राष्ट्रपतिको कदम महराले स्वागत गरे, वैद्यले विरोध
|
सरकारको आयु ८ महिनाका लागि सरकारले
ल्याएको बजेट अध्यादेश स्वीकृत गर्दै अघि वढ्न प्रेरित गरेका राष्ट्रपतिले
अहिले सहमतिको सरकार बनाउन आहृवान गर्नु शंकास्पद भएको उहाँको भनाई थियो ।
वैद्यले भन्नुभयो,’एकातिर असंवैधानिक सरकारले सिफारिस गरेको बजेट अध्यादेश
स्वीकार गरिदिने । अर्कोतिर ७ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवार ल्याउ
भनेर दलहरुलाई आहृवान गर्ने कुराले अलि कतै राष्ट्रपतिपनि संविधान वाहिर
जान लागेका त होइनन् भन्ने कुरा सोच्न बाध्य बनाएको छ ।’
उहाँले सात दिनभित्रमा दलहरुवीच सहमति
भइहाल्ने कुनै सम्भावना नरहेको वताउनुभयो । वैद्यले भन्नुभयो,’संविधानसभा
विघटन भएको ५ महिना हुँदा सम्म त सहमति हुन सकेको छैन । अब सात दिनभित्रैमा
सहमति हुन्छ भन्ने कुनै संकेत छैन । ‘ वैद्यले वर्तमान सरकारको बर्हिगमन
गर्नुको विकल्प नरहेकोमा समेत जोड दिनुभयो । वैद्यले राष्ट्रपतिको कदम
सकारात्मक भए मंसिर १४ भित्रै दलहरुको सहमतिमा राष्ट्रिय सहमतिको सरकार
वनाउनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रपतिको कदम सकारात्मक : महरा
यस्तै सोही कार्यक्रममा एकीकृत माओवादीका
नेता कृष्ण वहादुर महराले भने राष्ट्रपतिको कदमको स्वागत गर्नु भएको छ ।
राष्ट्रपतिले दलहरुवीच सहमति जुटाउने प्रयासमा यस्तो कदम चालेको महाराको
भनाई छ । उहाँले राष्ट्रपतिको कदम आफैले शक्ति हातमा लिने उद्देश्यले नभई
वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि भएकाले अनावश्य शंका गर्न नहुनेमा
जोड दिनुभयो ।
महराले भन्नुभयो,’राष्ट्रपतिको कदम
सहमतिका लागि हो । सहमतिका लागि चालेको कदमलाई सकारात्मक रुपमा लिनु पर्छ ।
त्यसैले उहाँले तोकेको मंसिर १४को समयावधिभित्रै सहमतीय सरकार वनाउनु पर्छ
।’उहाँले दलहरुवीच सहमति र सहकार्यको विकल्प नरहेकाले सहमति गरेर अघि
वढ्नु पर्नेमा जोड दिनुभयो । महाराले मंसिर १४ भित्रै राष्ट्रिय सहमतिको
सरकार वन्ने र त्यसपछि लगत्तै नयाँ निर्वाचनमा जानु पर्ने वताउनुभयो ।
|




