एक वर्षमा नवलपरासीबाटमात्रै साढे आठ हजार युवा विदेशिए

३० भदौ, कावासोती । वैदेशिक रोजगारीका लागि नवलपरासीबाट वाषिर्क साढे आठ हजार युवा विदेशिने गरेका छन् । राहदानी लिएकामध्ये रोजगारीका लागि खाडी मुलुकसहित नौ वटा देशमा यहाँका युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत मोहन ज्ञवालीले बताउनुभयो ।
एसएलसीभन्दा कम योग्यता भएका युवा बढी वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क रहेको छ । ग्रामीण युवाहरुलाई स्वरोजगारमुखी बनाउन पहल नगरे श्रमशक्ति बाहिर जाने भएकाले जिल्लाले ठोस कामका लागि योजना बनाउन लागेको उहाँले बताउनुभयो । जिल्ला पशुसेवा कार्यालयका प्रमुख शङ्कर साहले सरकारी र गैरसरकारी संस्थाको पहलमा कृषि र पशुपालनमा युवाहरुलाई आकर्षण गर्नुपर्नेे बताउनुभयो ।
वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये नवलपरासी छैटौं स्थानमा रहेको छ । जिल्लाबाट वाषिर्क १६२ महिलासमेत रोजगारीका लागि विदेशिने गरेका छन् । रासस