, बाँकी सबै दुष्टहरुले खाइसकें । गिद्धले सिनो लुछेझंै हाम्री धर्तीमाताको शरीर लुछिरहँदा पनि हामी चुप लागेर बसिरहेका छौँ । किनकि हामीमध्ये कोहीले उनीहरुले फालेको हड्डी चुस्न पाइरहेका छौं । अनि बाँकी हामीलाई हड्डी चुस्ने कुकुरहरुले ङ्यार्र गरेर टाढा टाढा भगाइदिन्छन् ।
बडो गजव छ, यहाँ, एउटा आउँछ, नेपाल आमा र उनका सन्तानलाई सुशासन दिन्छु । आर्थिक सामाजिक, न्यायिक, सैक्षिक सबै क्षेत्रमा विकास गर्छु, भन्छ । अनि सुरु गर्छन् उ र उसका मतियार भएर नेपाल आमा र उनका सन्तानलाई चरम यातना दिन । कानुन आफ्नै हातमा लिन्छन्, त्यसैले अपराधीलाई आफैं छुटाउँछन्, गुण्डा आफैं पाल्छन् अनि सीधासाधा जनतालाई दण्ड सजाय गर्छन् । राष्ट्रको सम्पतिको आपसमा बाँडचूड गर्छन् । भोग विलास गर्छन् । यो देखेर अरुलाई जलन हुन्छ अनि सिनोको स्याललाई जस्तो वरिपरिबाट जिस्क्याउन थाल्छन् । सकेसम्म स्यालले सिनोमा आफ्नो प्रभुत्व जमाउन खोज्छ केही लागेन भने लौ तिमेरु खाओ भनेर छाडी दिन्छ अझ सकेसम्म फेरि आफ्नो पालो पाउने सर्तमा ।
पर, कतै पाखामा अग्लो ईटाको चिम्नीबाट धुँवाको मुस्लो मडारिँदै ममाथि आकाशतिर गइरहेको छ । मैले अझ गहिरिएर त्यस धुँवाको मुस्लोभित्र हेरें । त्यहाँ मेरो मातृभूमि नेपाल धुँवाको मुस्लोभित्र निसास्सिरहेको देखें । त्यही निसास्सिरहेको मातृभूमिभन्दा अलिकति पर मैले आफुलाई देखें । अझै पनि त्यहाँभित्र कोही मानिसहरु आफ्नो अस्तित्व रक्षा गर्नको शान्ति र संविधानको बहानामा नेपाल आमाको छातीमा आगो बालिरहेका थिए । म आफु बाहिर भए पनि मातृभुमि निसास्एिको देखेर मेरो मन रोयो ।
ड्याङ्ग ! ठूलो आवाज आयो, कसैले ह्याभी वेट अग्लोबाट झारेछ । मेरो सोचाई भङ्ग भयो । म आफैँलाई अप्ठ्यारो लाग्यो, यत्रोबेर केही नदेखी केके सम्झेर टोलाएँछु । को को नयाँ नयाँ अनुहारहरु पनि आइसकेछन् । म आफैं छक्क परें । कहाँबाट आज यस्तो सोचाइ आयो । यो सब भ्रम मात्र हो, मैले यहाँबाट सम्झेर के नै हुने हो र । फेरि यो संसारमा मेरो भन्नु नै के छ र नेपाललाई आमा र धर्तीमाता भन्नेहरु त कति होलान् कति । नेपाल आमालाई हामीजस्ता परदेशीको के माया होला र ? आखिर मैले के लिएर आएको थिएँ र मरो भन्नु । म खाली आएको थिएँ, खाली जान्छु, मात्र भ्रममा मेरो भन्छु । भगवान भन्नेहरुले त केहि लगेनन् ।
साँच्चै म एक छिन भ्रममा हराएकोमा आफैंदेखि हाँसो उठ्यो । फिस्स फुका हाँसो हाँसें कसैले देखे देखेनन् त्यसको मतलव पनि गरिन अनि लागें फेरि शारीरिक अभ्यासतिर ।
बेस्टहार्टफोर्ड, अमेरिका
बिटु केसी बराल
मञ्जरी कुनै नायिका होईन । न कुनै सुन्दरी युवति नै । केबल मेरो कथाकि यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार मञ्जरी हुन सक्छे ।
स्वदेशबाट कता हो कता, धेरै टाढा सात समुन्द्रपारी अमेरिका भनिने यो ठाउँमा मलाई देशको खबरले झक्झक्याँछ । सुन्छु – त्यहाँ जाडो खप्न नसकेर न्यानो लुगा नहुनेहरू , घर नहुनेहरू , सडकमा गुजारा गर्नेहरू गरिवहरू मरेरे । मन भित्र कस्तो कस्तो आमिलो फैलिन्छ । आफ्नो लुगा बिछ्यौनाले आफैलाई गिज्याए झै लाग्छ । सडक पेटिमा हात फैलाएर बस्ने बालकहरू , पाटी पौवामा रामनाम जप्दै दिन गुजार्ने ती बुढाबुढीहरूको याद आउछ । यस्तै यादहरुमा मिस्सिएर वर्षोदेखी मेरो मष्तिस्कमा तहतह परेर बसेको मञ्जरीको यादले ३० बर्ष अगाडि को त्यो समयमा मलाई अनयासै फर्काउछ ।
क्षणभरको लागि मञ्जरी मेरो मानसपटलमा जिवन्त भएर उभिन्छे । उसको त्यो बुच्चो कपाल , डेढो हेराइ , छुच्चो बोली मेरो आँखा वरिपरि घुम्छ ।
मञ्जरी गुनिली पनि होईन , राम्री पनि होईन । अचम्म त के भने उ मेरो मानसपटलबाट कहिल्यै ओझेल भैइन । जब जब उसलाई म सम्झिन्छु दुखित हुन्छु , हतास हुन्छु । कहाँ गई मञ्जरी , कता हराइ मञ्जरी ?
३० वर्ष अगाडिको बिशालनगर चण्डोल सानै भएपनि प्राकितिकरुपमा सुन्दर थियो । । हराभरा ,सफा सुग्घर , उचाइमा अबस्थित चण्डोल अति रमाइलो लाग्थ्यो । पारिलो घामको स्पर्श , हावाको मिठासले चण्डोलको आकर्षणमा चार चाँद लगाएको थियो । सडकको दाँयाबाँया निलकाडाँको सपक्क मिलेको बार जसले पर्खालको काम गरेको हुन्थ्यो । मोटर गाडी चड्दा त्यो हरिया काँडाघारी सरर छोडिदै जाँदा गाडीसंगै दौडे जस्तो लाग्थ्यो , मन्त्र मुग्ध हुन्थे म । असाध्यै मन पर्थ्यो मलाई त्यो द्रिष्य , त्यो चण्डोल । अब त काँडाघारीको ठाउँ ठुला ठुला पर्खालले ओगटेको छ । त्यो रमाइलो बस्ती आज अब्यब्स्थित घना बस्तीले गर्दा कस्तो कस्तो उकुसमुकुस देखिन्छ । तर पनि आफू जन्मेको ठाउँ अति प्यारो हुने रहेछ । कवि सिद्दिचरणलाई ओखलढुङगा प्यारो भए जतिकै ।
मेरो भन्दा २\३ घर पछाडि एउटा सानो मिल थियो जसलाई हामि कलघर भन्थेऔ । काँचो इट्टाले बनेको कलघरको भित्र एउटा कुनामा सानो कोठा थियो त्यसैमा डेरा गरि बस्थे मञ्जरी र उसको बुढो बाउ । कलघरको ठिक अगाडि ठुलो मयलको रुख थियो र रुखसंगै थियो फैलिएको बारी । त्येतिबेलैको प्राबिधिक बिकासले त्यो पुरानो कलघरलाई इतिहास बनाइ सकेको थियो । कलघरमा कल थिएन , बाँकी थियो मात्र घर । त्यो घर रुङेर बाउ छोरी बस्थे । मयल पाकेपछी केटाकेटी झ्याम्मीन्थे रुख मुनि । हामि पनि बाटो पर्दा मयल खान कल घर तिर जान्थ्यैा कहिलेकाही । पाकेको मयल खुब मिठो हुन्थ्यो । खेतबारिमा जाने बाटोसगैको त्यो झरेको मयल खान मयल धनीको भन्दा नि मञ्जरीको बढी डर लाग्थ्यो । उ आफ्नै मयल हो जस्तोगरी छुच्याँइ गर्थी । घरधनीलाई भनिदिने धम्की दिन्थी । एकचोटी मयलको रुखसंगैको मकै बारिमा तनेबोडी चुडेर खाएछन् सानासाना केटकेटीले ।” बोडी चोर ” बोडी चोर ” भन्दै कराएर मन्जरीले तिनीहरूलाई परैसम्म लखेटी । ती केटाकेटीहरू मन्जरीको अगाडी पर्ननी डराउथे । उसको न पहिरन राम्रो हुन्थ्यो न हिडाँइ । तर, म उसलाई बाटोतिर हिंडेको देख्दा हेरिरहन्थे र मौका मिल्दा बोल्थे । उ सधै ठाडो जवाफ दिन्थी र तर्किन्थी । मञ्जरी सबैसँग ठाडो बोल्थी । बुढो बाउले ज्यालादारीबाट जेजति कमाउथे त्यसबाटनै उनिहरुको छाक टरथ्यो । ज्याला मजदुरीको काम सधैं पाइने होईन , काम नपाउदा र गर्न नसक्दा उनिहरुको पेट कसरी भरिन्थ्यो होला ? विचरी मन्जरी ! आमा गुमाएकी टुहुरी थिइ । मञ्जरी दुधेबालिका छदै बितेकि रहिछीन् आमा । उसका उमेरका अरु केटाकेटी स्कुल जाँदा , मिलेर खेल्दा मञ्जरी भात भान्चामा हुन्थी । ९ \ १० वर्षकी हुदी हो उ तर बुढो बाउ लाई पकाएर खुवाउने जिम्मा उसैको भागमा थियो । आफूले पढ्न नपाएकोले होला स्कुल जाने आउनेहरूलाई उ खुबै ध्यान दिएर हेरिरहन्थी । कापि कलम लिएर खोइ के के कोरिरहन्थी उ । कठै ! उसको पढ्ने रहर बुझिदिने को थियो र ?
