पेन्सन पाकेपछि पनि सक्रिय बन्ने ६ वर्ष बढि बाँच्छन्

जागिरबाट अवकाश पाएपछि वा पेन्सन पाकेपछि बुढ्यौली कालमा धेरैजसो मानिस घरमै बस्ने वा निस्कृय हुने स्वभाव हुन्छ । कतिपय उमेर छँदै जागिरबाट अवकाश पाएर पनि अवकाशपछिको ज
िवन केवल निस्कृय रुपमै बसेर बिताउँछन् ।

तर यसरी निस्कृय बस्नु भनेको स्वास्थ्यका लागि हानिकारक हुने र यसले मान्छेको आयु नै घटाउने विज्ञहरुको भनाइ छ । हालैको एक अध्ययनले जागिरबाट अवकाशपछिको जिवनमा समेत सक्रिय रुपमा जिवन बिताइरहेका मानिसहरुको आयु निस्कृय बस्नेको भन्दा ६ वर्ष बढि हुने तथ्य पत्ता लगाएको छ ।

स्विडेनको क्यारोलिन्स्का संस्थाले गरेको अध्ययनले अवकाशप्राप्त वृद्धवृद्धाहरु विभिन्न काममा सक्रिय भैरहने हो भने उनीहरुलाई रोगका कारण थलिने समस्या कम हुन्छ । अझ यस्तो सक्रियताले सत्तरी कटिसकेका वृद्धवृद्धालाई स्वस्थ रहन ठूलो भूमिका खेल्दछ ।

बुढेशकालमा पनि केही न केही धन्दा गरिरहने तथा निस्कृय रुपमा हात बाँधेर नबस्ने पुरुषहरु अरु सामान्य पुरुषभन्दा ६ वर्ष बढि बाँच्छन् भने महिलाको हकमा त्यस्ता सक्रिय महिलाको आयु अरु सामान्यको भन्दा ५ वर्ष बढि हुने शोधकर्ताहरुको ठम्याइ छ । निस्कृय भएर घरमै बसिरहने, काम नभएपछि खाएर मात्रै बस्दा मोटाउने तथा धूमपान र मध्यपान गर्ने गर्दा बुढेशकालमा विभिन्न खालका रोग लाग्ने मात्र नभै आयु नै घट्ने विज्ञहरुको भनाइ छ ।

विज्ञहरुले अर्को अनौठो तथ्य के पत्ता लगाएका छन् भने कहिल्यै धूमपान नगर्ने मानिसहरु भन्दा युवाकालमा धूमपान गर्ने र वयस्क बनेसँगै धूमपान गर्न छाड्ने मानिसहरुको आयु बढि हुन्छ । त्यस्तै पौडी, दौड तथा जिम्न्यास्टिकले पनि मानिसलाई स्वस्थ राख्छ र आयु २ वर्ष बढाउँछ । मानिस बढि बाँच्ने कुरा उसको स्वस्थ सामाजिक जिवन तथा परिवेशले पनि निर्धारण गर्ने बताइन्छ ।