पैसा र मज्जाका लागि शर्लिन
![]() |
हालै मात्र प्लेब्वाइ म्यागजिनका लागि न्युड फोटोसुट गरेर चर्चाको शिखरमा पुगेकी बलिउड अभिनेत्री शर्लिन चोपडाले आफ्नो टि्वटरमा केही समय पहिलेसम्म उनी पैसा लिएर यौनसम्पर्क गर्थिन् भन्ने रहस्योद्घाटन गरेकी छिन्। यस प्रकारको काम गर्दा उनलाइ धेरै आनन्द आउँथ्यो। त्यसपछि उनले यो कुरामा निकै मनन गरिन् र यस प्रकारको काम बन्द गरिन्।
अब उनी पहिलेभन्दा निकै सुधि्रएकी छिन्। शर्लिनले भनेकी छिन्- उनलाई टि्वटरमा शारीरिक सम्बन्धका प्रस्तावहरू भने आइरहेका छन्। यद्यपि अहिले भने उनले यस प्रकारका अफर स्वीकार गरेकी छैनन्। स्मरणीय छ, यी तिनै शर्लिन चोपडा हुन् जसले करिब २ वर्षअघि टि्वटरमा आफ्नो नांगो तस्बिर राखेर सनसनी मच्चाएकी थिइन्, त्यसपछि टि्वटरले उनको एकाउन्ट नै लक गरिदिएको थियो, तर माफी मागे पछि शर्लिन फेरी टि्वटरमा आएकी थिइन्।
![]() |