कण्डम प्रयोग घट्यो, एचआईभी खतरा बढ्यो

बेलायतमा समलिंगी पुरुषबीच कण्डमको घट्दो प्रयोगले एचआईभीको खतरा बढेको छ । शोधअनुसार १९९० र २०१० को बीच असुरक्षित सम्बन्ध कायम गर्ने पुरुषमा २६ प्रतिशतले संक्रमण बढेको छ । यो अहिलेसम्मकै सबभन्दा बढी हो । प्रतिवेदनअनुसार बेलायतमा सन् २०११ मा ६ हजार २ सय ८० एचआईभी संक्रमितमा आधा पुरुष छन् ।




-->