एकदिन उसको बुढो बाउले सौतेनी आमा ल्याएछन् । टोलछिमेकमा गाईगुइँ हल्ला चल्न थाल्यो – ए ठुल्दाइले त फेरि बिहे गरेछन नी ! मेरो आमाले नी भन्नुभयो – ” ठुल्दाइको कान्छी दुलही त कति राम्री रैछीन् ” हाँस्दै भन्नुभयो – ” कहाँ पाएहोलान्, त्यती राम्री दुलही बुढेसकालमा ? ” हेर्ने कौतुहलता जाग्यो , दौडेर गएँ कलघरतिर । हो रहेछ , खुब राम्री लाग्यो मलाईनी , सिनेमाकी हिरोइन जस्तै । मञ्जरीलाई चाँही के लाग्यो खोइ कुन्नी ? केहीदिनपछि कसैले मञ्जरीलाई सोद्धै थियो – सौतेनी आमा ल्याएपछि बाउले माया गर्छन् की गर्दैनन् ? कान्छी आमाले कस्तो व्यबहार गरेकी छिन इत्यादी । सौतेनी आमाप्रति उसले न कुनै रौष प्रकट गरेकी थीइ , न कुनै गुनासो नै । उ सामान्य देखिन्थी । समयको हन्डर र ठक्करले कलिलै उमेरमा उसलाई जोदाहा र जिताहा बनाइसकेको थियो ।
चार महिनानी नटिकी ठुल्दाइकी नयाँ दुलही त टाप कसिछिन् हेर, आमाले कसैलाई बताउदै हुनुहुन्थ्यो । त्यहाँ उप्रान्त ती सुन्दरीको दर्शन फेरि कहिल्यै पाइएन । शायद ठुन्दाइको गरिबीले उनलाई टिकाउन सकेन । ठुल्दाइ धेरै बुढो भैसकेका थिए । उनको शरीर ज्यालदारी काम गरेर पेट पाल्न सक्ने अबस्थाको थिएन । न कुनै खेतबारी र जायजेथा उनिहरुसँग थियो । परिवार र आफन्तको नाममा ती दुबै बाउ छोरी मात्रै । चोरी , फटाइँ , ढटाइँ र मग्वाइँ अक्सर गरिविमा हुने दोषहरू दुबै बाउ छोरिमा कहिल्यै देखिएन । सानी मञ्जरी निर्भिक , निडर थीई । कसैसँग नझुक्ने र नडग्ने उसको पन शायद मलाइ त्यतिबेला छुच्चो लागेको हुदो हो । उसको गरिवी ,दयनीय अबस्थाको समाजले उडाउने खिल्लीको सामाना गर्दा उ कठोर देखिएकी हुँदि हो ! आफ्नो अबस्थाको ललरी गाएर ती बाबु छोरीले कसैबाट सहयोगको अपेक्षा गरेको समेत थाहा पत्तो पाइएन । न त त्यो समाजका हामिहरूले उसको अबस्थालाई जान्ने चेष्ठा नै कहिल्यै गर्यौं । अहिले मलाई लाग्छ , यदि समाजको सानो सहयोग पाएको भए मञ्जरीको जीवन त्यसरी बिलिन हुने थिएन । उ कसैसँग झुकिन तर गरिवीको सघर्षमा उ चाडै नै पराजित भई । एकदिन अचानक सुने मञ्जरी त मरिरे ….. मलाई बिश्वासै लागेन । फेरि दौडेर कलघरमा हेर्न गए , सुनसान थियो घर , त्यहाँ कोइ थिएन । म खिन्न हुँदै फर्किए । बिरामी थिईरे उ । खोइ के को बिरामी हो , मलाई थाहा थिएन । मञ्जरी भन्दा १/२ वर्षले ठुली मलाई आजसम्म पनि कुरिकुरी लागिरहन्छ – औषधी उपचार पाएको भए मञ्जरी त्यति चाँडै मर्दिनथी । म सोच्दछु , मञ्जरी बाँचिरहेकी भए आज कस्ती हुन्थी होली ? उसका पनि त आफ्नै रहर र सपनाहरू थिए होलान् । जीवन बाँचिरहने आशा कसलाई हुदैन ? तर सबैको रहर कहाँ पुगेको छ र ! कहीले पुगेको छ र ? केही समयपछि ठुल्दाइ नी मरे भन्ने सुनियो । उनको मृत्युमा शोक मनाउने कोही भएनन् । समाजले फेरि उनीहरूलाई कहिल्यै सम्झदा पनि सम्झेनन् ।
हुस्टन , टेक्सास
-->
-->
प्रमिला पाण्डे
कोठामा पुगेको निकैबेरपछि उसको मेसेज आयो । लेखिएको थियो , “मलाई तिम्रो केयरिङ बानी मनपर्छ । तिम्रो सेन्स अफ ह्रयुमर मनपर्छ । अनि तिम्रो बुद्धुपना मनपर्छ” ।
मैले लेखे – “मलाई तिम्रो सब कुरा मनपर्छ ,साया । तिमीसित वास्ता रख्ने हरेक चीज मन पर्छ । त्यस्तो कुनै चीज छैन तिम्रो जो मलाई मन नपर्ने होस्” ।
आजकाल मलाई तिमीसित प्रत्यक्ष /अप्रत्यक्ष सरोकार राख्ने सबै चीज मन पर्न थालेको छ । यो संसार मन पर्छ किनकि तिमी यै संसारमा छ्यौ । मलाई आजकाल आफ्नै नाँउ मन पर्न थालेको छ ,साया । किन थाहा छ ? किनकि तिमी आफ्नो मिठो आवाजले मेरो नाउँलाई सम्बोधन गरेर बोलाउँछ्यौ ।
त्रिभुवन विश्वविद्यालय सी.डी.इ.एस को विद्यार्थि साया र अतीतको प्रेम कथामा आधारीत यो उपन्यास शुरुमा खासै मन छोएको पाईदैन । जब अतीत र सायाको भेट हुन्छ अनी उपन्यासले एक किसिमको गती लिन्छ जँहा पाठक सजिलै हराउने छन् । यो उपन्यासले आम युवाहरुको स्टुडेन्ट लाईफमा हुने यथार्थ कुराहरुलाई समेटेको पाईन्छ क्लासमा हल्ला गर्नु ,पछाडी बेन्चमा बस्नु ,केटाहरु राम्री केटीहरु तिर आँखा लगाउनु ,क्लास छोड्नु, टिचरको खिल्ली उढाउनु ,प्रेम गर्ने जोडीहरु लास्ट बेन्च तिर बस्नु जस्ता कुरा पठ्दा हरेकलाई आफ्नो जिन्दगीको त्यो रमाईलो दिनको याद नआउला भन्न सकिन्न ।
यसरी शुरुको दिनहरुमा त्रिभुवन विश्वविद्यालय सी.डी.इ.एस इन्ट्रान्स टपर सायालाई पहिल्याउन अनेक उपाए अपनाएका अतीत सायालाई चिने पछि थोरै दिनको भेटघाटमा नै प्रेमीका बनाउन सफल हुन्छ । विद्यार्थि जीवनको आम युवायुवतीहरुको जस्तै र कति युवायुवतीहरु भन्दा अलि फरक रफ्तारमा उनिहरु प्रेमरुपी डुङ्गामा सवार गरिरहेका हुन्छन । क्याम्पस देखी घर सम्मको साथ , कम्बाईनड स्टडीको बाहनामा रोमान्स , फिल्ड वर्क होस या घरमा कोही नभएको बेला होस हरपल एकअर्काको साथमा मग्न हुन खोज्नु उनीहरुको दिनचर्या नै बनिसकेको हुन्छ । दिनानुदिनको बढ्दो निकटताले उनीहरु भावनात्मक सम्बन्ध मात्र हैन शारीरीक सम्बन्धको प्यास पनि मेटाउन पुग्दछन् । एकअर्कामा समर्पित देखीएका यी जोडी प्रेममा मात्र नभई पढाईमा पनि अब्बल हुन्छन् र भेट भएको झन्डै दुई बर्ष पछि टि.यु बाट बिदा लिन्छन् । मान्छे जति टाढा भयो माया उती गाढा हुन्छ भने जस्तै एकअर्काबाट टाढा (साया नर्वे र अतीत नेपालको धनगढी) हुँदा स्काइप र फेसबुकमा बारम्बार झुण्डेर कुरा गर्न तल्लीन यी जोडीलाई बिछोडको पिडाले खपी नसक्नु हुन्छ र आफ्नो प्रेमलाई जीवन्त दिने निर्णय गर्दै साया नेपाल आएर अतीतसंग बिहे गर्छिन । तर, अन्तिममा सायाले अतीतसंग देखाएको अपत्यारीलो नाटकीय व्यवहार देख्दा पाठक त्यती बेला मात्र यो उपन्यासबाट ब्युझन्छन् र त्यसको उत्तर नपाउँदा भने मनमा एक किसीमको खुलदुली मच्चिन्छ । यसरी एउटा मामुली कथा ,कुनै हेरीरहेको चलचित्रको दृश्य जस्तो लाग्ने खासै गहन र नौलो विषय बस्तु नबोकि पाठकलाई सजिलै आर्कषण गरेको देख्दा ” समर लभमा ” कुनै जादु पक्कै छ जस्तो लाग्दछ तर , कुनै-कुनै मोडमा आवश्यक भन्दा बढी शब्द खर्च गरेर र एउटा प्रसंगको शिलशिला चलिरहँदा लेखक एकै पटकमा अर्को प्रसंगमा हाम फालेको देख्दा भने अलीकती दिक्क लाग्दछ । हुन त उपन्यासको रमाईलो