डिभिजन ४ जितेका क्रिकेट टोलीलाई सरकारले ३-३ लाख पुरस्कार दिने

काठमाडौं, भदौ २८ (नागरिक)- सरकारकले डिभिजन ४ जितेका नेपाली क्रिकेट टोलीका सबै खेलाडी र प्रशिक्षकलाई ३-३ लाख पुरस्कार दिने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डिभिजन ४ को च्यम्पियन बनेर डिभिजन ३ प्रवेश पाएको भन्दै उक्त रकम पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री राजकिशोर यादवले बताए। 

मलेसियामा भएको उक्त खेलमा नेपालले सबै खेलमा कब्जा जमाएको थियो। डिभिजन ४ को च्याम्पियन बनेसँगै नेपाल डिभिजन ३ मा प्रवेश पाएको छ। अप्रिलमा बर्मुडामा हुने डिभिजन ३ मा नेपालले आयोजकसहित युगान्डा, ओमान, इटाली र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। डिभिजन ३ को शीर्ष दुई टोलीले १० राष्ट्रसम्मिलित डिभिजन २ मा प्रतिस्पर्धा गर्नेछ, जसको शीर्ष दुई टोली विश्वकप २०१५ मा छनोट हुनेछ।