प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
|
राजीनामा नदिने तर वातावारण बनाउने'
७
मंसिर, काठमाडौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज साँझ राष्ट्रका
नाममा सम्बोधन गर्दै हुनुहुन्छ । बजेट ल्याएर सरकारले भिडन्त निम्त्याएको
बिपक्षीले आरोप लगाइरहेका बेला आफ्नो ‘कामचलाउ हैसियत प्रष्ट पार्दै
राष्ट्रिय सहमतिको आह्वान गर्न’ प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको
प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
‘सरकार कामचलाउ हो भन्ने प्रष्ट छ
त्यसैले उहाँले राजीनामा गर्ने भन्ने कुरै आउँदैन’- स्रोतले भन्यो-’सरकार
नै सवै कुरा हो भने बिकल्प लिएर आउ म छाड्न तयार छु भन्ने ढंगको आह्वान
हुनसक्छ ।’प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि
प्रधानमन्त्रीले राजीनामा घोषणा गर्ने कानुनी अबस्था नरहेकाले सहमतिका लागि
आह्वान गर्ने बताउनुभयो । ‘प्रमले राजीनामा दिनुहुन्न, आज चुनाव घोषणा
गरिएको दिन परेको र बाह्रबुँदे भएको ऐतिहासिक दिन भएकाले प्रधानमन्त्रीको
सम्बोधन हुन लागेको हो ।’ उहाँले भन्नुभयो ।
सल्लाहकार पौडेलका अनुसार राष्ट्रपतिले
बजेटको वातावरण बनाएकाले अब सरकारले बैसाखमा चुनावका लागि आवश्यक वातावरण
बनाउने छ र यसका लागि विपक्षी दलहरुलाई मिलाएर सर्वसदलीय सरकार गठनको
आह्वान गरिने छ ।आज बिहान बसेको माओवादी पदाधिकारीको वैठकले सरकार गठनका
बिषयमा लचकता अपनाउने निर्णय गरेको थियो ।
वैठकपछि अर्थमन्त्री बर्षमान पुनले ठूलो दलको हैसियतले चुनाव र पूर्ण बजेटका लागि माओवादी लचिलो बन्ने निर्णय भएको जानकारी दिनुभयो ।
माओवादी वैठक लगत्तै एकीकृत नेकपा
माओवादी र मधेसी मोर्चाको आकस्मिक बैठक बालुवाटारमा बसेको थियो । आजै
दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमै सरकारी गठबन्धन मोर्चाको
समेत बैठक डाकिएको बालुवाटार स्रोतले बताएको छ ।
|




