शान्तिला सुब्बा



बेलबारी, मोरङकी शान्तिला सुब्बा (१८) मोडलिङ र अभिनयमा भविष्य खोज्दैछिन्। सानै उमेरदेखि रंगमञ्चमा लागेर १ दर्जनजति नाटकमा  अभिनय गरेकी शान्तिला नृत्यमा समेत पारङ्गत छिन्। परिवार एवं साथीभाइको सपार्ट पाएकी सुब्बालाई घरमा आमाको साथ बढी छ।   आफूलाई चिनाउन र आफ्नो प्रतिभा प्रस्तुत गर्न मोडलिङ रोजेको बताउने शान्तिला ५ फुट १ इन्च अग्ली छिन्। बाबु बोगटीलाई अभिनयको  आइडल मान्ने शान्तिला फुर्सदमा संगीतमा अल्झन्छिन्। ग्ल्यामर्सदेखि भल्गर्स पहिरन नलगाउने सुब्बाले भनिन्- 'अङ्ग देखाएर मात्र प्रतिभा प्रर्दशन हुँदैन।' भल्गर्स चलचित्रबाट अभिनयको प्रस्ताव आए अभिनय नगर्ने शान्तिलालाई चाँडै नै पूर्वका दर्शकले एउटा म्युजिक भिडियोमा हेर्न  पाउने छन्।

प्रस्तुतिः अर्जुन काफ्ले