तीज लाग्यो दीपाश्रीलाई
![]() |
पछिल्ला दिनमा दीपाश्री निरौला हास्यकलाकारका रूपमा स्थापित भए पनि कुनै बेलाको उनको नायिकाको छवि पनि बिर्सिहाल्न मिल्दैन। रजतपटमा नायिकाको त्यो क्रेज उनी पनि भुल्न चाहन्नन्। 'म त नायिका नै हो नि,' हाँस्न र हँसाउन माहिर 'गाउँले' नायिकाले भनिन्- 'अब तीतो सत्यले बनाउने चलचित्रमा पनि म नायिकाकै रूपमा अभिनय गर्दैछु।' नायिकाको त्यो छविलाई पुनस्र्थापित गर्न नै हुन सक्छ, यो वर्षका तीज गीतका म्युजिक भिडियोमा दीपाश्रीले अभिनय गरिन्। निशा सुनारको तीज गीत आऊ नाचौं संगिनीमा सुष्मा कार्की र दीपाश्रीले नृत्य गरेका छन्। यस्तै विष्णु माझीले गाएको अर्को तीज गीतमा पनि दीपाश्रीले मोडलिङ गरेकी छिन्। तीजको तामझाम चलिरहेकै बेला उनले गायिका निशा सुनारको सहकार्यमा 'तीज विशेष सम्मान' कार्यक्रम पनि सम्पन्न गरिन्, जुन कार्यक्रममा नेपालका अधिकांश सेलिब्रेटीलाई उनी आफैंले निम्त्याएकी थिइन्। दीपाश्रीकै संयोजकत्वमा उक्त कार्यक्रममा सामाजिक सेवामा सक्रिय ५ जनालाई ५५ हजार रुपैयाँ पनि वितरण गरिएको थियो। तीज त खुबै लाग्या रै'छ नि ? हाँस्दै अविवाहित दीपाश्रीले भनिन्- 'लागेकै छ भन्नुपर्यो, यो हामी महिलाहरूकोदसैं हो नि त !
![]() |