बेलायती युवराज्ञी केटको टपलेस तस्वीर सार्वजनिक

२९ भदौ, काठमाडौं । बेलायतका युवराज्ञी केट मिडलटनको टपलेस तस्वीर सार्वजनिक भएको छ । राजकुमार हृयारीका नांगो तस्वीर सार्वजनिक भएको केही दिनपछि केटको टपलेस तस्वीरसार्वजनिक भएको हो ।
एक फ्रान्सेली पत्रिकाले केटको टपलेस तस्वीर सार्वजनिक गरेको हो । बीबीसीका अनुसार केटको टपलेस तस्वीर केही धमिलो देखिन्छ । निकै टाढाबाट खिचिएको जस्तो देखिएको तस्वीरमा शाही दम्पत्ति प्रष्ट चिनिन्छ । उक्त तस्वीर केट र राजकुमार विलियम महारानीका भतिजा लार्ड लिनलेको फ्रान्सली महलमा छुट्टी मनाउन गएको समयको भएको बताइएको छ ।
पत्रिकाको चौथो पृष्ठमा छापिएको तस्वीरमा केट टपसेल देखिएकी छिन् । आफ्नो निजी तस्वीरहरु सार्वजनिक भएकोमा शाही दम्पत्ति दुःखी र निरास रहेको बेलायती संञ्चार माध्यमहरुले जनाएका छन् । शाही दम्पत्ति हाल एशिया भ्रमणमा छन् ।
यसअघि अमेरिकामा विदा मनाउन गएका समयको प्रिन्स हृयारीको नग्न तस्वीर सार्वजनिक भएको थियो ।