प्रचण्डले राष्ट्रपतिलाई सोधे- कार्यकारी अधिकार लिन खोजेको त हैन
|
गलत मनसाय नरहेको आश्वस्त पार्नुभयोः प्रचण्ड

९ मंसिर, काठमाडौं । सात दिनभित्र सहमतीय सरकारको प्रधानमन्त्रीको नाम दिन आह्वान गर्नु असंबैधानिक भएको ठहर गरेको माओवादी आह्वानको भित्री उदेश्यबारे राष्ट्रपतिसँग प्रश्न गरेको छ ।
राष्ट्रपतिको कदम असंबैधानिक भएको पार्टी बैठकबाट निष्र्कष निकालेलगत्तै राष्ट्रपतिलाई भेटन शितल निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डले आह्वानको अन्र्तयबारे जिज्ञासा राख्नुभएको थियो ।
भेटपछि प्रचण्डले संचारकर्मीसँग भन्नुभयो-’सहमतिय सरकार बनाएर निर्वाचनमा जानुपर्छ भन्ने स्प्रीट ठिक छ तर त्यसमा जुन भाषा र संबिधानका जुन धाराको उल्लेख गरिएको छ त्यसले आशंका उब्जाएको कुरा प्रष्ट भाषामा राखेँ ।’
कतै राष्ट्रपतिले कार्यकारी अधिकार लिएर अगाडी बढ्न खोजेको त हैन भन्ने आशंका उब्जिएको जानकारी गराउँदै आफुले त्यसको उदेश्य के हो भनी सोधेको प्रचण्डले बताउनुभयो । प्रधानमन्त्रीले जुनसुकै बेला पद त्याग्न तयार छु भनी सम्बोधन गरेको अबस्थामा अल्टिमेटमको शैलीमा राष्ट्रपतिको ब्यक्तब्य आउँदा शंका उब्जिएको प्रचण्डले बताउनुभयो ।
तर राष्ट्रपतिले कार्यकारी अधिकार लिने कुनै मनसाय नरहेको भन्दै आफुलाई आश्वस्त पार्नुभएको प्रचण्डले उल्लेख गर्नुभयो । दलहरु सहमतिमा पुगुन भन्नेबाहेक आफ्नो अर्को कुनै मनसाय नभएको राष्ट्रपतिले प्रष्ट पारेको प्रचण्डको भनाई थियो ।
|




