जापानी अदालतले दियो एप्पललाई झट्का, सामसुङलाई मिल्यो राहात
![]() |
एप्पल र सामसुङबीचको कानुनी लडाइँ तिब्र बन्ने क्रममा पछिल्लोपटक सामसुङले केही राहत महसुस गरेको छ भने एप्पलले झट्का बेहोरेको छ ।
जापानको एक अदालतले सामसुङले एप्पलको पेटेन्ट अधिकार उल्लंघन नगरेको फैसला गरेपछि अमेरिकी अदालतले केही दिनअघि गरेको फैसलाबाट थलिएको सामसुुङको घाउमा केही मलहम लागेको विश्लेषकहरुले बताएका छन् ।
टोक्यो अदालतले आफ्नो पेटेन्ट अधिकार सामसुङले उल्लंघन गरेको भन्ने एप्पलको दाबी खारेज गरिदिएको हो । सामसुङले गैरकानुनी तरिकाबाट उसका आइफोन तथा आइप्याड ट्याब्लेटको प्रविधिको नक्कल ग्यालेक्सी स्मार्टफोन तथा ट्याबमा गरेको एप्पलको दाबी थियो ।
टोकियो अदालतको फैसलालाई स्वागत गर्दै सामसुङले आफुले एप्पलको कुनैपनि प्रतिलिपि अधिकार उल्लंघन नगरको बताएको छ ।
स्मरण रहोस् केही दिनअघि अमेरिकी अदालतले एप्पलको पेटेन्ट अधिकार चोरी गरेको भन्दै सामसुङलाई १ अर्ब डलर जरिवाना गर्दै केही प्रडक्टमाथि प्रतिबन्ध समेत लगाएको थियो । त्यसअघि दक्षिण कोरियाली अदालतले एप्पल र सामसुङ दुबैमाथि आंशिक प्रतिबन्ध लगाएको थियो ।

![]() |