गुन्डा नाइकेसँग अवैध ५० करोड
![]() |
१६ भदौ, काठमाण्डौं । नाम चलेका चारजना
गुन्डा नाइकेसँग गरी कम्तीमा ५० करोड रुपैयाँ बराबरको अबैध धन आर्जन
देखिएको सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानबाट खुलासा भएको छ ।
विभागले सुरु गरेको कारबाहीमा अनुसन्धान
पाटो हेरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार सवभन्दा बढी
स्रोत नखुल्ने सम्पत्ति गणेश लामा परेका छन् । प्रारम्भिक अनुसन्धानले
उनीसँग मात्रै २५ करोड रुपैयाँ बराबरको सम्पत्ति देखाएको हो ।
लामा उपप्रधान तथा गृहमन्त्री विजयकुमार
गच्छादारका निकटवर्ती तथा उनको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका
केन्द्रीय सदस्य हुन् । काभ्रेको दुर्गम गाउँमा जन्मे हुर्केका उनी केही
बर्षयता भारतबाट नेपालको बाटो हुँदै तिब्बत तर्फ तस्करी गरिने रक्तचन्दनको
धन्दामा संलग्न रहेको पाईएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
लामासँगै कारबाहीमा तानिएका अन्य तीनजना
पशुराम बस्नेत, दीपक मनाङे भनिने राजीव गुरुङ र चक्रे भनिने मिलन गुरुङ
प्रत्येकसँग सातदेखि १० करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति पाईएको सीआईबी
स्रोतले जनाएको छ ।
-onlinekhabar
![]() |