पृष्टभुमिमा रम्न थालेपछि यस्ता झिनामसीना कुरामा अल्झने मौका पटक्कै पाईदैन । “समर लभमा ” प्रयोग भएका पात्रहरु मध्य किरण र प्रतिक्षाको आगमनले उपन्यासमा अझ निखार ल्याएको छ । उनीहरुको हाउभाउ ,बोल्ने शैली , हाउडेपन, फेसबुकमा हाल्नको लागी फोटो खिच्नु आदी जस्ता कुराले अहिलेको युवापुस्ताको हुबहु चित्रण गरेको छ । लेखकलेे एक दुई ठाउँमा देशप्रतिको प्रेम पोख्न समेत चुकेका छैनन् । नेपाली जस्तो अनुहार देख्दैमा आफ्नै दिदी बहिनी दाजुाभाई देखे जस्तो भान हुन्छ भने एयरपोर्टमा भेट भएको जर्मनीलाई समेत नेपाल सुन्दर छ भन्दै घुम्न आउन निम्तो दिएर नेपालीको नेपाल प्रतीको माया देखाएका छन् । अत्यन्तै सरल भाषामा सानासाना कुराहरुलाई पनि उन्न नबिर्सनु लेखकको अर्को सबल पक्ष रहेको छ । उपन्यासको अर्को भावुक र लज्जालु पात्र सुस्मिताको चरित्र देख्दा अजीव लाग्दछ । जीवनको एक अनकन्टार उदाश र कालो दिन बोकेर आफ्नो लिभर समेत खराब हुनेगरी चुरोट र रक्सीको साथमा रमाईरहेका अतीतलाई सुस्िमताका साथ र समर्पणले केही राहत मिलेको देख्दा कथाले अर्को मोड लिनेहो की जस्तो भान हुन्छ । उपन्यासको अन्त्यतिर भने लेखकले पाठकलाई अझ गम्भीर बनाएका छन् । अन्तिमको लेखन शैली र उनले आफ्नो प्रेम दर्शाउन खर्चेका शब्दहरुले भने पाठकको मन मात्र पगाल्दैन कहीँकहीँ त थाहै नपाई आँखा रसाउन पुग्दछ । -->
“तिमीसित बिहा गर्दा मैले सब त्यागे । तर म वञ्चनाले छट्पटाइँन । आमाको ममता मैले मिस गरिँन । पिताको वात्सल्य गुमाइँन” जस्ता शब्दले मुटुनै कटक्क खान्छ ।
यसरी लेखकले साँचो प्रेम गर्नेहरु प्रेमको वियोगमा कसरी छट्पटाउँछन् भनेर बुझाउने जमर्को समेत गरेका छन् भने आजको युवा पुस्ताहरुमा देखिने प्रेमरोग क्षणभरमै प्रेममा चर्लुम्म डुब्न अनी ह्रवात्तै पार लाग्न बेर नलाग्ने अवस्थाको सही चित्रण गरेका छन् । समग्रमा भन्नु पर्दा लेखकले पाठकलाई छोटो मिठो सवाल जवाफले रोमाञ्चीत बनाएका मात्र छैनन् ,अत्यन्तै रमाईलो तरीकाले उपन्यासको अन्तिम घडी सम्म बचाउँछन् ।
युवा पुस्ताको पढाइ लेखाइ ,प्रेममा भोगीने दुःख, रोमान्स ,जात नमिल्दा आईलाग्ने कठिनाइ ,भागेर गरीने विवाह , साथि भाई संग चल्ने एक किसीमको रमाईलो , जीवनका हन्डर ठक्कर र नसोचेका तीता मिठा पलहरुलाई एकमुष्ट गरेर अत्यन्तै मार्मीक र रहस्यमय तरीकाले तयार पारीएको एक सुन्दर उपन्यास हो समर लभ । लेखकले पुस्तकको शुरुवातमा भने जस्तै वास्तवमै “समर लभ” प्रेम गर्ने सबैका लागि हुन पुगेको छ ।
प्रमिला पाण्डे
कोठामा पुगेको निकैबेरपछि उसको मेसेज आयो । लेखिएको थियो , “मलाई तिम्रो केयरिङ बानी मनपर्छ । तिम्रो सेन्स अफ ह्रयुमर मनपर्छ । अनि तिम्रो बुद्धुपना मनपर्छ” ।
मैले लेखे – “मलाई तिम्रो सब कुरा मनपर्छ ,साया । तिमीसित वास्ता रख्ने हरेक चीज मन पर्छ । त्यस्तो कुनै चीज छैन तिम्रो जो मलाई मन नपर्ने होस्” ।
आजकाल मलाई तिमीसित प्रत्यक्ष /अप्रत्यक्ष सरोकार राख्ने सबै चीज मन पर्न थालेको छ । यो संसार मन पर्छ किनकि तिमी यै संसारमा छ्यौ । मलाई आजकाल आफ्नै नाँउ मन पर्न थालेको छ ,साया । किन थाहा छ ? किनकि तिमी आफ्नो मिठो आवाजले मेरो नाउँलाई सम्बोधन गरेर बोलाउँछ्यौ ।
त्रिभुवन विश्वविद्यालय सी.डी.इ.एस को विद्यार्थि साया र अतीतको प्रेम कथामा आधारीत यो उपन्यास शुरुमा खासै मन छोएको पाईदैन । जब अतीत र सायाको भेट हुन्छ अनी उपन्यासले एक किसिमको गती लिन्छ जँहा पाठक सजिलै हराउने छन् । यो उपन्यासले आम युवाहरुको स्टुडेन्ट लाईफमा हुने यथार्थ कुराहरुलाई समेटेको पाईन्छ क्लासमा हल्ला गर्नु ,पछाडी बेन्चमा बस्नु ,केटाहरु राम्री केटीहरु तिर आँखा लगाउनु ,क्लास छोड्नु, टिचरको खिल्ली उढाउनु ,प्रेम गर्ने जोडीहरु लास्ट बेन्च तिर बस्नु जस्ता कुरा पठ्दा हरेकलाई आफ्नो जिन्दगीको त्यो रमाईलो दिनको याद नआउला भन्न सकिन्न ।
यसरी शुरुको दिनहरुमा त्रिभुवन विश्वविद्यालय सी.डी.इ.एस इन्ट्रान्स टपर सायालाई पहिल्याउन अनेक उपाए अपनाएका अतीत सायालाई चिने पछि थोरै दिनको भेटघाटमा नै प्रेमीका बनाउन सफल हुन्छ । विद्यार्थि जीवनको आम युवायुवतीहरुको जस्तै र कति युवायुवतीहरु भन्दा अलि फरक रफ्तारमा उनिहरु प्रेमरुपी डुङ्गामा सवार गरिरहेका हुन्छन । क्याम्पस देखी घर सम्मको साथ , कम्बाईनड स्टडीको बाहनामा रोमान्स , फिल्ड वर्क होस या घरमा कोही नभएको बेला होस हरपल एकअर्काको साथमा मग्न हुन खोज्नु उनीहरुको दिनचर्या नै बनिसकेको हुन्छ । दिनानुदिनको बढ्दो निकटताले उनीहरु भावनात्मक सम्बन्ध मात्र हैन शारीरीक सम्बन्धको प्यास पनि मेटाउन पुग्दछन् । एकअर्कामा समर्पित देखीएका यी जोडी प्रेममा मात्र नभई पढाईमा पनि अब्बल हुन्छन् र भेट भएको झन्डै दुई बर्ष पछि टि.यु बाट बिदा लिन्छन् । मान्छे जति टाढा भयो माया उती गाढा हुन्छ भने जस्तै एकअर्काबाट टाढा (साया नर्वे र अतीत नेपालको धनगढी) हुँदा स्काइप र फेसबुकमा बारम्बार झुण्डेर कुरा गर्न तल्लीन यी जोडीलाई बिछोडको पिडाले खपी नसक्नु हुन्छ र आफ्नो प्रेमलाई जीवन्त दिने निर्णय गर्दै साया नेपाल आएर अतीतसंग बिहे गर्छिन । तर, अन्तिममा सायाले अतीतसंग देखाएको अपत्यारीलो नाटकीय व्यवहार देख्दा पाठक त्यती बेला मात्र यो उपन्यासबाट ब्युझन्छन् र त्यसको उत्तर नपाउँदा भने मनमा एक किसीमको खुलदुली मच्चिन्छ । यसरी एउटा मामुली कथा ,कुनै हेरीरहेको चलचित्रको दृश्य जस्तो लाग्ने खासै गहन र नौलो विषय बस्तु नबोकि पाठकलाई सजिलै आर्कषण गरेको देख्दा ” समर लभमा ” कुनै जादु पक्कै छ जस्तो लाग्दछ तर , कुनै-कुनै मोडमा आवश्यक भन्दा बढी शब्द खर्च गरेर र एउटा प्रसंगको शिलशिला चलिरहँदा लेखक एकै पटकमा अर्को प्रसंगमा हाम फालेको देख्दा भने अलीकती दिक्क लाग्दछ । हुन त उपन्यासको रमाईलो पृष्टभुमिमा रम्न थालेपछि यस्ता झिनामसीना कुरामा अल्झने मौका पटक्कै पाईदैन । “समर लभमा ” प्रयोग भएका पात्रहरु मध्य किरण र प्रतिक्षाको आगमनले उपन्यासमा अझ निखार ल्याएको छ । उनीहरुको हाउभाउ ,बोल्ने शैली , हाउडेपन, फेसबुकमा हाल्नको लागी फोटो खिच्नु आदी जस्ता कुराले अहिलेको युवापुस्ताको हुबहु चित्रण