यूएईमा तीजको रमझम (फोटो फिचरसहित)


खेमनाथ पौडेल
अवुधावी । नेपालका चर्चित लोक गायक तथा गायिका राजु गुरुङ्ग तथा शर्मिला गुरुङ्गले यूएईका दर्शकहरुलाई तीजको अवसरमा यूएईको दुवई स्थित अष्टोरिया होटलमा मज्जैले नचाए । करिव १३ सय भन्दा बढी सालैजो तथा लोक गितहरु गाईसकेकी शर्मिला गुरुङ्गको तीजका प्रस्तुतीमा भने यूएईमा रहेका महिलाहरु लगायत पुरुषहरु पनि मज्जैले नाचे । शर्मिला गुरुङ्गले नाचन साईली नाचन बाडुली कम्मर भाँचन तीजको गित गाउँदै गर्दा साईलीहरु भने कम्मर भाच्न मस्त थिए ।
 दर्शकदिर्घाबाट महिलाहरु स्टेजतिर जान सक्ने अवस्था थिएन, महिलाहरु दर्शक दिर्घामानै नाचिदिए । उनको अतिनै चर्चित तिजको गित शिरै लाउने शिरफुल छैन मेरो राजै, प्याउली फूल टिमेर लाउछु टपक्कै विना ट्रयाक गाउँदा भने ताली र सिठ्ठीले हल गुञ्जयमान भएको थियो । राजु गुरुङ्गको तिते करेलीले बोलको गितमा महिलाहरु स्टेजमानै नाच्न पुगेका थिए । राजु गुरुङ्गले मन परेरै होकी, मन बुढो, पिरती बुढो हुन्न कहिल्येनै, विरानो देशैमा बस्न हुन्थ्यो मायाँको केशैमा गित गाए । उनका गितमा दर्शकहरु मज्जैले नाचे । शर्मिला गुरुङ्ग र राजु गुरुङ्गको सालैजो भाकाको गितमा भने सबै झुमेका थिए ।
यूएईमा रहेका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीले कार्यक्रमलाई अझै रौनक बनाएको थियो । संगीता उप्रेती, आयो बरै तीजको रमझम, नाचौ संगी हो रमाउदै छम, छम, गितको बोलमा नृत्य गरेकी थिईन् । धनराज सिन्धौली, मायाको पहिलो सौगात लगायत उनको हास्य प्रस्तुतीले हलमा बेग्लै रमाईलो भाको थियो । मोहन राज शर्मा तथा दिलिप थापाको गित, पवित्रा गुरुङ्ग, मिना गुरुङ्ग, पूणिर्मा गुरुङ्ग वसन्तनै वस्न खोज्छ यहाँ नेपाली स्थानिय भेषभुषाले सजिएर नृत्य गर्दा त्यहाँको रौनक अर्कै थियो । आशिष पुरुषको मम बत्ती नृत्यले हल सुन्य देखिन्थ्यो । दिपिका घोरासैनीले उपस्थित दर्शकहरुको विचमा कसैलाई खोज्दै थिईन, यति धेरै मान्छेको भिडको भाकामा नृत्य गर्दै । मिना गुरुङ्ग र स्याम गुरुङ्गको सालैजो भाकाको नृत्य अति आकर्षक थियो । गोपी कृष्ण पंगेनीले लरक्कै लरक्यो रातो साडी भुईमा तीजको गित गाउँदै गर्दा स्टेजमा नाच्ने महिलाहरुको भिड थामीनसक्नु थियो, दिपशिखा गुरुगं, रिजन थापा, दुर्गा लिम्बु, पुजना पोख्रेलले अन्य महिलाहरुलाई साथ दिएका थिए । विच विचमा तिजका भाकाका गीतमा महिलाहरुको नृत्यले हललाई तताएको थियो । जनप्रगतिशिल महिला मञ्च तथा नेपाली प्रवासी महिला संघका कलाकारहरुले देशभत्ती गित गाएका थिए ।
 एनआरएनएनएनसीसी महिला समितिकी अध्यक्ष अर्चना बस्नेत रोकाहाको सभापतित्वमा सम्पन्न उक्त सास्कृतिक कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास यूएईका राजदूत धनन्जय झा थिए, यूएईमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थित रहेको उक्त कार्यक्रममा अबुधावी, दुवईका आसपासका करिव ८०० भन्दा बढी प्रवासी नेपालीहरुको उपस्थित रहेको थियो । प्रमुख अतिथि तथा सभापतिद्धारा पानसमा बत्ती बाली उद्धघाटन गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रममा स्वागत मन्तब्य एनसीसी महिला समितिकी सचिव वविता सिवाले गरेकी थिईन् ।
 अष्टोरिया होटलको गि्रन वेल्ट हलमा भएको कार्यक्रम दर्शकहरुको अत्याधिक भिडका कारण कतिपय दर्शकहरु कार्यक्रमहल भित्र प्रवेश गर्न नपाउदै बाहिरिएका थिए । एनसीसी महिला समिति, प्रवासी नेपाली महिला संघ यूएई, प्रगतिशिल महिला मञ्चद्धारा सयूक्तरुपमा आयोजना गरिएको उक्त तीज कार्यक्रमबाट बचेको आर्थिक नेपालमा रहेका बालबालीकाहरुकोलागि सहयोगार्थ गर्ने आयोजकले बताएको छ । पहिलो चरणको कार्यक्रम मोती राईले सञ्चालन गरेकी थिईन् भने सास्कृतिक कार्यक्रम द्धय बिमला भट्ट तथा रिना विष्टद्धारा रोमाञ्चक तरिकाले सञ्चालन गरेका थिए ।
त्यस्तै ईम्पिरियल स्विईट होटल दुवईमा नेपाली कल्याणकारी समितिद्धारा दिलसोभा आमाघर तीज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो । स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको उक्त तीज कार्यक्रममा नेपालबाट आएकी लोक गायिका सम्झना लामिछाने मगरको बेजोड प्रस्तुती रहेको थियो । तीजका भाका तथा अन्य गीतमा दर्शकहरु मज्जैले नाचेका थिए । दर्शकहरुको घुईचो त्यतिनै थियो, टिकटको अभावमा दर्शकहरु कार्यक्रम हलमा प्रवेश गर्न असमर्थ भएका थिए । कल्याणकारी समितिकी अध्यक्ष ममता विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यूएईकालागि नेपाली राजदूत धनन्जय झाको प्रमुख आथित्य तथा यूएईमा रहेका विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य पत्रकार महासंघ यूएईका अध्यक्ष शंकर ज्ञवालीले गरेका थिए भने कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम खर्च कटाएर दिलसोभा आमाघरलाई उपलब्ध गराउने आयोजकले बताएको छ । पहिलो चरणको कार्यक्रम वविता राजकोटीले सञ्चालन गरेकी थिईन् भने दोश्रो चरणको कार्यक्रम उमेश राईले सञ्चालन गरेका थिए ।