blog लोकप्रियता


मनको कुरा मनमै रह्यो भन्ने जमाना छैन, अब ब्लगमा मनको गाँठो खोलेर व्यक्त गर्न सकिन्छ। आफूले प्रकाशित गरेको सामग्रीमा तुरुन्त  प्रतिक्रिया पनि पाइन्छ। इन्टरनेटमा उपलब्ध यो अनलाइन डायरीमा पोखिएका भावना वर्षौंसम्म संग्रहित पनि हुनेछन्। अनावश्यक कुरालाई  मेट्न पनि सकिन्छ। आवश्यक सामग्री थप्न पनि सकिन्छ। ब्लग अहिले व्यक्ति वा संस्थाको जनसम्पर्कसँगै आफ्नो प्रतिभा प्रस्तुत गर्ने थलोका  रूपमा विकास हुँदैछ। त्यसैले यसको प्रयोगबाट नेपालीहरूले फाइदा लिँदै आएका छन्। ब्लग एउटा यस्तो माध्यम बनेको छ जसमा मानिसले  आफ्नो लेख्ने सोख पूरा गर्न सक्छन्। ब्लग अहिले आफ्नो आवाज सर्वसाधारणसम्म पुर्‍याउने सबैभन्दा छिटो तथा सशक्त माध्यम भएको छ।  आफूलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ।  समाजमा रहेका सबै पेसामा आबद्ध व्यक्तिले यसको प्रयोग गरी चौतर्फी लाभ लिन सक्छन्। यो एउटा निजी जर्नल हो जहाँ प्रकाशित सामग्री  विश्वभर केही सेकेन्डमै सबैले हेर्न र कमेन्ट गर्न सक्छन्। यसमा अक्षर, चित्र र श्रव्यदृश्य सामग्री एवं लिंकहरू पनि राख्न सकिन्छ। ब्लग धेरै  खालका हुन्छन्। यसको प्रयोग व्यक्तिगत ब्लगका रूपमा पनि हुन्छ। यो अनलाइन डायरीका रूपमा विकसित भैरहेको छ। यसमा आफ्ना  भावना साथीभाइ तथा परिवारसँग पनि सेयर गरिन्छ। कर्पोरेट र संस्थागत ब्लग पनि प्रचलनमा रहेका पाइन्छन्। व्यावसायिक रूपमा पनि  ब्लगको प्रयोग हुन्छ। कर्पोरेट अथवा संस्थाले आफ्नो मार्केटिङ, ब्रान्डिङ र पब्लिक रिलेसन राख्ने उद्देश्यका साथ ब्लगको प्रयोग गर्छन्। यस्ता  ब्ल्ागलाई कर्पोरेट वा संस्थागत ब्लग भनिन्छ। सामाजिक ब्लगका रूपमा क्लव ब्लग, गु्रप ब्लग आदि पनि हुन सक्छन्। विधाअनुसारका पनि  ब्लग सञ्चालन गरिन्छन्। कुनै ब्लग निश्चित विषयका लागि सञ्चालित हुन्छन्। जस्तै पोलिटिक्स ब्लग, ट्राभल ब्लग, गाडेर्निङ ब्लग, हाउस  ब्लग, फेसन ब्लग, प्रोजेक्ट ब्लग, एजुकेसन ब्लग, म्युजिक ब्लग, क्विज ब्लग, डि्रम ब्लग आदि। मुख्यतः साझा ब्लगका रूपमा आर्ट ब्लग र  संगीत ब्लग छन्। ब्लगलाई सञ्चारका रूपमा पनि प्रयोग गरिएको पाइन्छ। भिडियोसँगै बनाइएको ब्लग भीब्लग भनिन्छ। लिंक राखिएको ब्लग  लिंकब्लग, स्केचका रूपमा निर्माण गरिएको ब्लग स्केच ब्लग र तस्बिर संग्रह गरिएको ब्लग तस्बिर ब्लगका रूपमा चिनिन्छ। मोबाइलमार्फत  अपडेट गर्न सकिने ब्लगलाई मोब्लग भनिन्छ। हाल विश्वमा १५ करोड ६० लाखभन्दा बढी ब्लग छन्। इन्टरनेटमा रहेको blogspot.com, wordpress.com, blog.com जस्ता साइटमा गएर आफ्नो ब्लग यात्रा सुरु गर्न सकिन्छ। यी ब्लग साइटमध्ये सजिलो र उत्तम  wordpress.com छ। ब्लग सुरु गर्न सर्व प्रथम आफ्नो अकाउन्ट खोल्नुपर्छ। नयाँ अकाउन्ट खोल्दा आफ्नो ब्लगको शीर्षक पनि दिनुपर्छ।  अकाउन्ट बनिसकेपश्चात् ब्लग लेख्न सकिन्छ। कुनै पनि ब्लगलाई सर्व प्रथम डिजाइनिङ र सम्पादन गरिन्छ। ब्लगलाई दिइएको सुविधाअनुसार  आकर्षक बनाउन सकिन्छ। ब्लगमा नियमित सामग्रीहरू प्रकाशित वा अपडेट गर्नुलाई ब्लगिङ गर्नु पनि भनिन्छ। ब्लग वेबलगको छोटकरी रूप  हो। वेबलगलाई डिसेम्बर १९९७ मा जोहन बागर नामक अमेरिकन ब्लगरले छोटकरी रूप दिएका थिए। उनले लग द वेभका रूपमा प्रयोग  गरे। त्यस पछि अर्का ब्लगर पिटर मेहोल्जले वि लगका रूपमा १९९९ मा प्रयोग गरे। त्यस पनि अन्य मानिसले छोटो मीठो रूपमा ब्लग शब्द  मात्र प्रयोग गर्न थाले। ७ डिसेम्बर १९९७ डेब वाइनरले स्त्रिलप्टिङ न्युज नामक वेबसाइटबाट सुरु गरेको ब्लगिङको अवधारण अहिले व्यापक  बन्दै गएको छ जसमा अरूले चाहेअनुसार सुधार गरेर लेख्न पनि सकिन्छ। त्यसलाई मेटाउन र कमेन्ट गर्न पनि सकिन्छ। ब्लग www.wikia.org मा गएर पनि ब्लग सुरु गर्न सकिन्छ। यसको ब्लगिङ wordpress.com / blogspot.com भन्दा केही फरक छ।  यसमा ब्लगरलाई थप नयाँ रमाइला कुरा सूचनाका रूपमा विश्वमा ब्लगको माध्यमबाट आमपाठकमा पुर्‍याउन सकिन्छ। यसलाई आयस्रोतका  रूपमा पनि बढाउन सकिन्छ। धेरैले google adsense जस्ता अनलाइन विज्ञापन आफ्नो लोकपि्रय ब्लगमा प्रकाशित गरेर आम्दानी पनि  गर्छन्। त्यसैले राम्रो ब्लगर बनेर आफ्नो ब्लगबाट ब्लगरले नियमित आम्दानी पनि गर्न सक्छन्।

