एक रुसी पुरुष, जसले १९ वर्षदेखि महिलाको कपडा मात्र लगाए

महिला अधिकारका लागि समय-समयमा अनौठा अभियान चलाइएको त थाहा छ, तर रुसको इवानोवो क्षेत्रमा बस्ने ४४ वर्षीय भ्लादिमिर फोमीनले पुरुष अधिकारका लागि भन्दै फरक अभियान चलाएका छन् । उनी लामो समयदेखि महिलाको जस्तै स्टक लगाउँदै आएका छन् । उनी कहिल्यै पनि पाइन्ट, सर्ट लगाउँदैनन् । उनी भन्छन्, जसरी महिलाहरुलाई पुरुषको कपडा लगाउने स्वतन्त्रता छ, त्यस्तै पुरुषलाई पनि आफूलाई मन परेको कपडा लगाउने स्वतन्त्रता हुनुपर्छ ।
अभियानका क्रममा उनले कनेकौं समस्या झेल्नु नपरेको भने होइन । उनलाई इवानोवो विश्वविद्यालयबाट निस्कासन गरिएको छ भने परिवार र साथीभाईले पनि सम्वन्ध तोडेका छन् । उनले सहरका गल्ली गल्लीमा मजाकको मात्र समेत बनाइन्छ, उनलाई जागिर दिन कोही तयार हुँदैनन् । तर, उनले आफ्नो अभियानलाई कहिल्यै रोकेनन् । उनले १९ वर्षदेखि महिलाको कपडा लगाउँदै आएका छन् ।