मिस ई-कलेजको यात्रा


कलेज अध्ययनरत छात्राहरूमा केन्दि्रत मिस ई कलेजको नयाँ संस्करण प्रारम्भ भएको छ, जसअन्तर्गत गत शनिबार प्रतियोगिताका लागि  आवेदन दिएकाहरूको अडिसन सम्पन्न भयो। सिजन मिडियाको आयोजनामा गएको दुई वर्षदेखि भैरहेको यो प्रतियोगिता यस पटक 'जेभियर  इन्टरनेसनल मिस ई-कलेज-२०१२' शीर्षकमा सञ्चालन हुनेछ। ४० जना भन्दा बढीको अडिसनबाट व्यक्तित्व, आत्मविश्वास, प्रतिभा, सुन्दरता  आदिका आधारमा अन्तिम प्रतिस्पर्धाका लागि २४ जना सहभागीको छनौट गरिएको आयोजक संस्थाले जनाएको छ।

यसै साता अन्तिम प्रतियोगिताका लागि प्रशिक्षणसमेत प्रारम्भ गरिएको यो कार्यक्रमका क्रममा आधारभूत तालिमका अतिरिक्त पौडी, शारीरिक  फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइनेछ भने विभिन्न सामाजिक संस्थाको संस्थागत भ्रमण, मिडिया भिजिट,  कल्चरल भिजिट एवं हस्पिटालिटीसम्बन्धी जानकारी पनि प्रदान गरिनेछ। आरजे तथा भिजेको प्रशिक्षणसमेत दिइने यो प्रतियोगिताको अन्तिम  प्रतिस्पर्धा आगामी असोज १९ गते हुनेछ। प्रतियोगिता विजेताले मुख्य उपाधिसहित महिन्द्रा रोडियो स्कुटर तथा उच्च शिक्षाका लागि २  लाखबराबरको छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछिन्।