उद्देश्य प्रस्ट हुनुपर्छ

ब्लग किन सुरु गरिएको हो प्रस्ट हुनुपर्छ। ब्लगको उद्देश्य के हो निर्णय गर्नुपर्छ। यो निजी डायरी हो कि सार्वजनिक रूप हो वा सामाजिक  सञ्जाल हो स्पष्ट हुनुपर्छ। ब्लगमा लेखिने विषयवस्तु व्यावसायिक हो कि त्यसलाई सौखका रूपमा लिइएको छ प्रस्ट हुनुपर्छ। किनभने उद्दे श्यविहिन ब्लगले उपयुक्त गति लिन सक्दैन।

आकर्षक डिजाइन

ब्लगमा राखिएको सामग्रीले मात्र पाठकलाई आकषिर्त गर्दैन। त्यसैले आफ्नो ब्लगलाई आकर्षक बनाउने आफ्नो ब्लगको मिल्ने रङ, अक्षरको  अलंकार, शैली, मुड र टोनको उचित संयोजन हुनुपर्छ। उज्यालो र प्रस्ट देखिने खालको पृष्ठभूमि हुनु राम्रो हुन्छ।

टुल्सको प्रयोग

प्रयोगकर्तालाई ध्यानमा राखेर ब्लगमा टुल्सको सुविधा पनि उपलब्ध गराइएको हुन्छ, जसको सहयोगले प्रयोगकर्ताले सहजताका साथ उक्त  टुल्सको प्रयोग गर्छन्। यसले ब्लगलाई सजिलो छिटो र सुविधायुक्त बनाउन सहयोग गर्छ।

