कल बाईपास गर्ने ३ पक्राउ
![]() |
पोखरा , भाद्र २८ - प्रहरीले नेपाल टेलिकम तथा एनसेलको सिम प्रयोग गरीकल बाईपास गर्ने ३ जनालाई पोखरामा पक्राउ गरेको छ ।
कास्की सिद्ध, ४ का बिनोद सिंह, बुङकोट, ७ गोरखाका तीर्थराज ढकाल र पर्वत तिलहार, ९ घर भै हाल पोखरा बस्दै आएका केशव गौतमलाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी शैलेश थापा क्षेत्रीका अनुसार सिंह र ढकालले आफ्नै पोखरा, ९ नयाँबजारस्थित डेराबाट ५ महिनादेखि कल बाईपास गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।
होटलमा खाना खाने उनीहरुले डेरामै कलबाई पास गर्ने सबै उपकरण जडान गरी करीब ३ दर्जनजति सिम प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।
कास्की प्रहरीका प्रबक्ता रविन्द्र्र पौडेलले पक्राउ परेका गौतमले भने सिंह र ढकाललाई सिमकार्ड र रिचार्ज कार्डको व्यवस्था गर्दै आएको बताए ।
![]() |