गरेको छ । लेखकलेे एक दुई ठाउँमा देशप्रतिको प्रेम पोख्न समेत चुकेका छैनन् । नेपाली जस्तो अनुहार देख्दैमा आफ्नै दिदी बहिनी दाजुाभाई देखे जस्तो भान हुन्छ भने एयरपोर्टमा भेट भएको जर्मनीलाई समेत नेपाल सुन्दर छ भन्दै घुम्न आउन निम्तो दिएर नेपालीको नेपाल प्रतीको माया देखाएका छन् । अत्यन्तै सरल भाषामा सानासाना कुराहरुलाई पनि उन्न नबिर्सनु लेखकको अर्को सबल पक्ष रहेको छ । उपन्यासको अर्को भावुक र लज्जालु पात्र सुस्मिताको चरित्र देख्दा अजीव लाग्दछ । जीवनको एक अनकन्टार उदाश र कालो दिन बोकेर आफ्नो लिभर समेत खराब हुनेगरी चुरोट र रक्सीको साथमा रमाईरहेका अतीतलाई सुस्िमताका साथ र समर्पणले केही राहत मिलेको देख्दा कथाले अर्को मोड लिनेहो की जस्तो भान हुन्छ । उपन्यासको अन्त्यतिर भने लेखकले पाठकलाई अझ गम्भीर बनाएका छन् । अन्तिमको लेखन शैली र उनले आफ्नो प्रेम दर्शाउन खर्चेका शब्दहरुले भने पाठकको मन मात्र पगाल्दैन कहीँकहीँ त थाहै नपाई आँखा रसाउन पुग्दछ । -->
“तिमीसित बिहा गर्दा मैले सब त्यागे । तर म वञ्चनाले छट्पटाइँन । आमाको ममता मैले मिस गरिँन । पिताको वात्सल्य गुमाइँन” जस्ता शब्दले मुटुनै कटक्क खान्छ ।
यसरी लेखकले साँचो प्रेम गर्नेहरु प्रेमको वियोगमा कसरी छट्पटाउँछन् भनेर बुझाउने जमर्को समेत गरेका छन् भने आजको युवा पुस्ताहरुमा देखिने प्रेमरोग क्षणभरमै प्रेममा चर्लुम्म डुब्न अनी ह्रवात्तै पार लाग्न बेर नलाग्ने अवस्थाको सही चित्रण गरेका छन् । समग्रमा भन्नु पर्दा लेखकले पाठकलाई छोटो मिठो सवाल जवाफले रोमाञ्चीत बनाएका मात्र छैनन् ,अत्यन्तै रमाईलो तरीकाले उपन्यासको अन्तिम घडी सम्म बचाउँछन् ।
युवा पुस्ताको पढाइ लेखाइ ,प्रेममा भोगीने दुःख, रोमान्स ,जात नमिल्दा आईलाग्ने कठिनाइ ,भागेर गरीने विवाह , साथि भाई संग चल्ने एक किसीमको रमाईलो , जीवनका हन्डर ठक्कर र नसोचेका तीता मिठा पलहरुलाई एकमुष्ट गरेर अत्यन्तै मार्मीक र रहस्यमय तरीकाले तयार पारीएको एक सुन्दर उपन्यास हो समर लभ । लेखकले पुस्तकको शुरुवातमा भने जस्तै वास्तवमै “समर लभ” प्रेम गर्ने सबैका लागि हुन पुगेको छ ।
मान्छे ठुलो कि मानब निर्मित् जात बडा बा
मान्छे भए किन ? त यो छुवा छात बडा बा
श्रम चल्ने कर्मठ हातको आगो पानी नचल्ने
के यो जायज हो र जनमा पक्षपात बडा बा
आमा बन्दा हत्या हिँसा बलात्कारको शिकार
किन ठान्छ छोरा निको सुहाग रात बडा बा
चेतन शील प्राणी मान्छे ब्याबहार छ पशुको
हटला त यो समाजको ठग् जमात बडा बा
दिनै बन्छन कयौं सत्य दोषी साधु महन्त
खै कहाँ छ ? कानुनको यहाँ हात बडा बा
जता हेर्यो द्वन्द देख्छु प्रतिद्वन्द देशमा
होला त याँ मानबताको सुरुवात बडा बा
मान्छे भए किन ? त यो छुवा छात बडा बा
श्रम चल्ने कर्मठ हातको आगो पानी नचल्ने
के यो जायज हो र जनमा पक्षपात बडा बा
आमा बन्दा हत्या हिँसा बलात्कारको शिकार
किन ठान्छ छोरा निको सुहाग रात बडा बा
चेतन शील प्राणी मान्छे ब्याबहार छ पशुको
हटला त यो समाजको ठग् जमात बडा बा
दिनै बन्छन कयौं सत्य दोषी साधु महन्त
खै कहाँ छ ? कानुनको यहाँ हात बडा बा
जता हेर्यो द्वन्द देख्छु प्रतिद्वन्द देशमा
होला त याँ मानबताको सुरुवात बडा बा
राजेन्द्र थापा
कुनै दिन त छ/सातपटक पनि लथपथै हुने गरी प्रणयकालका गोमन सापका भालेपोथी बन्थ्यौं हामीहरु । मडारिन्थ्यौं, बढारिन्थ्यौं, लतारिन्थ्यौं ।
वादलझै झरेपछि एकछिनमै कच्याक कुचुक, फेरि बाफिएर एकछिनमै गड्गडे मेघ गर्जन । पलभरमै लल्याकलुलुक धामन साप, पलभरमै फनक्क फणा उठाएको गोमन । उसका मुखबाट पनि गोमनसापकै जस्तो फूँपूको फूँकार पनि निक्लने । त्यो पुकार सुनेर आफू बच्ची त वाल्ल !
हाम्रो आम गाछीमा, सानै हुँदा एकपटक मैले गोमनका भालेपोथी देखेको थिएँ । भालेपोथी छिनमा आपसमा बटारिन्थे, छिनमा बेरिन्थे, छिनमा फनक्क ठडिइन्थे, मभन्दा पनि अग्लो भएर, र छिनमा लल्याकलुकलक हुन्थे । वरिपरिको भिडप्रति वेखवर ! मान्छेका नजरबाट बेअसर !
नागनागिनीले भोग गरेको भन्दै गाउँलेहरुले गोमन भोग पुजा गरेका थिए । आफू पनि अहिले त्यही गरिरहेको महसूस गर्दा म पक्क पनि पर्थें, छक्क पनि पर्थें । दंग पनि पर्थें, र तरंग पनि भेट्थें ।
मेरो जिऊमात्रै त्यो कोठामा त्यो पुरुषसंग थियो, दिमागमा भने त्यो गोमन क्रिडाको स्मरण आइरहेको थियो । डर पनि लाग्थ्यो, ए कतै हामी पनि गर्मीको तेजले गोमन त भइरहेका छैनौं ? हा … हा … हा ।
कैले त उसका त्यो नै भाले साप भेको हो कि भन्ने डर लागेर हात तान्थें । तर फेरि त्यो मभन्दा बुढो खप्पिस पुरुष, मलाई ललाईफकाई साप समाउन लाइहाल्थ्यो । तर दुलोमा साप नछिर्ने ग्यारेन्टी हुनाले अर्थोक रम्रम् भए पनि डर भने कम्कम् नै हुन्थे ।
गोमनमा पनि अचानक पोथी छुट्टएिर उम्किन खोज्ने, तर भालेले फेरि झम्टेर अँठ्याइहाल्ने …. र फेरि बटारबुटुर … र फेरि मडारमुडुर ।
यसरी गोमनका भालेपोथी क्रिडासँग आफ्नो क्रिडामा म समानता पाउथें । सापहरु पनि खाली बढारिने मात्रै, भालेको त्यो पोथीकोमा प्रवेश गरेको देखिन्नथ्यो ।
हुन त नहुने सवालै छैन, तर नदेखिने मात्र हो । जे भए पनि मैले भने देखिँन वा कलिलो उमेरका कारण त्यो नोटिस नै गरिएन ।
तर बच्चैमा कुकुरहरुको भने सडकमा धेरैपटक प्रवेश क्रिया देखेकै हो । तर हाम्रो भने कुकुरको जस्तो प्रवेश क्रिया नभएर गोमनको जस्तो बटारबुटार र मडारमुडारमात्र भै रहन्थ्यो, मौका भेट्यो कि ।
त्यस्तोबेला यदि गाउँलेहरुले देखे भने, भोग पुजा भन्लान् कि नभन्लान् ? त्यो पनि काइसापको भर्खरकी छोरीको π टाउको झुकाएर, हातले स्वस्ती गरेर, दर्शन भन्लान् कि π मनले धेरै पटक यस्तो सोचेर हाँस उठेकै हो ।
कुरुप अंग :
अचानक हाँस्दा उस्ले के मेरो देखेर हाँस्या भन्थ्यो । लौ न नि, त्यस्तो कुरुप र घिनलाग्दो चिज देखेर को हांस्दो होला, छी, भन्थीं म ।
हुन त अचम्मै हो, हगी ? मानव शरिरका हर अंग सुन्दर बनाएको छ भगवानले । तर केटाहरुका अंग भने किन त्यस्तो कुरुप बना होला ?
तर हेर्नुस् त सर, स्त्रीको त्यो अंग ! कस्तो रुपमय ! स्त्रीको त, अंगको मात्रै के कुरा ? हर अंग अद्वितिय ! हर विन्दू अदभूत ! हर कोण असाधारण !
