लेखापरीक्षकलाई लोभमा नपर्न अर्थसचिवको सुझाव
![]() |
काठमाडौं, साउन २१ (नागरिक)- अर्थसचिव कृष्णहरि बास्कोटाले लेखा परीक्षकलाई कसैको लोभ-लालचमा नपरि निष्पक्ष र निर्भिक भएर काम गर्न सल्लाह दिएका छन्। मुलुकले खुल्ला आर्थिक नीति अवलम्वन गरेपछि आय आर्जन गर्ने व्यक्ति, संस्थाले स्वयं घोषणा गरी आयकर तिर्ने व्यवस्था लागू भएकोले यसका लागि निजी क्षेत्रको वासलात लगायतका खातापाता प्रमाणित गर्ने इजाजत प्राप्त लेखापरीक्षकको भेलामा उनले यस्तो सल्लाह दिएका हुन्।
आन्तरिक राजस्व विभाग र नेपाल अडिटर्स एसोसीयन (अडान) ले शनिबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले इजाजत प्राप्त लेखा परीक्षकले राज्यको पक्षमा काम गर्नुपर्ने बताए। 'कुनै पनि उद्यमी-व्यापारीलाई फाइदा पुग्ने र राज्यलाई नोक्सान हुने गरी एजेण्ट, दलालको भूमिका निर्वाह लेखापरिक्षकले गर्न हुँदैन' वास्कोटाले भने। गलत काम गर्न पल्केको पदाधिकारीको पक्षमा भ्रष्टाचारको बाहक भएर काम नगर्न समेत उनले आग्रह गरे।
'खातापाता मिलाई दिने लेखापालको काम होईन, कमी-कमजोरी औल्याई दिने पथ-प्रदर्शकका भूमिका निर्वाह गर्नुपर्छ' वास्कोताले भने। उनले औषधि तितो भए पनि त्यो गुणकारी हुने झै लेखा परीक्षकले निजी क्षेत्रको कमी-कमजोरी औल्याई दिने, प्रचलित कर कानुनको पालनामा सघाई दिंदा उद्योग-व्यापार भविष्यमा फष्टाउन मद्दत पुग्ने बताए।
वास्कोटाले कर लेखा परीक्षकहरु कर प्रशासन र करदाता बीचको सेतु भएकाले लेखा परीक्षकका लागि तोकिएको मापदण्डअनुसार व्यावसायिक भूमिका निर्वाह गर्न आग्रह गरे

करसम्बन्धी सही सूचना प्रवाहबाटै स्वेच्छिक कर सहभागीता वृद्धि हुने, प्रशासन-करदाता र लेखा परीक्षक बीच समुधुर सम्बन्ध स्थापित हुने र समग्रमा राष्ट्रिय स्वार्थ अनुकूल काम हुने उनले बताए।
५ सय १८ नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विलको अनुसन्धान सम्पन्न भएपछि सरकारले ऐनमा संशोधन गरी मतियारलाई पनि आधा सजाय हुने व्यवस्था गरेको छ। गलत काम गर्ने लेखा परीक्षक पनि सजायको भागीदार हुने कुरामा सजग गराउँदै उनले सदैव सदाचार पद्दतिमा रहन सुझाव दिए।
कर कार्यालयमा बुझाउने प्रयोजनका लागि एक प्रकारको र बैंकमा ऋण लिन अर्को प्रकारको विवरण तयार गरी लेखा परीक्षकहरुले दोहोरो चरित्र प्रदर्शन गर्ने गरेका छन् भन्ने आलोचनामा सत्यता भए सच्याउन उनले अनुरोध गरे।
विभागका महानिर्देशक टंकमणि शर्माले विभाग, आईक्यान र अडानले संयुक्त रुपमा मिलेर आचार संहिता निर्माण गर्ने जानकारी दिए। आईक्यानका अध्यक्ष मधुवीर पाण्डेले कर अधिकृत र लेखा परीक्षक दुवैले समयअनुसार आफूलाई दक्षताको उच्च कसीमा राख्नु पर्ने सल्लाह दिए। अडानका अध्यक्ष कमल खरेलले लेखा परीक्षकले राज्यलाई सघाउने र इमान्दारितापूर्वक काम गर्ने बताए।
महासचिव उमेश ढकालले कर प्रशासनसँग मिलेर राष्ट्र निर्माणको संयुक्त अभियानमा सहभागी हुने विचार व्यक्त गरे। साउन २० मा नेपाल अडिटर्स एशोसियनले अडान डे मनाउँदै आएको छ।