कल्पना शाही (नायिका)
![]() |
तीज कसरी मनाउनुहुन्छ ?
व्रत बसेर परिवारका सदस्यहरूसँग नाच्दै र गीत गाउँदै
अविवाहित युवतीले तीजको व्रत बस्दा राम्रो श्रीमान पाउँछन् रे हो ?
भन्छन्, म चाँहि त्यो आशा गर्दिनँ
सुत्नुअघि के गर्नुहुन्छ ?
उपन्यास पढ्छु
मन नपर्ने कलाकार ?
मल्लिका शेरावत
पछिल्लो उपलब्धि ?
'खोज' रिलिज हुँदैछ, त्यसपछि लस्करै 'वीर', 'ग्याम्बलर' पनि आउँदैछन् अनि चलचित्र 'भर्जिन' को छायांकनमा व्यस्त हुँदैछु
नायिका भएपछिको सबैभन्दा ठूलो चित्त दुखाइ ?
हुँदै नभएका कुरा बढाइचढाइ मिडियामा आउँदा चित्त दुख्छ
तपाईंमा भएका तीन आकर्षण जसले गर्दा युवकहरू भुतुक्कै हुन्छन् ?
मेरा आँखा, इनोसेन्ट बोली र मेरो बानी
कास्टिङ काउचको अफर आउँदा के गर्नुहुन्छ ?
रिसले आगो भएर अफर गर्नेलाई पिट्छु होला
कुन अभिनेतासँग क्यामेरासामु रोमान्स गर्ने मन छ ?
आर्यन सिग्देल
विराज भट्ट र सुमन सिंहमध्ये एउटालाई रोज्नु पर्दा ?
सुमन सिंह
तीजमा महादेव खुसी भएर नेपाली चलचित्रको एउटा नायक लोग्नेका रूपमा दिने भए भने कसलाई रोज्नुहुन्छ ?
राजेश हमाल
पहिलो प्रेमलाई कसरी सम्झनु हुन्छ ?
स्कुले जीवनमा परेको प्रेम बुझ्न नपाई सकियो, ऊसँग धेरै समय बिताउनै पाइनँ
विवाहको प्रस्ताव कुनै सुन्दर तथा सम्पन्न पुरुषबाट आएछ भने ?
सोच विचार गरेर निर्णय लिन्छु
बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवक हुनुभएछ भने ?
एक्सन हिरो बन्छु
विवाहपछिको पहिलो रात श्रीमान् समलिंगी भनेर थाहा पाउनुभयो भने ?
मेरो भाग्यमै यस्तो रहेछ भनेर स्वीकार गर्छु।
![]() |