पाठकलाई सजिलो होस्

राम्रो र सजिलो ब्लगले पाठकलाई आकषिर्त गरिरहेको हुन्छ। प्रतिक्रिया र आएसएस फिड प्रयोग गरेको अवस्थामा पाठकले सजिलैसँग यसको  प्रयोग गर्न मिल्ने खालको हुनुपर्छ। आफ्नो अभिलेख पढ्न र खोज्न सजिलो खालको हुनुपर्छ। सर्च इन्जिनमा खोज्दा सजिलै फेला पर्ने  किसिमको हुनुपर्छ।

एउटै किसिमको होस्

ब्लग पब्लिक होस्टका रूपमा त कहिले आफैं डोमेन दर्ता गरेर ब्लग गर्ने चलन छ। सधैं एउटै ब्लग मात्र प्रयोग भएको अवस्थामा नयाँ  परिवर्तन गरिए त्यसमा प्रयोग र परिवर्तन हुने युआरएल ठेगानाले आफ्नो पाठक गुमाउने सम्भावना हुन्छ। त्यसैले अर्को ब्लग चलाइरहँदा  पूरानो ब्लगमा यस बारे जानकारी र नयाँ ब्लगका बारेमा लिंक राख्न सकिन्छ, जसले पाठकहरूलाई जानकारी पाउन सजिलो बनाउँछ।

पाठकहरूलाई व्यस्त बनाउने

पाठकहरूलाई आकषिर्त गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आफ्नो ब्लगको नियमित पाठक बनाउन गाह्रो हुन्छ। पाठकलाई आफ्नाबारेमा  जानकारी दिनुपर्छ, साथै उनीहरूसँग नियमित अन्तरक्रियामा सहभागी हुनुपर्छ। ब्लगमा आफ्ना सामग्री नियमित अपडेट गरिरहनुपर्छ जसले  गर्दा पाठक आफ्नो ब्लगमा व्यस्त हुन्छन्। पाठकलाई आफ्नो ब्लगमा तान्न फेसबुकजस्ता सामाजीक साइट बाट पनि आफ्नो ब्लगको प्रचार  प्रसार गर्न सकिन्छ।

ब्लग लेख्ने समय

ब्लगमा रमाउन खोज्नेहरू फरक किसिममा स्टोरी खोजी रहने खालका हुन्छन् त्यसैले त्यस्ता जानकारी दिन चुक्नु हुँदैन। हरेक दिन नयाँ  जानकारी ब्लगमा राख्नुपर्छ। यसबाहेक निश्चित समयमा कुन-कुन म्याटर कहिले राख्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ।

ब्लगमा पोस्ट पूर्व सामग्री हेर्ने

भरसक ब्लगमा पोस्ट गरिएको सामग्रीमा गल्ती नहोस्। खासमा ब्लगमा पोस्ट गरिएको सामग्री खासै सम्पादन गरिएको हुँदैन। यद्यपि त्यो  पाठकलाई अप्ठेरो नलाग्ने खालको हुनुपर्छ। ब्लगमा सामग्री प्रकाशित गर्नु अघि राम्रोसँग पढ्नुपर्छ। यदि राम्रो ब्लगर बन्न चाहने हो भने  भाषामा पनि पर्याप्त ध्यान पुर्‍याउनुपर्छ।

ब्लगलाई चुस्त दुरुस्त र व्यवस्थित बनाऔं

ब्लगलाई नियमित चुस्त राख्नुपर्छ। जति लेख्दा पनि हुन्छ भनेर आफ्नो ब्लगमा लामो लेख प्रकाशित गर्नु हुँदैन। छिटो पढ्न मिल्ने खालको  मज्जाको विषय वस्तु हुनुपर्छ। किनभने इन्टरनेटमा मानिस सरसर्ती पढ्छन, खासै अध्ययन गर्दैनन्। ब्लगमा सधैं नयाँ पाठक आउँछन् भन्ने  छैन तर पनि आफ्नो ब्लगलाई व्यवस्थित गरिरहनु आवश्यक हुन्छ। पाठकहरू भड्किने खालका कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ।