पहिरोले पार्‍यो आपत् (फोटो फिचर)


  • मोटरपुल र विद्युत पावर हाउससमेत दुई घर बगायो

  • ३० घर जोखिममा










    - शनिवार राति परेको भीषण वर्षापछि लुङ्दी खोलामा आएको बाढीले पर्वतको माझफाँट र धाईरिङको मिलनचोकका दुई घरसमेत मालढुङ्गा-वेनी सडकको मोटरपुल बगाएको छ ।

    अस्थाई प्रहरी पोष्ट पारीवेनी, पर्वतका प्रहरी सहायक निरीक्षक बासुदेव पण्डीतले दिएको जानकारी अनुसार बर्षापछि आएको बाढी पहिरो ले पर्वतको शालिजा गाविस-८ ठोट्नेरी स्थित १० किलोवाट क्षमताको लघुजलविद्युत आयोजनाको पावरहाउस,  शालिजा  र धाईरिङ जोड्ने अस्थाई मोटर पुल पनि बगाएको छ छ ।

    त्यसैगरी बाढीले मिलनचोक स्थित यामबहादुर कार्कीको दुई सय कुखुरासमेत र्फमघर बगाएको छ । बाढीबाट धाईरिङ्ग गाविस-५ मिलनचोक स्थित अस्थाई प्रहरी चौकीको शौचालय बगाउनुको साथै अन्य २० घरमा बाढी आएकोले विस्थापित भएका छन ।

    बाढीले सयौं रोपनी धान खेत बगाउने र पुर्ने गरेको छ । पर्वत जिल्लाको माझफाँट गाविस-२ र धाईरिङ्ग गाविस-५ मिलनचोकका झण्डै ३० घर उच्च जोखिममा परेका छन । बाढीले खानेपानीको पाईप बगाएकोले धाईरिङ्ग गाविस-५ मिलनचोक क्षेत्रका करिव ८० घरमा पानीको समस्या भएको छ ।

    'मिलनचोक वारी र पारीका सवै एक सयबढी घर जोखिममा भए पनि ३० घरबढी जोखिममा परेकोले विस्थापित भएका छन । पाइप बगाएकोले खानेपानीको समस्या भएको छ,' स्थानिय अर्जुन आचार्यले बताए ।

    लुङ्दीखोलामा आएको बाढीले मिलनचोक स्थित मोटरपुल बगाएपछि म्याग्दी सदरमुकाम बेनीबजार आउने र देशका विभिन्न स्थानकालागी छुट्ने सयौं सवारी साधन रोकिएका छन ।

    सदरमुकाम बेनीबाट पश्चिम दर्वाङ्ग क्षेत्रमा जाने सडकको लाम्पाटामा पहिरो गएकोले सवारी साधन रोकिएका छन् । सडक अवरुद्ध भएपछि सामाग्री भरियालगाएत पहिरो तार्नु पन भएकोले खाद्यान्न लगाएत दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएको छ ।