अव पालो पुरुष सौन्दर्य प्रतियोगिताको
![]() |
नेपालमा महिला सौन्दर्यको नाममा थुप्रै प्रतियोगिता हुदै आएका छन् । तर पुरुष सौन्दर्यलाई लिएर प्रतियोगिता आयोजना भएको खबर विरलै मात्र आउने गर्दछन् ।
यसैक्रममा ‘ग्रुप अफ ईभेन्ट ईन्टरटेनर्स’ ले पुरुषहरुको सौन्दर्य र बौद्धिकतालाई उजागर गर्ने उद्देश्यले ‘म्यानहन्ट ईन्टरनेशनल नेपाल’ को आयोजना गर्ने भएको छ । यो प्रतियोगितालाई पुरुष सुन्दरता र बौद्धिकता सम्बन्धी नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भनि दाबि गरिएको छ । आउँदो असोज २७ गते काठमाण्डौको आर्मि अफिसर्स क्लबमा ‘म्यानहन्ट ईन्टरनेशनल नेपाल’ को फाईनल हुने बताइएको छ । प्रतियोगिताको विजेताले आगामी नोभेम्बर १ देखि नोभेम्बर ११ सम्म थाइल्यान्डमा आयोजना हुने ‘म्यानहन्ट इन्टरनेसनल २०१२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् ।
प्रतियोगितामा भाग लिनका लागि ५ फिट ९ इन्च उचाई, १८ बर्ष पुरा गरि ३० बर्ष ननाघेका विवाहित वा अविवाहित पुरुषले निवेदन दिन सक्ने आयोजकको भनाई छ । प्रतियोगितामा भाग लिनेको अडिशन असोज ६ गते हुने छ । म्यानहन्ट इन्टरनेसनल प्रतियोगितामा नेपालबाट पहिलो पटक सन् १९९५ मा प्रसान्त ताम्राकाले भाग लिएका थिए ।
![]() |