नेपाली बालकको यौनशोषण गर्ने बेलायतीलाई जेल
![]() |
६ वर्षीय नेपाली तथा १० वर्षीय बेलायती बालकविरुद्ध यौनशोषण गर्ने बेलायती नागरिक साइमन म्याकार्टीलाई अमेरिकाको हवाईस्थित एक अदालतले ३० वर्षको जेलका साथै पीडित बालकहरूलाई ९८ हजार अमेरीकी डलर बुझाउनुपर्ने सजाय सुनाएको छ। विभिन्न समाचारमध्यमका अनुसार ४० वर्षीय साइमन म्याकार्टीले नेपाललगायत विभिन्न मुलुकमा सञ्चालित अनाथालयहरूलाई सहयोग गर्ने वहानामा सन् २००५ देखि २००७ सम्ममा शिशुहरूको नांगो भिडियो बनाएको तथा यौनशोषणसमेत गरेको प्रमाणित भएको थियो। म्याकार्टी ले बालकहरूको भिडियो बनाएको कुरा स्वीकार समेत गरेको बताइन्छ। म्याकार्टी ब्रिटिस रकस्टार जिम म्याकार्टीका छोरा हुन्।
बीबीसीका अनुसार म्याकार्टीलाई सन २००८ मा हवाई एयरपोर्टमा पक्राउ गरिएको थियो भने उनका विरुद्ध १० वर्षीय पीडित बेलायती बालकले उजुरी दिएपश्चात अनुसन्धान प्रारम्भ गरिएको थियो। अयखभलतचथतभभिनचबउज।लभत का अनुसार फेलापरेका होम भिडियोहरूमा म्याकार्टीले बालकलाई होटलको कोठामा लगेर यौनशोषण गरेको पाइएको छ। डेलीमेलका अनुसार म्याकार्टीले नेपालमा अर्फानेज होम खोल्न सहयोग गरेका थिए। उनको ल्यापटपमा ४ सयवटा नग्न तस्बिर तथा त्यस्तैखालका २ सय भिडियो क्लिप भेटिएका थिए।
एक वेबसाइटका अनुसार साइमन म्याकार्टीले सन २००१ देखि २००६ सम्ममा त्जभ एभनबकगक ऋजष्मिचभल’क एचयवभअत ष्ल ल्भउब िनामको प्रोजेक्टका क्रममा नेपालमा काम गरेको देखिएको छ। सन् २००६ मा उक्त प्रोजेक्टका लागि २५ हजार बि्रटिस पाउन्ड प्रदान गरिएको उक्त वेबसाइटमा जनाइएको छ। वेबसाइटमा राखिएको भिडियोअनुसार एक अंग्रेजी भाषीले नेपाली बालकसँग अन्तर्वार्ता लिएको देखिन्छ। उक्त भिडियो साइमन म्याकार्टीले नै लिएको हुनसक्ने तथ्य भिडियोको आवाज तथा साइमन म्याकार्टीले बोलेको युट्युबको भिडियोबीच तुलना गर्दा अनुमान गर्न सकिन्छ।