गुडियाजस्ती सन्दुरीले इन्टरनेटमा सनसनी (भिडियोसहित)
|
पछिल्लो दिनमा युक्रेनी मोडल इन्टरनेटमा
खुब जमेकी छिन् । विश्वभरका नेटप्रेमीहरु यी मोडलको भिडियो यू ट्यूबमा
हेरिरहेका छन् र यसको कारण सबैका लागि एकै छ । झट्ट हेर्दा यी मोडल डल
जस्तै लाग्छिन् । उनको नाम हो वेलेरिया लुकानोवा । जसले यो रुप पाउनका लागि
कयौं पटक प्लास्टिक सर्जरी गरिन् । प्लास्टिक सर्जरीको बदलामा यिनले
जिउँदो बार्बी डलको नाम पाइन् ।
२१ वर्षीया यी मोडलको भिडियो इन्टरनेटमा
आएपछि उनी एकाएक चर्चामा पुगेकी हुन् । वेलेरिया स्वमं आफूलाई रुसको
इन्टरनेट दुनियाँमा सबैभन्दा फेमस महिला भन्न रुचाउँछिन् । उनी मोडलिङसँगै
एक स्कुलमा पढाउँछिन् ।

|




