उद्यमशीलताको विकासमा स्वरोजगार कोषको जोड


३० भदौ, काठमाण्डौ । रोजगारीको खोजीमा युवा वर्ग विदेशिनु नपरोस् भन्ने उद्देश्यका साथ सरकारले तीन वर्षअघि स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले उद्यमशीलताको विकासका निम्ति कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ । शुक्रवारदेखि राजधानीमा जारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका स्वयम् सेवकहरूको राष्ट्रिय गोष्ठीमा कोषका अधिकारीहरूले विविध कारणले लक्ष्यअनुसार काम गर्न नसकिएको स्वीकार गर्दै उत्पादनशील श्रमको अधिकतम उपयोगका निम्ति युवा जमातलाई अभिप्रेरित गर्ने दृढता व्यक्त गरे । पचास हजार युवालाई स्वरोजगार बनाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सुरु देशका सबै जिल्लामा सुरु गरिएको स्वरोजगार कार्यक्रमबाट मुश्किलले पाँच हजारमात्र लाभान्वित भएपछि सम्बद्ध पक्षबाट यस्तो प्रतिबद्धता सार्वजनिक भएको हो ।
 कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले व्यावसायिक कृषि तथा कृषिजन्य उद्यममा लाग्न युवा वर्गलाई प्रोत्साहित गर्न स्वयम्सेवकहरूलाई आग्रह गर्दै ऋणको दुरूपयोग नुहुने सुनिश्चितता गर्नेतर्फ ध्यान केन्दि्रत गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादित वस्तुहरू सोही क्षेत्रमा खपत होस्भन्ने अभिप्रायले जिल्लास्थित सहकारी संस्थाहरूबाट खरिद एवम् वितरणको व्यवस्था हुने उल्लेख गर्दै उहाँले अन्य जिल्लाका सहकारीले पनि ती उत्पादन किन्न सक्ने व्यवस्था भएको बताउनुभयो ।
 कोषले व्यावसायिक खेती, पशुपंक्षी पालन, कृषि तथा वन पैदावारमा आधारित उद्योग, घरेलु तथा साना उद्योग, सहर बजारमा रिक्सा, ठेलागाडा सेवाजस्ता व्यवसाय गर्न सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजना, उत्पादन र खपत एकै क्षेत्रमा हुने व्यवसाय, एक गाउँ एक उत्पादनसम्बन्धी परियोजना, द्वन्द्वपीडित, अपाङ्ग, घाइते तथा सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाबाट सञ्चालन हुने परियोजनालाई कोषले विशेष प्राथमिकता दिएको छ ।
 कार्यक्रममा दिइएको जानकारीअनुसार युवालाई स्वरोजगारयुक्त बनाउन नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंँक र कृषि विकास बैंँकले २५-२५ वटा जिल्ला गरी ७५ वटै जिल्लामा बढीमा २ लाख रुपैयाा ऋण प्रदान गर्दै आएका छन् । ग्रामीण विकास बैंक, लघुकर्जा, साना किसान सहकारीलगायत अन्य स्थानीय वित्तीय संस्थ्ााले पनि सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्नेद्धन् । रासस