लोकप्रिय बन्दैछ निम्बज
![]() |
पछिल्लो समय मोबाइलमा इन्टरनेट चलाउनेहरूबीच लोकप्रिय बन्दै गएको इन्टरनेट एप्लिकेसन निम्बजले आउँदो २ वर्षभित्रमा आफ्ना प्रयो गकर्ताको संख्या ४० करोड पुर्याउने लक्ष्य लिएको छ। अहिले विश्वका ८० देशमा १० करोडभन्दा बढी प्रयोगकर्ता रहेको नेदरल्यान्डको इन्टरनेट टेलिफोन कम्पनी निम्बज अहिले विश्वमा मोबाइल तथा वेभ कम्युनिकेसन स्पेसमा सबैभन्दा बढी प्रयोग हुने २० उत्कृष्ट इन्टरनेट प्लेटर्फम बन्न सफल भैसकेको छ।
निम्बजका ४० करोड प्रयोगकर्तामध्ये एक चौथाइ भारतका हुने अपेक्षा कम्पनीको छ। अहिले निम्बजका १० करोड प्रयोगकर्तामध्ये भारतमा १ करोड ७० लाख छन्। त्यस्तै अमेरिकाका ६५ लाख, मध्यपूर्वमा ३ करोड, दक्षिण एसियाका अरू देशमा १ करोड ४० लाख तथा अफ्रिकामा १ करोड ३० लाख, युरोपमा १ करोड प्रयोगकर्ता रहेको बताइन्छ। मोबाइलमै निःशुल्क च्याट तथा कल गर्न निम्बज निकै सजिलो प्लेटर्फममा भएकाले मोबाइलमा निम्बज एप्लिकेसन डाउनलोड गर्नेहरूको संख्या बढ्दै गएको छ। बढ्दो प्रयोगसँगै निम्बजले सेवा तथा फिचसर्हरू थप्ने योजना पनि बनाएको छ। याहु म्यासेन्जर, स्काइपी, ब्लाकबेरी म्यासेन्जर तथा ह्वाइट्स अप जस्ता म्यासेजिङ एप्लिकेसन निम्बजका नयाँ तथा पुराना प्रतिस्पर्धी हुन्। सन् २००६ मा नेदरल्यान्डमा स्थापना भएको निम्बजले यो वर्ष आफ्नो मुख्यालय भारतको गुडगाउँमा स्थापना गरेको छ। निम्बजका १ सय ६० मध्ये आधा कर्मकारी भारतमै रहेको र अरू नेदरल्यान्ड एवं अर्जेन्टिनामा भएको बताइन्छ।
कसरी काम गर्छ निम्बजले ?
निम्बजको सेवा लिन आफ्नो मोबाइल वा कम्प्युटरमा निम्बज एप्लिकेसन डाउनलोड गर्नुपर्छ। त्यसपछि सित्तैंमा च्याट तथा कल गरेर महँगो अन्तर्राष्ट्रिय कलको खर्चबाट बच्न सकिन्छ। निम्बजका सबै प्रोडक्ट निःशुल्क छन्। निम्बज सबै स्मार्टफोनमा उपलब्ध हुन्छ। निम्बजबाट आफ्नो फेसबुक साथीसँग पनि च्याट गर्न सकिन्छ। निम्बज एप्लिकेसनबाट फेसबुक च्याट, विन्डोज लाइभ म्यासेन्जर, गुगल टक, टि्वटर, याहु तथा माइस्पेस आदि एप्लिकेसनसँग जोडिन सकिन्छ।
![]() |