स्त्रीका त टाउकादेखि तल पैतालालगायत, त्यहां त्यो ठांऊमा पनि अद्वितिय सौन्दर्य हालेको छ भगवानले । प्राकृतिक सिद्धान्त अनुरुप विश्वकर्माको इन्जिनियरिंग अवधारणामा निर्माण गरिएको ठान्छु, म स्त्रीको संवेदनशील अंग । धर्तीकै स्वरुप देखिन्छ स्त्रीका पूर्ण अंग । भित्रको उर्जा भने सौरमन्डलको उर्जाजस्तै ।
कुरुक्षेत्र र विश्वरुप :
कुरुपै भए पनि उन्मत्त अवस्थामा मस्तिमय भइरहेको, यो उन्मत्तेश्वर भैरव देखेपछि पुरुषको पनि विश्वरुप नै देखेझै भने पक्कै महसूस हुन्थ्यो, मलाई पनि ….. हरेकपटक …. हरेक उन्मादका बेला …… ठिक कुरुक्षेत्रमा अज्ञानमा अलमलेको अर्जुनले कृष्णको विश्वरुप देखेझै ।
(गीतकारका रुपमा स्थापित पूर्वजर्नेल राजेन्द्र थापाले मोडल स्मिता थापालाई मूल पात्र बनाएर लेखेको यौन प्रधान उपन्यास ‘खेलौना’को एक अंश)
काठमाडौं, २०६९ माघ २० (नागरिक)- उद्योगी विनोद चौधरीको जीवन गाथा 'विनोद चौधरी - आत्मकथा' शनिबार विमोचन भएको छ। उनले लेखक सुदीप श्रेष्ठसँग सहकार्यमा पुस्तक लेख्न चार वर्षभन्दा बढी समय लगाएका थिए। पुस्तकमा चौधरी र चौधरी गु्रपको आरोह-अवरोहको कथा समेटिएको छ।
'यो किताबमा काम गर्दा मैले आफ्नो विगतलाई सजीव ढंगले सम्भि्कने मौका पाएँ। विभिन्न घटना पछाडि लुकेका निर्णयलाई आत्ममूल्यांकन गर्न र कतिपय निर्णयमा आत्मालोचना गर्न पनि पाएँ,' किताब लेखनको अनुभव बाँड्दै चौधरीले भने,'अतीतका पत्रपत्र केलाउनुपर्ने यो काम यति गहन होला भन्ने मैले सोचेको थिइनँ।'
चौधरीले काठमाडौंको खिचापोखरीमा बाल्यकाल बिताए। क्षेत्रपाटीको जुद्धोदय पब्लिक स्कुल र गणबहालको नेपाल आदर्श विद्या मन्दिरमा पढे। सानोठिमीको सामुदायिक स्कुलबाट एसएलसी दिए। उनका यी अनुभवले पाठकहरूलाई आफ्नो बाल्यकाल सम्झाउनेछ र ५० वर्षअघिको काठमाडौंको झलक पनि दिनेछ।
किताबमा चौधरीले नेपालको उद्योग व्यवसाय र राजनीतिक घटनाक्रमसँग जोडिएका विभिन्न प्रसंग वर्णन गरेका छन्। शाही परिवार, पञ्चायत र प्रजातन्त्रकालीन प्रधानमन्त्री तथा नेताहरूसँगको नालीबेली सम्बन्ध खोलेका छन्। आफ्नो समयका शक्तिशाली राजनीतिक व्यक्तित्वहरूसँगको उठबसले राजनीतिक उतारचढावका विविध आयाम बुझ्न मद्दत मिल्नेछ। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा उनको अनुभवले समग्र उद्योग व्यवसाय तथा निजी क्षेत्रको अन्तरवस्तुमाथि प्रकाश पारेको छ। अन्तर्राष्ट्रिय व्यापार विस्तारको संस्मरणले पाठकहरूलाई यस्तो यात्रामा लैजान्छ, जसमा नेपालको ब्रान्डलाई अन्तर्राष्ट्रिय पहिचान दिने महत्वाकांक्षी लक्ष्य छ। र, त्यो लक्ष्यसम्म पुग्न चाहिने तीव्र रफ्तार छ।
किताबमा चौधरीले नेपालको उद्योग व्यवसाय र राजनीतिक घटनाक्रमसँग जोडिएका विभिन्न प्रसंग वर्णन गरेका छन्। शाही परिवार, पञ्चायत र प्रजातन्त्रकालीन प्रधानमन्त्री तथा नेताहरूसँगको नालीबेली सम्बन्ध खोलेका छन्। आफ्नो समयका शक्तिशाली राजनीतिक व्यक्तित्वहरूसँगको उठबसले राजनीतिक उतारचढावका विविध आयाम बुझ्न मद्दत मिल्नेछ। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा उनको अनुभवले समग्र उद्योग व्यवसाय तथा निजी क्षेत्रको अन्तरवस्तुमाथि प्रकाश पारेको छ। अन्तर्राष्ट्रिय व्यापार विस्तारको संस्मरणले पाठकहरूलाई यस्तो यात्रामा लैजान्छ, जसमा नेपालको ब्रान्डलाई अन्तर्राष्ट्रिय पहिचान दिने महत्वाकांक्षी लक्ष्य छ। र, त्यो लक्ष्यसम्म पुग्न चाहिने तीव्र रफ्तार छ।
'चौधरी गु्रपलाई कुनै दिन अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउँछ भन्ने सपना मैले ३० वर्षअघि देखेको थिएँ। मैले सपना मात्र देखिनँ, त्यसलाई हासिल गर्न निरन्तर लागिरहेँ। वाइवाइको अन्तर्राष्ट्रिय सफलता यसको उदाहरण हो,' गत साता युवा उद्यमीहरूको एक समूहमा छलफल गर्दै चौधरीले भनेका थिए,'तीस वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज बेल्टबाट सुरु भएको वाइवाइले आज ३० वटा देशमा बजार विस्तार गरिसकेको छ। वर्षको एक अर्ब प्याकेट उत्पादन हुन्छ, जुन विश्व चाउचाउ उद्योगको १ प्रतिशत हो।'
लेखन अनुभव सुनाउँदै लेखक सुदीप श्रेष्ठले लेखन समयका रोचक प्रसङ्ग सुनाएका थिए। 'हामीलाई आपसमा खुल्न केही समय लाग्यो', उनले भने- 'नियमित भेट र कुराकानीबाट हामीले एकअर्काको विश्वास जित्यौं, त्यसपछि लेखन प्रक्रिया स्वस्फुर्त अघि बढ्न थाल्यो। जब उहाँलाई नयाँ घटना सुनाउनुपर्थ्यो वा पुरानो महत्वपूर्ण घटना सम्झनुहुन्थ्यो मलाई डाकिहाल्नुहुन्थ्यो।' दुई साता लामो थोरङ्ला पास ट्रेकिङले पनि विश्वासको सम्बन्ध बनाउन मद्दत गरेको सुदीपले सुनाए।
नेपाञ्लयका किरणकृष्ण श्रेष्ठले विनोद चौधरीजस्तो सक्रिय उद्यमीले आफ्नो अतीतलाई सार्वजनिक मूल्यांकनको निम्ति प्रस्तुत गर्नु साहसिक कदम भएको उल्लेख गरे।
-प्रदीप मेन्याङ्वो
निष्कपट हुनुको पीडाले आज उसलाई निकै सताइरहेछ । मनभरि आदर्श र स्वच्छ भावना बोक्नु पनि उसका लागि जीवनको पीडामय गीत बनेको छ ।
उसले सोची, 'मैले कहाँ गल्ती गरें ? कसरी सुरु भयो पीडामय जिन्दगीको यात्रा ?' यो मानसिक तनाव उसले भोग्नु नपर्ने हो । अति उदार चित्त हुनुको बेफाइदा सायद यस्तै हुँदो हो ।
उसो भए के फरक रह्यो र स्वार्थी भावना र निःस्वार्थी भावनामा ? यस्तै प्रश्न ओइरिरहेका छन् उसका मनभरि । भानुचोकको भीडमा आफूलाई नितान्त एक्लो यात्री सम्झेर एकपटक लामो सुस्केरा लगाउँछे । सानो ब्याग काँधमा झुन्डिएको छ । आँखाले व्यस्त बजारमा कसैलाई खोजिरहेका छन् । तर रित्तै र्फकन्छन् भावशून्य भएर ।
आपmनो पछाडि कानै छेड्ने कर्कस आवाजमा हर्न बजाउँदै धनकुटाबाट फलफूल बोकेर झरेको ट्रक आएको पनि थाहा पाउँदिन । उसलाई कानभरि आपmनी बहिनी र लोग्नेको कर्कस आवाज मात्र गुञ्जिरहेको महसुस हुन्छ ।
ट्रकको आवाजलाई पनि ऊ लोग्ने र बहिनीको नमीठो, भद्दा र अश्लील गाली सम्झन्छे ।
तन्द्रा टुटेपछि पछाडि र्फकदा ट्रक चालक झ्यालबाट टाउको निकालेर नियमित बोलीमा गाली गरिरहेको हुन्छ, 'काल खोजेको हो कि क्या हो ? पागल आइमाई ।'
ऊ चुपचाप पश्चिमतिर टेम्पो
स्टेन्डमा हानिन्छे ।
अदृश्य पीडा सबैभन्दा खतरनाक हुँदो रहेछ । विपरीत परिणाम भोग्ने त उसले कल्पना पनि गरेकी थिइन । अहिलेको भोगाइप्रति उसले पटक्कै चित्त बुझाउन सकिरहेकी छैन । उसलाई आफ्नो पीडाप्रति विश्वासै लाग्दैन । पश्चाताप पनि छैन तर पनि पीडा मनभित्रै लुकिरहेको छ ।
त्यसो भए लोग्नेको तिरस्कारलाई उसले पुरस्कार सम्झने त ? आपmनै बहिनीलाई अब फेरि कसरी सहयात्री सम्झने ?
