नेमसको दोहामा रमाइलो तीज (फोटो फिचर)
![]() |
भोला थापा क्षेत्री
दोहा । नेपाली महिला समाज (नेमस)को आयोजनामा दोहामा तीज कार्यक्रमको भव्यताका साथ मनाइएको छ । दोहाको तारे होटल गल्फ होराइजनमा गत शुक्रबार एक भव्य कार्यक्रमबीच सम्पन्न कार्यक्रममा राजदूत डा. मायाकुमारी शर्मालगायत प्रवासमा विभिन्न पेसा, व्यवसाय गरी बस्ने नेपालीको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिँदै राजदूत डा. शर्माले आफूलाई सक्दो प्रयोग गर्न आग्ा्रह गर्नुभयो । ‘हो तपाईंहरूले अभिवावक पाउनु भएको छ, यसको फाइदा लिनुस् यो कसरी लिनुहुन्छ तपाईंहरूमा भर पर्छ, ममा भरपर्ने कुराभन्दा पनि । तपाईंहरूलाई के आवश्यकता पर्छ त्यो मलाई भन्नुस्,’ उहाँले भन्नुभयो । म महिलाका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्नेछु ।’

समाजकी अध्यक्ष रेखा राईको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन -आइसिसी)का सचिव टिबी कार्की, एनआरएन एनसिसि उपाध्यक्ष गुरुनारायण रानाभाट, नेपाल प्रवासी मुस्लिम सेवा समाजका मक्सुद आलम, अन्तर्राष्ट्रिय नेपाल कलाकार संघ दोहा कतारका अध्यक्ष डिएन मगर, अन्तर्राष्ट्रिय कलाकार मञ्चकी अध्यक्ष सोभिता सिंखडा, नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतार अध्यक्ष तीर्थ संगम राई, प्रवासी नेपाली सांगीतिक परिवार कतार अध्यक्ष शक्ति क्षेत्री, नवोदित साहित्यक वाचनालय दोहा कतारका काबा अध्यक्ष युगयोगी राईलगायत विभिन्न सामाजिक संघ सस्था प्रतिनिधिहरू, पत्रकारहरू, व्यावसायीहरूको सहभागिता थियो ।

संस्थाकी सचिव आमिना खाँनले तिजको शुभकामना दिँदै कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएका थियो भने प्रथम उपाध्यक्ष रोजिना बास्तोलाले तीजको बारेमा जानकारी र इन्दिरा कुईकेलले तीजको शुभकामना ब्यक्त गरेकी थिइन । कार्यक्रमलाई संस्थाकी महसचिव जानुका बस्नेत -खड्का) ले सञ्चलन गर्नुभएको थियो ।
कसले बाजी ठोके ?
कतै मादल बज्यो भने नाचौँ नाचौँ हुन्छ
म जस्तो राम्रो नाँच्ने भन यहाँ कुन छ ?
सबैले गीत गाऊँ, मैले राम्रो नाँच्ने कि तिम्ले राम्रो नाच्नी
बाजी ठोकम् आऊ झिल्के बाजी ठोकम आऊ
मैले जिते घर ज्वाइँ बस, तिम्ले जिते लैजाऊ
सबैले गीत गाउँ, झिल्के बाजी ठोकम आऊ,……. ओई बाजी ठोकम आऊ ।
चर्चित लोकगायिका देविका केसी गुरुङको यो तिजको चर्चित गीत बज्दै थियो उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, सभापति तथा सहभागीहरू एकएक अगाडि आएर नाच्न थाले उद्घोषिका कल्पना गुरुङले गर्नुभएको उक्त रमाइलो कार्यक्रममा दर्शकको बाजी ठोक्नभन्दा पनि ताली ठोके ।
त्यसैगरी तिजको रहर आयो वरी लै बोलको गीतमा संस्थाकी कोषाध्यक्ष संगिता लामा एकल नृत्य प्रस्तुत गरी दर्शकलाई नाच्न बाध्य बनाइन्, अनिता तामाङले छोरीको जन्म, हरेको कर्म बोलको गीत गाइन्, कार्यक्रममा महिलासँगै पुरुषको पनि उल्लेख्य सहभागिता थियो । कार्यक्रमा डिएन मगरले निकै रमाइलो राष्ट्रिय गीतलाई हरेक भाषामा गीतमा गाएर कमेडी नृत्य प्रस्तुत गर्नुभएको थियो । यसपालिको तीजमा हामी पनि ससुराली जाने हो अविनाष मगर, दिनेश श्रेष्ठ, सन्तोष कुँवर, राजेन्द्र तामाङ, भेषराज धिमाल, चित्र कार्कीले समूहिक नृत्य गरी दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

हरियो चुरा मेरो हातभरि बोलको गीतमा जुनी नेपाली, सोनु तामाङले युगल नृत्य देखाएका थिए, सन्ध्या ग्रुप अल्खोर कतारका कलकार सरु तामाङ, पवित्रा लामा, सुरज तामाङ, वीरेन्द्रकुमार यक्थुम्बा लरक्क लर्को रातो साडी भुइँमा बोलको गीतमा ग्रुपिङ नृत्य गरी दर्शकलाई चकित पारे ।कार्यक्रम सफल बनाउन विभिन्न संघ-संस्थाका तथा व्यवसायी समाजसेवीले आर्थिक सहयोग गरेका थिए । करिब पाँच घन्टा चलेको कार्यक्रममा हल क्षमताभन्दा बढी उपस्थित दर्शक भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मे परेको थियो । होटलमा समस्य पर्न गएको भन्दै कार्यक्रम समापन गरेका थिए ।
![]() |