अफगानिस्तानमा मारिएका सैनिकको शव ल्याइयो
|
कुँवरको शव आइतबार काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको बेलायती दूतावासले जनाएको छ । हल्मण्डको नहरे-सराज जिल्लामा अपरेसनमा खटिएका बेला चेक प्वाइन्टमा अफगानी पोसाक लगाएका बन्दुकधारीले गोली हानी कुँवरसहित अर्का एक सैनिकको हत्या गरेका थिए ।
कुँवरको शव परिवारले आइतबार ल्याएका हुन् । अन्तिम श्रद्धाञ्जली अर्पणपछि उनको शव पोखरा लगिएको छ । 'यस दुःखद क्षणमा हामी परिवार, साथीभाइसँगै छौं,' विज्ञप्तीमा उल्लेख छ ।
|