जटिल, जटिल झन् जटिल बन्दै गएको छ उसको मनोदशा । ऊ टेम्पोबाट घर अगाडिको गेटछेउमा उत्रन्छे र भाडा तिर्छे ।
झमक्क साँझ परिसकेको छ ।
घरका सबै कोठा उज्याला छन् । तर उसको कोठा अँध्यारो छ । साँझमा बत्ती बाल्दा सबै कोठामा बाले के बिग्रन्थ्यो र ?
ऊ यो कोठामा एक्लै बस्न थालेको धेरै भएको छैन । करिब चार वर्षजति भयो । लोग्नेसँग सम्बन्धविच्छेद भएको पनि होइन । बहिनीसँग कुनै दिन झगडा पनि भएको छैन अर्थात् उसले अहिलेसम्म पि्रयालाई ठूलो स्वरले गाली गरेकी पनि छैन ।
घरभित्र छिरेर स्वीच अन गर्छे । कोठाभरि उज्यालो छरिन्छ ।
'मम्मी-मम्मी मलाई के ल्याइदिनुभयो, खोइ क्याटबेरी ? क्याटबेरी दिनुहुन्न भने म भोलिदेखि स्कुल जान्न, नाइँ के स्कुल जान्न ........ ।' विवेक आज पनि काखमा पल्टियो । साढे चार वर्षको विवेकलाई सबैभन्दा बढी माया गर्छे । त्यसैले पनि ऊ आत्महत्या गर्नबाट धेरै पटक जोगिएकी छे ।
उसलाई थाहा छ, घरमा पुग्नासाथ विवेकले केही न केही माग्छ । त्यसैले आज पनि क्याटबेरी किनेर ल्याइदिएकी थिई । उसले व्यागमा हात हालेर खोल्न पनि नभ्याई विवेकले निकालिसकेको थियो ।
'अब तिमी भोलि स्कुल जान्छौ होइन ?' बालसुलभतालाई नियालेर टाउको मुसार्दै विस्तारै साउतीको भाषामा बोली ।
मुखभरी क्याटबेरी खाइरहेको विवेकले टाउको मात्र हल्लायो । ठूलीआमालाई मायालु पाराले हेर्दै ।
त्यसपछि विवेक उठेर गयो बाहिर गोजीभरि क्याटबेरी बोकेर ।
ऊ लुगा फेर्न थाली, खिया लागेका टिनको दराजमा टाँसिएको फुटेको ऐनाअगाडि उभिएर । 'यो ऐनाजस्तै मेरो भाग्य पनि फुटेको रहेछ । र, यो टिनको दराज भन्दा के फरक रह्यो र मेरो जिन्दगी ? दराजमा त्यसै खिया लागेको छ । मेरो जीवनमा पनि बिनाकारण खियाको पीडा थपिएको छ ।' त्यस्तै सोच्दै ऐनामा आफूलाई नियाल्छे ।
ऊ लोग्नेभन्दा चार वर्ष कान्छी र बहिनीभन्दा आठ वर्ष जेठी छे अर्थात् ऊ अहिले ३४ वर्षकी भएकी छे । तैपनि बुढेसकालले छोएजस्तै ऊ परिपक्व अनुभवी शैलीमा जीवनलाई बुझ्ने प्रयास गर्छे ।
बाहिर अचानक विवेक रोइरहेको हुन्छ र पि्रयाको चर्को आवाज पनि सुनिन्छ । 'दुनियाँ सडकमा मधिसेले फिजाएको मिठाईं दिएर अब फेरि डाइरिया लगाइदिन आँटी मेरो विवेकलाई । अस्ति पनि खै के ल्याएर दिई, रातभरि हनहनी ज्वरो आएर सुत्नै दिएन । तँलाई मैले कति पटक भनिसकें तेरी ठूलीआमाले दिएको मिठाईं नखा भनेर ।'
विवेकले चपाउँदै गरेको क्याटबेरी खोसेर पि्रयाले अघि नै सुँगुरको खोरमा मिल्काइदिएकी थिई । आपmनै बहिनीको यस्तो व्यवहारप्रति ऊ अझै पनि अनभिज्ञ भएर सहिरहेकी छे । पि्रयाले किन आफूलाई घृणाको पात्र बनाएकी हो उसले बुझेकी छैन ।
सत्र वर्षअघि अप्रत्यासित रूपमा विमलसँग सोनुको मागी विवाह भएको थियो । किराँत कुलको युवा विमल डिप्लोमा प्रथम वर्षसम्म पढेर बेलायती सेनामा छाती नापेर भर्ना भएको थियो । ऊ पेन्सन आएलगत्तै सोनुले पि्रयासँग विवाह बन्धनमा वाँधिदिएको थियो ।
ती पहिलेका सम्झना अहिले उसका मनमा चित्रझैं टाँगिएका छन् । कति गाह्रो परेको थियो प्रथम विछोड सहन । विराटनगर एयरपोर्टमा विमललाई अंगालो मारेर ऊ बेस्सरी रोएकी थिई र विमल पनि । आज दन्ते कथा बनेको छ उस्ाका लागि यो सम्झना ।
एक्ली दिदीलाई सहयोग गर्न पि्रया भोजपुरबाट धरान आएकी थिई र पढ्दै दिदीकै साथी भएर समयसँगै बस्दै थिई ।
सोनुले परिवारमा सबैभन्दा बढी माया गरेको मान्छे त्यतिबेला आफ्नो लोग्ने विमलपछि पि्रया नै थिई । किनभने पि्रया दिदीको हरेक सुख-दुःखकी साथी बन्दै आएकी थिई । पहाडमा रहँदा पनि उनीहरू सँगसँगै घाँस-दाउरा जान्थे, गट्टी खेल्थे । लुकामारी खेल्थे । अहिले यो सबै अतीतको गर्भमा लुकेको छ ।
ऊ बहिनीको तीतो व्यवहारले गर्दा प्रत्येक पल अतीतका सुखद् क्षण सम्झेर सहने अभ्यास गर्दै आएकी छे । विवाह गरेको करिब सत्र वर्ष बितिसक्दा पनि उसले गर्भधारण गर्न नसकेपछि लोग्नेको चित्त बुझाउन र मातृवात्सल्य इच्छा पूरा गर्न बहिनीसँग विमलको विवाह गरिदिएकी थिई । बीपी कोइराला स्व्ाास्थ्य विज्ञान प्रतिष्ठानका गाइनोकोलोजिस्टले उनको पाठेघरमा खराबी भएको रिपोर्ट दिएपछि पि्रया र विमलबीच जोडी मिलाएकी थिई ।
खासगरी लोग्नेमाथि तेस्रो व्यक्तिले नमीठो आक्षेप लगाएपछि उसको मन त्यतिबेला कुँडिएको थियो । 'मर्द भए पो सन्तान जन्माउन सक्छ, नामर्द भएपछि कसको के लाग्छ ?' पहिलोपटक नजिकैको नम्बरी -साथी) ले नै यसो भनेपछि सोनुलाई खपिनसक्नु पीडा भयो । पाठेघरको दोष प्राणपि्रय लोग्नेमाथि अनाहकमा लाग्दा कुन स्वास्नीको स्वाभिमानमा धक्का लाग्दैन ?
प्रत्येक स्वास्नीले समाजमा लोग्नेको बर्खिलाफ र कुरा काटेको सुनेर बस्नै सक्दैनन् । चाहे जायज कुरामा होस्, चाहे नाजायज कुरामा । उसले रातभर सोची र विमललाई त्यही रात सम्झाएर निर्णय गरी 'लोग्नेलाई समाजमा मर्द भएको प्रमाणित गरेरै छाड्न ।'
विमल र पि्रयाको विवाहबाट आफू असुरक्षित भएको महसुस गर्न पनि अपराधजस्तै मान्थी । सन्तान नभए पनि पतिका लागि आदर्श पत्नी बनेर बस्ने उसको मनको धोको मरेको थिएन । जे भए पनि एउटै आमाको गर्भबाट जन्मिएकी बहिनीलाई आफ्नै लोग्नेसँग आफैले विवाह गराइदिँदा जीवनको उत्तरार्धमा अझ सुरक्षित हुने मीठो सपना साँचेकी थिई ।
प्रत्येक वर्षको साकेला उभौलीको बेलामा विमलले उसलाई सँगै लिएर जाने गरेको थियो । पि्रयालाई विवाह गरेको केही वर्षसम्म त तीनै जना सप्तरङ्गी पार्कमा रमाइलो साकेला मनाउने गरेका थिए । बहिनीको गर्भ राम्रो बसोस् भनेर उसले बुढासुब्बा मन्दिरमा रातो भाले चढाएकी थिई । पुजारीले भालेको कलेजो हेरेर भनेका थिए, घरमा सुख-शान्ति छाउने छ । दुःखका ग्रहदशा सबै समाप्त हुनेछन् ।
साँच्चै नै विवेक जन्मदा सबैभन्दा खुसी त सोनु नै थिई । उसले तत्काल हल्ला गरेर सारा छिमेकीलाई सुनाएकी थिई-विमलको छोरा जन्मियो । उसले अंगालोमा बाँधेकी थिई विमललाई हर्षले रुँदै । निर्दोष मन, आदर्शले भरिएको थियो । ऊ अहिले यी सब कल्पना गर्नै सक्दिन ।
'निःसन्तान भएर के भो र ? कान्छी बहिनी -सौता) पट्ट िजन्मिएको छोरा विवेक छँदैछ ।' ऊ यस्तै सोचेर समयलाई लगाम लगाउने प्रयास गर्थी ।
आमामा हुने सम्पूर्ण प्रेम उसले विवेकमाथि खन्याएकी थिई । त्यसैले विवेकले सोनुलाई सधंै आमा, मम्मी भनेर सम्बोधन गर्दै आएको छ र पि्रयालाई 'पि्रया' नै भनेर बोलाउँदै आएको छ । ...................
