गलेकी मनीषा (फोटोसहित)
|
मनीषा स्थानीय समय अनुसार आइतवार बिहानै न्यूजर्सीको नेवार्क एयरपोर्ट उत्रिनेछिन् । त्यहाँबाट सीधै उनी न्यूयोर्क जानेछिन् जहाँ उनको उपचार म्यानहटनमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा हुनेछ । न्यूयोर्कबाट उनकी नातेदार मृदुला कोइरालाले बताएअनुसार, चिकित्सकहरुसँग मनीषाको भेटघाटका लागि सोमवार समय मिलाइएको छ । त्यसपछि उपयुक्त समयमा मनीषाको सोही केन्द्रमा शल्यक्रिया हुने पारिवारिक स्रोतले बताएको छ । उक्त प्रसिद्ध अमेरिकी केन्द्रमा मनिषाका नातेदार पर्ने कंग्रेस सभापति सुशील कोइरालाको पनि क्यान्सरको शल्यक्रिया गरिएको थियो ।
पाठेघरसम्बन्धी क्यान्सर भएको ठानिएकी मनिषालाई उपचारका लागि गत साता काठमाडौंबाट मुम्बई पुर्याइएको थियो । त्यहाँस्थित जसलोक अस्पतालमा बिहीवार भर्ना भएकी मनीषालाई आवश्यक परीक्षणहरु गरिएपछि शुक्रवारै डिस्चार्ज गरेको थियो । पछिल्ला केही दिनयता मनीषाको स्वास्थ्यलाई लिएर परस्पर विरोधी खबरहरु सार्वजनिक भइरहेका छन् ।
मनीषाका परिवारका सदस्यहरुले त्यसबारे औपचारिक रुपमा अहिलेसम्म मुख खोलेका छैनन् ।
|