सोनु र विवेकबीचको आपसी प्रेम हिजोआज पि्रयालाई अपि्रय लाग्न थालेको छ । विवेक निकै सानो हुँदा सोनुले साँच्चैको आमा बन्न नसक्नुको पीडा बोकेर कहिल्यै नगानिएका दूधहीन स्तन विवेकलाई ख्वाएर आफूलाई शान्त पार्ने प्रयास गरेकी थिई ।
'सायद मेरो बच्चा भएको भए पनि यसरी नै मैले दूधको धाराले नुहाइदिन्थें.............।' ऊ यस्तै सोचेर विवेकप्रति जबर्जस्ती मातृवात्सल्य पोख्थी तर आमाको स्तनबाट अमृतरूपी दूध नआएपछि टाउको फर्काएर पटक-पटक रोएको क्षण सम्झदै विवेकलाई हेर्थी शून्य मन
र आँखाले ।
राति कोठामा एक्लै छँदा ऊ पेट सुम्सुम्याउँछे विस्तारै । त्यहाँ एउटा ब्रह्माण्ड भए पनि शून्य मात्र पाउँछे । गर्भधारण गर्न नसक्ने पेट र शून्य ब्रह्माण्डमा केही फरक नभएजस्तो गरेर कोल्टो फेर्छे । चित्त बुझ्दैन । कुनै समय विमल सुत्ने गरेको न्यानो विस्तरातिर हात फैलाउँछे तर चिसो र शून्य मात्र पाउँछे ।
साँच्चै तनाव छाएको छ सोनुको मन-मस्तिष्कमा । उस्ाको स्थान अहिले पि्रयाले लिएकी छे । उसले पाउने माया पि्रयाले पाएकी छे । त्यसैले पनि विमल उसको अंगालोमा बाँधिन आउँदैन । विमल हिजोआज न त पहिलेजस्तो मायाको भोको आँखाले हेर्ने चेस्टा नै गर्छ । सहवास नगरोस् तर मायाको मीठो बचनले बोल्न त सक्थ्यो । एक प्रकारले सम्बन्धविच्छेद भएको जस्तै व्यवहार विमलले देखाउँदा सोनुको मन खिन्न हुन्छ । सम्झन्छे, विमलसँगका रमाइला दिन र रातहरू । हङकङ र बु्रनाइ घुमेका क्षणहरू । चखेवा-चखेवीझैं यायावर बनेर माया-प्रीति साट्दै घुमेको समय ।
जति गर्दा पनि चित्त नबुझेपछि सोनु जुरुक्क उठ्छेे बिस्तरा छेउमा रहेको फुटेको ठूलो ऐनाअगाडि ठिङ्ग उभिन्छे, भित्तामा टाँगिएको टङस्टेन बत्ती बालेर ।
साँच्चै 'गर्भधारण गर्ने क्षमता छैन ? के म अनाकर्षक छु ? मभित्र नारी सुलभता रत्तिभर छैन ?' ऊ आफूले आफैलाई मूल्यांकन गर्दै जिन्दगीको कठघरामा उभ्याउँछे ।
उमेर ढल्किएको छैन सोनुको । शारीरिक बनावट उत्तिकै चुस्त र कस्सिएको छ । तैपनि विमलको लागि ऊ बगरमा फालिएको कौडीसरह बनेकी छे । कोल्टे फेर्छे । आँखाबाट नुनिलो आँसु चुहिएर ओठसम्म आउँछ । मध्यरातमा तिर्खा लाग्छ । जुरुक्क उठेर पानी पिउँछे । पानीको तिर्खा त मेटिन्छ तर जीवनको तिर्खा र मायाको भोक मेट्ने उपाय नास्ती ।
जीवनको उडानलाई सुखद् मैदानमा अवतरण गर्ने उपाय खेाजिरहेकी छे मनमनै ।
सधैंभै+m मध्यरातमै विवेक आमा पि्रया र बाबा विमलको बीचबाट उठेर आँखा मिच्दै सोनु भएको अर्को कोठामा 'मम्मी' भन्दै आएर काखमा लुटपुटिँदै सुतेको छ । विवेकको उपस्थिति उसका लागि अपूर्व खुसी र आनन्दको क्षण बन्छ ।
बिहान बिउँझदा विवेकलाई आफूसँगै पाउँछे । पति र बहिनीको माया नपाए पनि नजन्माएको छोराको अबोध माया पाउँदा खुसीका आँसु आँखाबाट अचानक खस्छन् । अर्को कोठामा विमल र पि्रया मस्त निद्रामा छन् । गलेर लखतरान भएझैं पल्टिएका छन् । तैपनि यस्तो दृश्यले उसलाई कुनै ईष्र्या जाग्दैन । मनमा वितृष्णा पलाउँदैन ।
शहर बाँचेको हुन्छ मान्छेको सपना बोकेर । हिंडेको हुन्छ मान्छेको आकांक्षा बोकेर । तर सहरमा यस्तो एउटा मान्छे भेट्न मुस्किल छ जसले आफ्नो सपना र आंकाक्षा पुरा भएको आभास पाएको होस् । बरु उल्टै शहरप्रति असन्तुष्टी र वितृष्णा पोखिरहन्छ बाराम्बार । तर पनि मान्छेलाई शहर नभई हुन्न । शहरमा पैसा नभई हुन्न । पुरा नहुने मृगतृष्णाका साथ शहरलाई स्वीकार्न र पैसाको पछि लाग्न बाध्य छ मान्छे । र यसका लागि आफू यन्त्रिक, स्वार्थी र मानवीय संवेदनाविहीन बनिसकेको पत्तै हुँदैन मान्छेलाई ।
नेपालमा शहर भन्ने बित्तिकै स्वतः काठमाडौं नै बुझिन्छ । काठमाडौं ठिम्मर शहर हो । विचित्र चारित्रिक विशेषता बोकेको यो शहर संसारकै सबैभन्दा बढी विसंगतिले भरिएको शहर हो भन्दा पनि अतियुक्ति नहोला । काठमाडौंको यो चरित्रलाई उत्कृष्ट ढंगले चित्रण गर्न सफल कथासंग्रह हो, ‘मुर्दार काठमाण्डु ।’
कथाकार दिलीप शाह नेपाली कथा साहित्यका लागि नयाँ नाम होइन । यसअघि नै तीनवटा कथासंग्रह अर्पण गरिसकेका दिलीप आफ्नै खास व्यङ्ग्यात्मक शैली र प्रस्तुतिका लागि पाठकले रुचाउँदै आइएका कथाकार हुन् ।
यस
कथासंग्रहमा केवल शहरीय विसंगति मात्र चिरफार गरिएका कथा छैनन् । शहरको
सिको गर्दै विकृति भित्र्याइरहेका गाउँका कथा पनि समेटिएका छन् । पुस्ता
परिवर्तन सँगै पुराना पुस्ता र नयाँ पुस्ताबीचको सोच र व्यवहारले
निम्त्याएको द्वन्द्धलाई पनि उत्कृष्ट ढंगले चित्रण गरिएको छ कथा संग्रहमा ।
राज्यको निरीहता र उदासीनतालाई पनि व्यंग्यको दह्रो झापड दिइएको छ । ठाउँ
ठाउँमा केही प्रेम प्रसङ्गजस्ता कथानक पनि पाइन्छन् तर ती पनि सामाजिक
विकृति र विसंगतिको चेपमा परेर विलाउन पुग्छन् । एक अर्थमा, वर्तमान नेपाली
समाजको अति यथार्थवादी चित्रण पाइन्छ यस संग्रहका हरेक कथामा ।पहिलो कथा ‘कल्पवृक्ष’ सम्रग गाउँले नेपाली जनताले विकासप्रति आकाशको फल आँखा तरी मर भनेझैं गरेको आशालाई उत्कृष्ट ढंगले व्यंग्यात्मक चित्रण गरेको छ । साँच्चै विकास नेपाली जनताको लागि एक कल्पवृक्ष नै बन्न पुगेको छ । दोस्रो कथा ‘अकस्मात्” विसंगतिपूर्ण प्रेम वा आर्कषणलाई चित्रण गर्न सक्षम छ । तेस्रो ‘अन्तिम इच्छा” एक्लो राम बन्न खोज्दा समाजका खराब तत्वहरुद्वारा पिल्सिएको एक मास्टरको दर्द बोकेको कथा हो ।
शहरीय विसंगतिको एक उत्कृष्ट चित्रण हो कथा ‘खाडलभित्रको सम्झौता ।’ निम्नस्तरको सोझो लोग्ने र कथित उपल्लो वर्गकी आडम्बरी स्वास्नीबिचको द्वन्द्व चित्रण गरिएको छ यसमा । दश बर्षे द्वन्द्धको मारमा पिल्सिएको नेपाली समाजको गतिलो ऐना बनेको छ कथा ‘आत्मज्ञान ।’
पैसाप्रति मान्छे निर्भरता ,पैसा भएपछि आकंाक्षा बढ्दै जाने र मान्छे कहिल्यै सन्तुष्टि नहुने मानवीय प्रवृत्तिलाई छर्लग पारिएको छ ‘नगद नारायण’मा । नेपाली समाजमा महिलाले भोग्नु परेको समस्या र पुरुष प्रतिको निर्भरतालाई चित्रण गएकिो छ ‘सुरक्षाकवज’ ।
संग्रहको नाम समेत पाउन सफल कथा ‘मुर्दार काठमान्डु’ काठमान्डुवासीको यन्त्रिकतालाई वास्तविक ढंगमा चित्रण गर्न सफल छ । “पहिचानको खोजी” उपेक्षित र सिमान्तकृत नेपाली जनताको कथा हो ।
दुर्भाग्य र दशाले लखेटेको एक निरीह पात्रको दर्दानक कथा हो “साढे सातको दशा” । यसमा हाम्रो समाजले मानिलाएका पुरातन नियमहरुलाई पनि तर्कका साथ समर्थन गरिएको छ ।
दुनियाका छोरालाई तह लगाएर सुबाटोमा ल्याउन धाउन्न एक स्कूलका संस्थापकले आफ्नै छोरालाई तह लगाउन नसकेको घटना समेटिएको रोचक कथा हो “प्रायश्चित ।”
“बगरे” कथा एक बैंक मेनेजरको कथा हो जसले मानवीय संवेदना समेत नराखी ऋण उसुल गर्छ । बगरेले खसीका कान समातेझैं ऋणि जुन हालतमा भए पनि कठालो समात्ने नेपाली बैंकहरुको प्रवृत्तिलाई सटिक चित्रण गरिएको छ ।
“संयोग” कथा लोग्ने परदेशिएकी एक गाउँले महिलाको परिवेश वरिपरि घुमेको छ । एक्कासी नौलो परदेशीको घरमा आगमन भएर अचानक उनीहरुबीच मालिस र झारफुक गर्ने नाममा यौन सम्बन्ध स्थापित हुन्छ । यो पनि नेपाली समाजको चरम विसंगतिको चित्रण गरिएको राम्रो कथा हो ।
नेपाली समाजका पुरुष अह्म हाबी छ । आफ्नी श्रीमतीलाई नोकरी गर्न नदिने , त्यसो गरे आफू नार्मद भइने सोच पाल्ने पुरुषहरुको कमी छैन । अनि तिनै पुरुष भाषण गर्दा चाहिँ महिलाहरुलाई पनि उचित अवसर दिनुपर्छ भन्छन् । यस्तो प्रवृत्तिको चिरफार गरिएको कथा हो, “मात्र एउटा प्रश्न ।”
सहर पसेपछि मान्छे सपना र बाध्यताले यसरी थिचिन्छ कि उसभित्र रहेको संवेदना दबिएर बाहिर आउनै नसक्ने हुन्छ । गाउँबाट सहर पसेको बललाई आफ्नी आमा सिकिस्त हुँदा समेत ल्याएर औषधी उपचार गर्ने संवेदना पलाएर आउँदैन । यस्तो प्रवृत्तिलाई दह्रो व्यंग्य गरिएको छ”बाध्यात्मक पुकारमा ।” “कुटेरो” कथा मान्छे प्रत्रिक सम्पती छिटो आफ्नो हातमा पार्नका लागि कतिसम्म हतारिन सक्छ भन्ने समाजको नांगो यथार्थलाई चित्रण गर्न सफल छ ।
सम्रगमा कथाहरु अति यथार्थवादी धारमा उभिएका देखिन्छन् । तर कथाहरुमा आशा वा समाजको सकरात्मक पक्ष एकदमै न्युन समेटिएको पाइन्छ । हुन त कथाकारको संग्रह निकाल्नुको ध्येय नै विसंगतिहरुको चिरफार गर्ने हुनाले यी पक्ष खोज्नु पनि उचित नहोला । केही अनुच्छेदहरु अति नै लामा र वणर्ानत्मक भएकाले पाठकले पढ्दा पढ्दै धैर्य गुमाउन सक्छ । संवादको प्रयोग अलिक बढी गर्न सकेको भए कथानक अलिक स्वभाविकताका साथ अघि बढ्न सक्थ्यो होला । तर सरल प्रस्तुति भएका कारण कथाहरु पठनीय नै लाग्छन् । कथाकार दिलीप शाहबाट भविष्यमा अझ गहन कथासंग्रहहरुको आस गर्न सकिन्छ ।
साझा प्रकाशनले प्रकाशन गरेको यस कथा सङ्ग्रहको मुल्य रु. ३०० रहेको छ । –पुस्तक समीक्षा
-अशोक शेरचन
धेरै
वर्षपछि, यस बर्ष नेपालीहरुको महान चाड दशैंमा गाउँघर पुग्ने अवसर मिल्यो ।
दशैं भएकोले बाटा भरि लिङ्गे पिङ्गहरु प्रशस्तै मच्चिएका देखिन्थे ।
राजधानीको कोलाहलबाट धेरै दिनको अन्तरालमा केहीदिनका लागि बहिरिन पाएको
थिएँ । पोखरा, घान्द्रुक, बाग्लुङ्ग र म्याग्दीको मराङसम्मको लागि यसपाली
यात्राको गोरेटो कोरेको थिएँ । बाटामा देखिएका र भेटिएका प्रवृत्ति र
पात्रहरुप्रति मेरो बिशेष चाख थियो । हरेक प्रवृत्ति र पात्रहरुलाई मैले
देशको वर्तमान राजनैतिक अवस्था र राजनेताहरुको कर्तुतसंग दाँजेर हेर्न
खोजिरहेको थिएँ । तर, प्रवृत्ति र पात्रहरुमा राजधानीको प्रदुषित राजनीति र
दुर्गन्धित राजनेताहरुप्रति कुनै चाख, उत्साह र आशा थिएन ।
पाखाभरि फुलेका सयपत्री र मखमली अनि
खेतैभरि झुलेका धानका लहलह बालाहरुसंग प्रवृत्ति र पात्रहरु मस्त रमाईरहेका
थिए । आफ्नै पौरखले फलाईएका, आफनै मेहनतले वनाईएका – दुर्गन्धरहित,
प्रदुषणरहित अनि राजधानीमा मिनेटैपिच्छे रटिने सहमति र असहमतिको कर्कशे
ध्वनिरहित संसार थियो । केही लुटिने चिन्ता थिएन, जित र हारको भय थिएन ।
लोडसेडिङ्गको तालिका थिएन, खुल्ला आकाश थियो, खुल्ला अभिव्यक्ति थिए, मन
भित्र कालो थिएन, दैध चरित्र थिएन । हिमालहरु हाँसिरहेका थिए, बनपाखामा
चराचुरुङ्गी निविर्घ्न नाँचिरहेका थिए । साँच्चै भन्नुपर्दा मोफसल यसपाली –
शान्त थियो, सौम्य थियो, सुन्दर थियो र अनि स्निग्ध थियो ।
दोबाटोमा बर्षौं पहिलेदेखि सानो चिया
पसलमा चिया फिट्ने भाउजुको पसल उस्तै देखेँ । उकालीमा ढुङ्गाको भारी बोक्ने
भरियादाईको जिन्दगी त्यस्तै भेटेँ । गाउँमा छँदा कहिले कसो पसिने साईलीको
भट्टीमा केही परिवर्तन भेटिन, आफु पढने सरकारी स्कुलको रुपरङ्गमा केही
नयाँपन देखिन । तर पनि मनलाई शान्ति मिल्यो, म संगैका धेरै दौंतरीहरुलाई
सही सलामत भेटेँ, निर्मल भेटेँ, निश्चिन्त भेटेँ र अनि निश्वार्थ भेटेँ ।
परापूर्वकाल देखिका संस्कृति र सभ्यताप्रति अझै चिन्तीत देखेँ, बेलगाम
भित्रिएका बिदेशी बेथितिहरु प्रति सजग भेटेँ । खुशी लाग्यो मलाई, जव सवै
दौंतरीहरु राजधानीको प्रदुषण र राजनेताहरुको दुर्गन्धबाट अछूतो भेटेँ ।
गाउँको छेवैको झुपडीमा आरन थापिबसेका
कामीदाईको झुपडीपनि रङ्गीएको भेटेँ, म संगै खेल्ने उन्को छोरा १० वर्ष
बिदेशमा बसेको कमाईको फल देखेँ । मेरो घर संगैकि दमिनि बज्यैको
नातीनातिनाहरु गृहकार्य गर्दै गरेको भेटेँ, बज्यैको आखाँमा छोरा बिदेशमा
अकालमा मरेको दुख संगसंगै नातीनातिनाहरुबाट भविष्यमा सुखको आसा सहितको सानो
त्यान्द्रो देखे । टपरीमै सही सवैले मिलिजुली, बाँडीचुडी खाएको देखेँ,
झ्याउरे र लोकदोहरीमा मन फुकाएर संगसंगै नाचेको भेटेँ । राजधानीको
उकुसमुकुस भन्दा नितान्त बेग्लै प्रवृत्ति देखेँ, मनोविकारले ग्रसित
राजधानीका पात्रहरु भन्दा सक्षम, स्वाभिमानी, स्वकर्मी र स्वधर्मी पात्रहरु
भेटेँ । आफैलाई नियालेर हेरेँ, आफ्नो मनोदशासंग दरिद्रता जागेर आयो ।
गाउँठाउँका पात्र र प्रवृत्तिसंग डाहा लागेर आयो ।
आखिर किन यति विघ्न सरल, सहज र सरस छन त
गाउँले पात्र र प्रवृत्तिहरु ? उत्तर पनि सजिलै पाएँ, उनीहरुको हाँसोमा
कुनै स्वार्थ छैन, उनीहरुको रोदनमा कुनै आशक्ति छैन । कसैसंग जित्नु छैन,
कसैसंग हार्नु छैन, केही गुमाउनु छैन, केही पाउनु छैन । नेताहरु,
प्रधानमन्त्रीहरु र धेरै मन्त्रीहरु यिन्ले पचाईसके, राजादेखि
राष्ट्रपतिसम्मको शासन यिन्ले डकारीसके । यिन्लाई थाहा भईसक्यो
राजनेताहरुको मोल, यिन्ले थाहापाईसके तिन्ले ओढने थरिथरिका थाङने खोल ।
यसैले यी निश्चिन्त छन- आफनो सुरक्षित भविष्यसंग, यसैले यी र्निविकल्प
देख्छन आफना पौरखहरुलाई । नेताहरु भनेका अजम्वरी छैनन, न त अमर नै रहनेछन –
यिन्लाई थाहा छ नेताहरु रहेपनि नरहेपनि, नेताहरु भएपनि नभएपनि – पाखाभरि
सयपत्री र मखमली फुलिरहनेछन, खेतैभरि धानका बाला लहलह झुलि रहने छन् ।



.jpg)












